ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

न्यायको प्रतिक्षामा सुमदरानीको परिवार

News Desk by News Desk
२:४७ मध्यान्ह, जेष्ठ ३२, २०८१
न्यायको प्रतिक्षामा सुमदरानीको परिवार
395
सेयर
394
VIEWS
ShareTweetSendShare

बाँके जेठ ३२ गते ।
बाँकेस्थित कोहलपुर नगरपालिका–६ रझेनाकी ४० वर्षीया ललिता थारु बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायको खोजीमा दौडिन थालेको एक वर्ष बितिसक्यो । यसबीचमा उनी प्रहरी प्रशासनदेखि न्यायकर्मीको दैलो, आरोपित व्यक्तिको सूचना बटुल्ने खोजीनीतिको यात्रादेखि राजधानीसम्म पुगिसकेकी छन् । यिनै ललिता छोरीको न्याय खोज्न जेठ २४ मा काठमाडौंको माइतीघर मण्डलामा धर्नारत छन् । उनी त्यसै काठमाडौं हान्निएकी होइनन् ।

जेठ २३ मा काठमाडौं जानुअघि एक सातासम्म बाँके जिल्ला प्रशासन कार्यालयअगाडि धर्ना दिए पनि आफ्नो आवाज सुनुवाइ नभएपछि न्याय खोज्न काठमाडौं पुगेको उनले बताइन् । घटना गत वर्ष वैशाख २८ को हो । त्यतिबेला ललिताकी छोरी २२ वर्षकी सुमदरानी थारु नेपालगन्जको श्रद्धानगरस्थित डेरामा मृत भेटिएकी थिइन् । घटनाको भोलिपल्टै पीडित परिवारले बर्दिया राजापुर नगरपालिका– ८ कोइली गाउँका २६ वर्षीय शैलेन्द्र थारुविरुद्ध जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिए ।

सुमदरानी दुई वर्षदेखि नेपालगन्जमा डेरा लिएर बस्दै आएकी थिइन् । पछिल्लो एक वर्षयता भने उनका भाइ निरेन पनि सँगै बस्दै आएका थिए । विपन्न परिवारका ललिता दम्पतीले आफू नपढे पनि छोराछोरीलाई शिक्षित–दीक्षित बनाउने सपना देखेका थिए । सफ्टवेयर इन्जिनियरिङको १८ महिने पढाइ सकेर सुमदरानी कम्युटर सिक्दै थिइन् भने भाइ निरेन कक्षा १२ को परीक्षा दिएर घर गएका थिए । ललिताका अनुसार आरोपित शैलेन्द्र निरेनका साथी थिए । ‘छोरीलाई मन पराउने रहेछ, छोरीले मन नपराएको रहेछ, त्यही भएर घटना गराइदियो,’ उनकी आमाले भनिन् ।

निरेन घर गएको बेला डेरामा सुमदरानी एक्लै भएको मौका छोपेर हत्या गरेको उनको दाबी छ । दैनिक रूपमा घरमा कुरा गरिरहने सुमदरानीले गत वर्षको वैशाख २८ मा फोन नगरेपछि परिवारले उनको खोजी थालेका थिए । परिवारले फोन, ह्वाट्सएप, फेसबुक, मेसेन्जरमा सम्पर्क गर्दा पनि खैखबर नभएपछि भोलिपल्ट बिहानै सुमदरानीका भाइ र परिवार डेरामा आइपुगे । डेराको ढोकामा ताल्चा झुन्डिएको थियो । धन्न एउटा चाबी भाइले बोक्ने गर्थे । त्यसैले उनले त्यही चाबीले ढोका खोले । कोठाभित्र सुमदरानी मृत अवस्थामा फेला परिन् । प्रहरीको घटनास्थल मुचुल्का अनुसार मृतकको घाँटीको भाग, बायाँ औंलालगायतको भाग काटिएको थियो ।

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

प्रहरीले घटनास्थलमा एक थान चक्कु फेला पारेको थियो । प्रहरीले मुचुल्का उठाउने क्रममा पीडित परिवारले शैलेन्द्रले सुमदरानीसित प्रेम सम्बन्ध रहेको र विवाह गर्ने प्रस्ताव राखेको बताएका थिए । प्रहरीका अनुसार शैलेन्द्र घटना हुनु अघिल्लो दिन सुमदरानीको घर पुगी भेरी अस्पतालको फार्मेसीमा जागिर लगाइदिने भन्दै उनको नागरिकता मागेर नेपालगन्ज फर्केका थिए । प्रहरीले अनुसन्धानपछि जिल्ला अदालत बाँकेले ०८० जेठ १ गते शैलेन्द्रलाई पक्राउ अनुमति दियो । तर घटनाको एक वर्ष बितिसक्दा पनि प्रहरीले शैलेन्द्रलाई पक्राउ गर्न सकेको छैन । ‘हतियारले काटेर मेरो दिदीलाई मारेको थियो, तर हाम्रो कुरा कतै सुनुवाइ हुँदैन । हाम्रो आवाज दबाइएको छ,’ मृतकका भाइ निरेन थारुले कान्तिपुरसित भने, ‘मेरो दिदीको इज्जत लुटिएर मारियो तर अपराधीलाई पक्राउ गर्न प्रहरीले तदारुकता देखाउँदैन् ।

