ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेका न्यायिक समितिमा नौ सय बढी उजुरी दर्ता

News Desk by News Desk
१२:५५ बिहान, भदौ १०, २०८१
सक्रिय बन्दै नेपालगञ्जको न्यायिक समिति, एउटै इजलाशबाट पाँच उजुरीको सुनुवाई
404
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके भदौ १० गते ।
बाँकेका आठ वटा पालिकाका न्यायिक समितिमा गत आर्थिक वर्षमा नौ सय ६६ वटा उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७९÷०८० माभन्दा गत आर्थिक वर्षमा कम उजुरी दर्ता भएका हुन् । आर्थिक वर्ष २०७९÷०८० मा बाँकेका न्यायिक समितिमा एक हजार ५३ वटा उजुरी दर्ता भएका थिए ।

आठ पालिकामध्ये सबैभन्दा बढी खजुरा गाउँपालिकाको न्यायिक समितिमा चार सय २२ उजुरी दर्ता भएको छ । त्यसैगरी, बैजनाथमा एक सय ८९, कोहलपुरमा एक सय ४४, डुडुवामा ९३, नरैनापुरमा ५४, राप्तीसोनारीमा २९, जानकीमा १८, र सबैभन्दा कम नेपालगन्जमा १७ वटा गरी जम्मा नौ सय ६६ उजुरी दर्ता भएका हुन् ।

दर्ता भएका उजुरीमध्ये छ सय ४६ वटा उजुरी फर्छ्यौट÷सहमति भएका छन् । खजुरा गाउँपालिकामा गत आर्थिक वर्षमा विभिन्न विषयका चार सय २२ वटा उजुरी दर्ता भएको गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक मञ्जु मल्लले बताइन् । ती उजुरीमध्ये दुई सय ९४ वटा उजुरी मिलापत्रमा सहमति भएको उनले बताइन् । त्यसैगरी, ३९ वटा उजुरीमाथि छलफल भएको तर सहमति हुन नसकेको र ८९ वटा उजुरी प्रक्रियामा रहेको संयोजक मल्लले जानकारी दिइन् ।

खजुरामा सबैभन्दा बढी ४० वटा जग्गा विवादसम्बन्धी, ३९ वटा ज्याला मजदुरी नपाएको, लेनदेन, गाली बेइज्जती, घरायसी हिंसा लगायतका विषयमा उजुरी परेको संयोजक मल्लले बताइन् । उनका अनुसार ८ वटा वडाका वडास्तरीय मेलमिलाप केन्द्रमा २८४ वटा उजुरी सहमति भएका हुन् । खजुरापछि धेरै उजुरी दर्ता हुनेमा बैजनाथ गाउँपालिका रहेको छ । बैजनाथ गाउँपालिकाको न्यायिक समितिमा एक सय ८९ उजुरी दर्ता भएका छन् ।

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

बैजनाथमा विभिन्न शीर्षकका एक सय ८९ उजुरी दर्ता भएको न्यायिक समिति समन्वय उपशाखा प्रमुख सहायक महिला विकास निरीक्षक शिला पाठकले जानकारी दिइन् । उपशाखा प्रमुख पाठकका अनुसार न्यायिक समितिमा दर्ता भएका एक सय ८९ उजुरीमध्ये एक सय २३ उजुरी निरूपण भएका छन् । त्यसैगरी, ४१ वटामा छलफल भएको तर सहमति हुन नसकेको, २२ प्रक्रियामा रहेको, तीन वटा सम्बन्धित निकायमा सिफारिस गरी पठाइएको र एउटा दरपिठ गरेको उजुरी छन् । धेरैजसो लेनदेन, घरेलु हिंसा तथा जग्गा विवादसम्बन्धी उजुरी दर्ता भएको पाठकले बताइन् ।

त्यसैगरी, कोहलपुर नगरपालिकाको न्यायिक समितिमा एक सय ३० नयाँ र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारीमा सरेर आएका १४ वटा गरी जम्मा १४४ वटा उजुरी दर्ता भएको मेलमिलाप संयोजक मोतीलाल थारुले जानकारी दिए । दर्ता भएका एक सय ४४ उजुरीमध्ये एक सय एक वटा उजुरी फर्छ्यौट गरिएको, ५८ वटा सहमति भएको, सात वटा उजुरी सम्बन्धित निकायमा पठाइएको, १५ वटा उजुरी प्रक्रियामा रहेको र विभिन्न ३६ वटा उजुरी सहमति हुन नसकेको र २८ वटा उजुरीका उजुरीकर्ता सम्पर्कमा नआएको संयोजक थारुले जानकारी दिए ।

समितिमा सबैभन्दा बढी लेनदेनसम्बन्धी ३७, घर जग्गा विवाद सम्बन्धी ३५, ज्याला मजदुरीसम्बन्धी १७, घरेलु हिंसासम्बन्धी १५, घरबहालसम्बन्धी पाँच, अन्य ३५ वटा उजुरी दर्ता हुन आएको संयोजक थारुले जानकारी दिए । उनका अनुसार १६० वटा उजुरीहरु वडास्तरमा रहेका मेलमिलाप केन्द्रमा मिलेका हुन् । डुडुवा गाउँपालिकाको न्यायिक समितिमा ९३ वटा उजुरी परेका छन् । डुडुवामा ९३ वटा उजुरी दर्ता भएको न्यायिक सहजकर्ता विवेककुमार तिवारीले जानकारी दिए ।

