ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दिपकको हत्या, शोकमा रुकुमपश्चिम

News Desk by News Desk
१२:१९ बिहान, साउन २१, २०८१
दिपकको हत्या, शोकमा रुकुमपश्चिम
388
सेयर
380
VIEWS
ShareTweetSendShare

रुकुम साउन २१ गते ।
रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–१०, सेजे गाउँका ५२ वर्षीय लीलाराम ओलीको घरमा हप्ता दिनदेखि आगो बलेको छैन । नातिनी पढाउन दाङ बसेकी बुहारी, काठमाडौँमा पढ्न गएको कान्छो छोरा, बिहे गरेर गएकी छोरी घरमा आइपुगेका छन् । आँगनमा गाउँलेहरूको पनि आउजाउ निरन्तर छ तर घरमा सन्नाटा छ, परिवार मात्र होइन, गाउँ नै शोकमग्न छ ।

अमेरिका गएको ३० वर्षीय जेठा छोरा दीपक ओलीको गत आइतबार बिहान गोली लागेर हत्या भएको खबरपछि उनको घरपरिवार शोकाकुल बनेको छ । टेक्सासस्थित वेको सिटीनजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्यास स्टेसनमा कार्यरत दीपकलाई बन्धुकधारी लुटेरा समूहले गोली हानेका थिए । ग्यास स्टेसनलाई लुटिनाबाट जोगाउन लागेका दीपकको घटनास्थलमै प्राण गएको खबरले आफन्तजन र गाउँले विक्षिप्त छन् ।

८० लाख साहुको ऋण, डेढ वर्षको अवैध तथा जोखिमपूर्ण बाटोको यात्रा पार गरेर गत वर्ष दीपक अमेरिका पुगेका थिए । मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपकले २०७९ मङ्सिरमा घर छोडेको डेढ वर्ष लगाएर अमेरिका पुगेको जानकारी दिए । बन्दुकधारी लुटेराले गोली हानेर हत्या गरेको र शव पोस्टमार्टमका लागि अस्पताल लगिएको त्यहाँस्थित आफन्तजनले खबर गरेको उनले जानकारी दिए । उनका अनुसार अझैसम्म अस्पतालले शव आफन्तलाई दिएको छैन ।

दीपकको शव नेपाल ल्याउन मुस्किल हुने भएकाले उतै अन्त्येष्टि गरिने भएको छ । जेठो छोरा गुमाएका लीलारामलाई छोरा पठाउँदा लागेको ऋणले झन् थला पार्ने अवस्था छ । सुरुमा ४० लाख जति लाग्ला भनेर बैना बुझेको दलालले बाटोमा लामो समय लागेको, जहाज चढ्नु परेको, खाना र बस्नमा बढी खर्च लागेको भन्दै चाँडै पुग्ने भए पैसा थप्ने भनेपछि फेरि साहु ऋण गरेको पैसा ८० लाखसम्म पुगेको छ । परिवारको थाप्लोमा अहिले दीपकलाई अमेरिका पठाउँदा लागेको ऋणको बोझ छ ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

छोराको मृत्युपछि विछिप्त बनेका बुवालाई ऋणको भारी कसरी चुक्ता गर्ने भन्ने अर्को पीर थपिएको छ । गत वर्षको जाजरकोट भूकम्पले उहाँको घर भत्काइदिएको थियो । जसोतसो बाख्रापालन गरेर बसेका लीलाराम अहिले के विपत्ति आइप¥यो भन्दै बिलौनामा डुवेका छन् । दीपक दुई वर्षकै छँदा उनकी आमाको मृत्यु भएको थियो ।

पछि बुवाले आमाकी बहिनीलाई बिहे गरे । सानीआमा प्रतिभा ओलीकै स्याहार र ममतामा दीपक हुर्किएका थिए । वडाध्यक्ष हरि चन्दले दीपकको हत्याको खबरपछि गाउँ नै शोकमा रहेको बताए । परिवारको अवस्था दयनीय भएको र सम्झाइबुझाई गर्ने काम भइरहेको उनले जनाए । वडा कार्यालयको पहलमा अहिले मृतकका परिवारको राहतका लागि रकम सङ्कलनसमेत सुरु गरिएको उनले जानकारी दिए ।

ADVERTISEMENT
Share160Tweet95SendShare
Previous Post

निकुञ्जका वन्यजन्तुद्वारा ४५७ किसानको खेतीमा क्षति

Next Post

बजारमा छ्यापछयाप्ती अखाद्य सामाग्री

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
दिउँसोभन्दा राति धेरै पानी पर्ने, धेरै भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : कोसी, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

३:१८ बिहान, असार २२, २०८३
राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा
समाचार

राप्तीसोनारीमा भूमि प्रशासन कार्यालय सञ्चालन, अब स्थानीय तहबाटै भूमि सेवा

३:३८ बिहान, असार १८, २०८३
जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु
समाचार

जडीबुटीजन्य उत्पादन सुरक्षित राख्न बाँकेमा आधुनिक भण्डारण केन्द्र निर्माण सुरु

३:३२ बिहान, असार १८, २०८३
पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश
मुख्य समाचार

पहिलो ठूलो वर्षामै डुब्यो नेपालगन्ज, ढल–नालाको अव्यवस्थाप्रति स्थानीय आक्रोश

७:११ बिहान, असार १६, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
Next Post
बजारमा छ्यापछयाप्ती अखाद्य सामाग्री

बजारमा छ्यापछयाप्ती अखाद्य सामाग्री

चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु

नेपालगन्ज भन्सारबाट मात्रै ७० अर्बको आयात

बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन

बाँकेमा तीन लाख ९८ हजार क्यु फिटबढी काठ उत्पादन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?