जिल्लामा सोधपुछका लागि जाँदा उल्टै प्रहरीले गाली गरेर फर्काउँछन् ।’ दिदीको मृत्युपछि शोकसँगै आफूहरू मानसिक रूपमा दबाबमा रहेको भाइ निरेनले बताए । गाउँघरमा पनि पीडित परिवारलाई नै अपराधीलाई जस्तो व्यवहार हुने गरेको उनले बताए । ‘मेरो दिदीको चरित्रमाथि प्रश्न गर्छन् । बुवाआमालाई अपमानित गर्छन्,’ उनले भने, ‘प्रहरीले एउटा अपराधीलाई एक वर्षदेखि खोज्दै छौं मात्रै भन्दै आश्वासन दिन्छ ।’ ललिताले पनि आश्वासन मात्रै पाएको बताइन् । ‘१०÷१५ वर्ष लगाएर भए पनि पक्राउ गरिदिन्छौं मात्रै भन्छन्, त्यतिन्जेलसम्म मै नबाँचुला, मेरो एउटै माग– मलाई न्याय चाहियो,’ ७ दिनदेखि माइतीघर मण्डलामा धर्नारत ललिताले याचना गरिन् । प्रहरीले आरोपित फरार रहेको भन्दै पक्राउ गर्ने तदरुकता नदेखाएपछि पीडित परिवार घटना भएको ६ महिनासम्म आरोपितलाई खोज्दै राजापुरस्थित घर पनि गएका थिए ।

‘त्यहाँ (आरोपितको घर) एकचोटि रिजर्भ गाडीमा जाँदा ८ हजार खर्च लाग्दो रहेछ, हामी पटक–पटक गयौं, धेरै पैसा खर्च भयो,’ मृतककी बज्यै अनिता थारुले आरोपितलाई त्यहाँबाट भगाइएको बताउँदै भनिन्, ‘घटनाको एक हप्तासम्म आफ्नै घरमा बसेको रहेछ, पछि घरकै मान्छेले भगाएका रहेछन् ।’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी नारायण डाँगीले प्रहरीले आरोपितलाई पक्राउ गर्न नखोजेको भन्ने आरोप निराधार रहेको बताए ।

ADVERTISEMENT

उनले आरोपित नेपालमै नरहेकाले पक्राउ गर्न नसकेको बताउँदै भने, ‘उनी भारतमा भएको बुझिएको छ, अहिले उनको लोकेसन बुझ्ने काम गरिरहेका छौं ।’ सुमदरानीकी आमा ललितासँगै माइजु संगीता चौधरी न्याय खोज्दै काठमाडौंमा धर्नामा छन् । अभियन्ता रुवी खानको नेतृत्वमा नेपालगन्जदेखि काठमाडौं आएको १४ जनाको उक्त टोली अहिले सुमदरानीको हत्या आरोपितलाई यथाशीघ्र पक्राउ, निर्मला कुर्मीको अपहरण र हत्याका दोषीमाथि कारबाहीलगायत न्यायको माग राखी धर्नामा बस्दै आएको छ ।

Share159Tweet99SendShare
Previous Post

विपद पूर्व प्रतिकार्य योजना अद्यावधिक गर्दै उपमहानगर

Next Post

बाँकेमा घुमुवा प्रहरीको आतंकः स्थानीय भन्छन–‘तस्कर र घुमुवा प्रहरी छुट्याउन सकिन्न’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड
समाचार

मानव बेचबिखन नियन्त्रणका लागि समन्वय र निगरानी बढाउनुपर्नेमा जोड

७:०२ बिहान, अशोज २८, २०८३
नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक
समाचार

नेपालगन्जका चोकचोकमा दुर्गा मूर्ति, दसैँको रौनक

२:११ बिहान, अशोज २८, २०८३
नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो
समाचार

नेपालगन्जमा सामुदायिक कुकुरको त्रास, दुर्घटनाको जोखिम बढ्दो

४:०९ बिहान, अशोज २७, २०८३
प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की
समाचार

प्रहरीको शक्ति नागरिकको विश्वासमा छ : आईजीपी कार्की

३:५३ बिहान, अशोज २६, २०८३
युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण
समाचार

युवा उद्यमशीलता प्रवद्र्धनमा जोड, बाँके युनेस्को क्लबद्वारा कर्मचारीलाई अभिमुखीकरण

७:१५ बिहान, अशोज २५, २०८३
वडादशैं सुरु, आज घटस्थापना
समाचार

घटस्थापनासँगै बडादशैं सुरु, कात्तिक ४ गते टीका

१२:२५ बिहान, अशोज २५, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
असोज २९ देखि दसैंलाई नयाँ नोट
समाचार

दसैँमा नयाँ पैसा लिन सजिलो : बैंकको एटिएमबाटै १०० को नोट पाइने

७:३५ बिहान, अशोज २१, २०८३
Next Post
बाँकेमा घुमुवा प्रहरीको आतंकः स्थानीय भन्छन–‘तस्कर र घुमुवा प्रहरी छुट्याउन सकिन्न’

बाँकेमा घुमुवा प्रहरीको आतंकः स्थानीय भन्छन–‘तस्कर र घुमुवा प्रहरी छुट्याउन सकिन्न’

राप्ती नदि गाउँ पस्न थालेपछि स्थानीय चिन्तित

राप्ती नदी तटिय क्षेत्रका बाढी पीडितको पीडा उस्तै

गर्मीले नेपालगन्जबासी आजीत, लो–भोल्टेज र विद्युत अनियमितताले झनै सास्ती

नेपालगन्जमा गर्मीको सकसः दिनरात काट्नै मुश्किल

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Fair
6:18 am5:49 pm +0545
Feels like: 32°C
Wind: 8km/h E
Humidity: 73%
Pressure: 1014.9mbar
UV index: 5
FriSatSun
31°C / 20°C
31°C / 20°C
31°C / 18°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?