ADVERTISEMENT

९३ मध्ये १३ वटा उजुरी सहमति भएको, ६७ वटा उजुरीमाथि निर्णय भएको र १३ उजुरी प्रक्रियामा रहेको तिवारीले बताए । उनका अनुसार बालि क्षतिपूर्ति, पानी निकास, ज्याला मजदुरी, जग्गासम्बन्धी विवाद तथा महिला हिंसा लगायतका उजुरी परेका थिए । नरैनापुरको न्यायिक समितिमा विभिन्न विषयका २९ वटा उजुरी नयाँ दर्ता र अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका २५ गरी जम्मा ५४ वटा उजुरी दर्ता भएको न्यायिक समितिका उजुरी प्रशासक सहायक रामबालक पासीले जानकारी दिए । तीमध्ये २२ वटा उजुरी फर्छ्यौट भएको तथा ३२ वटा उजुरी प्रक्रियामा रहेको पासीले बताए ।

जग्गाको सीमा मिचेको, ज्याला मजदुरी नदिएको, अर्काको बाली नोक्सानी गरेको, पालनपोषण तथा हेरचाह नगरेको लगायतका उजुरी परेका थिए । राप्तीसोनारीमा विभिन्न शीर्षकमा २९ वटा उजुरी दर्ता भएका छन् । राप्तीसोनारीको न्यायिक समितिमा परेका २९ वटा उजुरीमध्ये १८ वटा उजुरीमाथि मेलमिलाप भएको, तीन वटा उजुरी प्रक्रियामा रहेको, सात वटा उजुरीलाई क्षेत्राधिकारभन्दा बाहिर रहेको हुँदा दरपिट मात्र गरिएको र एउटा उजुरीको उजुरीकर्ता नै सम्पर्क विहीन भएको न्याय कानुन तथा मानवअधिकार प्रवर्धन शाखा प्रमुख एवम् उजुरी प्रशासक लोकेन्द्र चन्दले जानकारी दिए । उनका अनुसार दर्ता भएकामध्ये धेरै जसो लेनदेन र सामुदायिक ऐलानी जग्गा विवाद तथा केही निजी आवादी जग्गा विवादसम्बन्धीका उजुरी रहेका थिए ।

जानकी गाउँपालिकाको न्यायिक समितिमा १० वटा उजुरी दर्ता भएका थिए । आर्थिक वर्ष २०७९÷०८० बाट अल्या गरी आएका आएका आठ वटा समेत गरी जम्मा १८ वटा उजुरीमध्ये १४ वटा उजुरी फर्छ्यौट गरिएको र बाँकी चार वटा उजुरी प्रक्रियामा रहेको न्यायीक समितिका गुनासो सुनुवाई अधिकारी जीतबहादुर श्रेष्ठले बताए । श्रेष्ठका अनुसार जग्गा विवाद, बाटो निकास तथा निर्माण कार्य रोक्ने सम्बन्धीका उजुरीहरु परेका थिए । नेपालगञ्ज उपमहानगरपालिकाको न्यायिक समितिमा जम्मा छ वटा उजुरी दर्ता भएका छन् । आर्थिक वर्ष २०७९÷०८० बाट अल्या गरी ल्याइएका ११ समेत गरी जम्मा १७ वटा उजुरीमध्ये तीन वटा मेलमिलाप भएका छन् ।

त्यसैगरी छ वटा निर्णय भएका र बाँकी आठ वटा प्रकृयामा रहेको नेपालगन्ज उपमहानगरपालिकाका कानुन शाखा अधिकृत माया शर्माले जानकारी दिइन् । अधिकृत शर्माका अनुसार केही उजुरीहरु उजुरीकर्ता अनुपस्थित भएका कारण पेण्डिङ्गमा छन् । जग्गा च्यापेको, सार्वजनिक जग्गा संरक्षण, पारिश्रमिक नदिएको, घरेलु हिंसा, लैङ्गिक हिंसा, जग्गा विवादलगायतका उजुरीहरू परेको उनले बताइन् ।

न्यायिक समितिहरूले समितिमा परेका उजुरीउपर छानबिन गरी छलफलमार्फत न्याय निरूपण गरी विभिन्न समस्या समाधान गर्दै आएका छन् । सहमति हुन नसकेका उजुरीहरूलाई आवश्यक कारबाहीका लागि सम्बन्धित सरोकारवाला निकायमा पठाइने गरिएको छ । न्यायिक समितिमार्फत छिटो छरितो रूपमा सेवा पाउँदा सम्बन्धित व्यक्तिलाई सहज भएको छ ।

Share167Tweet99SendShare
Previous Post

लागूऔषध ब्राउनसुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

Next Post

आज श्रीकृष्ण जन्माष्टमी, सार्वजनिक विदा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो
समाचार

कोहलपुरमा बृहत् वृक्षारोपण, २ हजार ४ सय बिरुवा रोपियो

७:४९ बिहान, असार २९, २०८३
कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण
समाचार

कुपोषण रोकथाममा धार्मिक अगुवालाई अभिमुखीकरण

७:३० बिहान, असार २८, २०८३
खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड
खेल

खेलकुदलाई सामाजिक रूपान्तरणको माध्यम बनाउन जोड

७:११ बिहान, असार २८, २०८३
चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण
दुर्घटना

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

१२:०३ मध्यान्ह, असार २६, २०८३
भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन
मुख्य समाचार

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

१२:५८ बिहान, असार २६, २०८३
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम
मुख्य समाचार

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

१२:४८ बिहान, असार २६, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

१०:०० बिहान, असार २५, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

१:१७ बिहान, असार २५, २०८३
Next Post
आज श्रीकृष्ण जन्माष्टमी, सार्वजनिक विदा

आज श्रीकृष्ण जन्माष्टमी, सार्वजनिक विदा

एक वर्षमा ८ सय २१ धारा निर्माण

एक वर्षमा ८ सय २१ धारा निर्माण

लिजामा डुडुवा गाउँपालिका उत्कृष्ट

लिजामा डुडुवा गाउँपालिका उत्कृष्ट

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?