ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

हुलाकी राजमार्ग हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्ज ल्याइने

News Desk by News Desk
१२:०८ बिहान, मंसिर २१, २०८१
कोहलपुर–सुर्खेत विद्युत प्रसारण लाइन विस्तारमा वन बाधक
446
सेयर
445
VIEWS
ShareTweetSendShare

बाँके मंसिर २१ गते ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हुलाकी राजमार्गको छेउ हुँदै २२० केभी प्रसारण लाइन नेपालगन्जमा ल्याएर यहाँको विद्युत समस्या समाधान गर्ने पहल गरिएको बताएका छन् । क्रियटिभ ह्यान्ड्सले नेपाल युवा उद्यमी मञ्ज चेपालगन्ज च्याप्टरसँगको सहकार्यमा नेपालगन्जमा आयोजना गरेको ‘नेपालगन्ज कन्क्लेभ’को ‘देशले गर्छ विद्युत निर्यात, नेपालगन्जले भोग्छ ऊर्जा सङ्कट’ विषयक सत्रमा घिसिङले प्राधिकरण नेपालगन्जको विद्युत समस्याका बारेमा गम्भीर भएको भन्दै दीर्घकालीन समाधानका लागि पहल गरिरहेको बताए ।

“नेपालगन्जको विद्युत समस्यालाई दीर्घकालीन समाधानका लागि प्राविधिकरणले विभिन्न कामहरू गरिरहेको छ, स्थायी रूपमा यहाँको विद्युत समस्या हटाउनका लागि तराइका बोर्डर जिल्लाहरू हुँदै बनिरहेको हुलाकी राजमार्गको छेउ हुँदै २२० केभी ट्रान्समिसन लाइन नेपालगन्ज ल्याउँदछौँ ।” घिसिङले भने, “यसको डिटेल डिजाइन सकिसकेको छ, यो लाइन नेपालगन्ज आएपछि धेरै समस्याको समाधान हुनेछ ।” नेपालगन्ज नजिक विद्युत जेनेरेसन नभएका कारण पनि यहाँ समस्या भइरहेको उनको भनाइ छ ।

“यहाँ जेनेरेसनका हिसाबले पनि समस्या छ, पश्चिम अत्तरियाबाट लाइन ल्याउँदा पनि टाढा छ, पूर्व बुटवलबाट लाइन ल्याउँदा पनि टाढा छ, बिचमा जेनेरेसन छैन,” उनले भने, “त्यहाँबाट ल्याएको लाइन भोल्टेज ड्रप हुँदै हुँदै यहाँसम्म आउँदा कमी हुँदै जान्छ, यहाँ नजिक जेनेरेसन नहुँदा यो समस्या भएको हो ।” अम्बे सिमेन्टको नजिक सबस्टेशन बन्दै गरेको र त्यहाँबाट भारतको नानपारासम्म ट्रान्समिसन लाइन जोडेर यहाँको भोल्टेज र सप्लाई सिस्टमलाई बलियो बनाउन लागिएको उनले बताए ।

“पर्साको अम्बे सिमेन्टको नजिक सबस्टेशन बन्दैछ, त्यहाँबाट भारतको नानपारासम्म ट्रान्समिसन लाइन जोड्दैछौँ,” घिसिङले भने, “भारततर्फको काम उत्तर प्रदेश सरकारले सम्पन्न गरिसकेको छ, नेपालतर्फको काम हामीले एक वर्ष भित्रमा पूरा गर्छौँ, त्यसपछि भोल्टेज र सप्लाई सिस्टम बलियो हुनेछ र यहाँको समस्या समाधान गर्न सहज हुनेछ ।” बुटवलदेखि ४०० केभी लाइन अत्तरियासम्म विस्तार गर्न लागेको र यो काम सम्पन्न भएपछि यहाँको समस्यालाई समाधान गर्न थप सजिलो हुने उनले बताए ।

