रुकुम चैत २५ गते ।
रुकुमपश्चिमको भूकम्प प्रभावित क्षेत्रमा ३० हजार नौ सय २४ अस्थायी आवास निर्माण भएको छ । बत्तीस हजार नौ सय ९६ लाभग्राही कायम भएकामा तीन हजार दुई सय ३० अस्थायी आवास निर्माणको चरणमा छन् ।
भूकम्प गएको पाँच महिना बितिसक्दा पनि सबै लाभग्राहीले अझै अस्थायी आवास निर्माण गर्न नसकेको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय विपद् व्यवस्थापन कोषमा रु ८२ करोड ४९ लाख रकम पठाइएको भए पनि सबै रकम खर्च हुनसकेको छैन ।
यसैबीच जिल्ला विपद् व्यवस्थापन कोषमा रु ४० करोड रकम आएको छ । पहिलो किस्ता पाएका र अस्थायी आवास निर्माण गरिसकेकाहरूको अनुगमन, पहिलो किस्ता पाउँदा गरिएको सम्झौतालगायतका आधारमा स्थानीय तहबाट माग भइआएमा दोस्रो किस्ताको रकम पनि वितरण हुने जिल्ला प्रशासन कार्यालयको भनाइ छ ।
Discussion about this post