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

“बुटवलदेखि ४०० केभी लाइन अत्तरियासम्म बढाउँदै छौँ, पहिलो चरणको काम बुटवल–लमहीसम्मको हुनेछ, केही दिनमा त्यसका लागि टेन्डर हुँदैछ,” घिसिङले भने, “लमहीमा सबस्टसेन बनाएपछि यतालाई सहज हुनेछ ।” नेपालगन्जका लागि मात्र फोकस गरेर ३० देखि ४० अर्बका विभिन्न योजनाहरू बनाएको घिसिङले बताए । तत्कालीन, मध्यकालीन र दीर्घकालीन रूपमा योजना बनाएर समस्या समाधान गर्ने गरी ठाउँठाउँमा सबस्टेशन बनाएर १३२ केभीको लाइनलाई छिटोभन्दा छिटो बनाएर नेपालगन्जको समस्या समाधान गर्न प्राधिकरण लागेको घिसिङको भनाइ छ ।

विद्युतका योजना पूरा हुन विभिन्न समस्या झेल्नुपर्ने र लामो समय लाग्ने गरेको भन्दै भन्ने बित्तिकै तुरुन्त यसको दीर्घकालीन रूपमा समस्या समाधान नहुने उनले बताए । “प्रसारण लाइन विस्तार गर्दा कुनै जग्गाको समस्या आयो भने त्यो सुल्झाउन कम्तीमा ४–५ वर्ष लाग्छ, मुद्दा मामिला, अड्डा अदालत हुन्छ, विस्तार लाइनमा पर्ने कुनै रुख काट्नलाई कम्तीमा ५ वर्ष लाग्छ, त्यतिमात्र नभएर वनको खाली जग्गामा पोल गाडेर तार विस्तार गर्नसमेत ५ वर्ष लाग्छ,” घिसिङले भने, “लामो प्रक्रिया त छँदैछ त्यतिमात्र नभएर पब्लिकको साथ पाइँदैन, विद्युत चाहियो भनेर भन्ने तर घर अगाडि पोलसमेत गाड्न दिँदैनन्, सबै पक्षको सपोर्ट भएमात्र छिटो सेवा प्रदान गर्न सकिन्छ ।”

दुई दिनसम्म चल्ने यस पटकको कन्क्लेभमा शिक्षा, राजनीति, साहित्य, जलवायु, ऊर्जा, पर्यटन, अर्थ र खेलकुद गरी आठवटा विषयमा विषयगत विज्ञसँग प्यानल छलफल हुने आयोजकले जनाएको छ । नेपालगन्जलाई राष्ट्रिय तथा स्थानीय मुद्दाको विमर्श गर्ने थलोका रूपमा विकास गर्ने सोचले २०७३ सालदेखि निरन्तर यस प्रकारका डिस्कोर्स शृङ्खला सुरु गरिएको र यो चौथो संस्करण भएको आयोजकको भनाइ छ ।

ADVERTISEMENT
Share179Tweet111SendShare
Previous Post

२२ हजार क्विन्टलभन्दा बढी धान खरिद

Next Post

नेपालगन्ज उपमहानगरले ई–रिक्सा ब्यवस्थापनमा चासो नदिएको भन्दै ई–रिक्सा ब्यवसायी आक्राशित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा पाँच हजारभन्दा बढी ग्राहकको विद्युत् लाइन काटियो

७:२१ बिहान, जेष्ठ १, २०८३
बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न
समाचार

बर्दियामा मानव बेचबिखन न्यूनीकरणसम्बन्धी दुई दिने तालिम सम्पन्न

८:३४ बिहान, बैशाख ३०, २०८३
आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
Next Post
नेपालगन्ज उपमहानगरले ई–रिक्सा ब्यवस्थापनमा चासो नदिएको भन्दै ई–रिक्सा ब्यवसायी आक्राशित

नेपालगन्ज उपमहानगरले ई–रिक्सा ब्यवस्थापनमा चासो नदिएको भन्दै ई–रिक्सा ब्यवसायी आक्राशित

प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

आइतबारदेखि मतदाता नामावली दर्ता गर्न सकिने

चार महिनामा दुई सय ६३ वटा उद्योग–व्यवसाय बन्द

चार महिनामा दुई सय ६३ वटा उद्योग–व्यवसाय बन्द

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?