ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

ठुला तस्करलाई लाइन दिएका सशस्त्र प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट, बेहोस भएका नन्कुको कडा सुरक्षाका वीच भेरी अस्पतालमा उपचार हुँदै

News Desk by News Desk
९:५९ बिहान, मंसिर ३०, २०८१
ठुला तस्करलाई लाइन दिएका सशस्त्र प्रहरीद्वारा सर्वसाधारणमाथि निर्घात कुटपिट, बेहोस भएका नन्कुको कडा सुरक्षाका वीच भेरी अस्पतालमा उपचार हुँदै
900
सेयर
884
VIEWS
ShareTweetSendShare

बाँके मंसिर ३० गते ।
ठुला तस्करसँग लाइन लिएर मोटो रकम असुलिरहेको सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरीका सशस्त्र प्रहरीले थोरै सामान ल्याउँदै गरेका सर्वसाधारणलाई त्रसाउन कुटपिटमा उत्रिएका छन् । बाँकेका विभिन्न विओपी मार्फत रकम उठाउँदै आएको गणले सर्वसाधारणलाई कुटपिट गरेर त्रसाउने गरेको छ । यसको प्रत्यक्ष उदाहरण आइतवार दिउँसो देखाएको छ । सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी अन्तरगत चौलिका चोकमा खटिएका सशस्त्र प्रहरीले सर्वसाधारणलाई निर्घात कुटपिट गरि घाइते बनाएपछि सशस्त्र प्रहरीको हर्कत बाहिरिएको छ ।

भारतको रुपइडिहाबाट सामान किनमेल गरि फर्किदै गरेका छोरालाई लिन चौलिका चोक पुगेका नेपालगन्ज उपमहानगरपालिका १७ परस्पुरका नन्कु साहुलाई निर्घात कुटपिट गरि घाइते बनाएको पीडितले बताए । ‘स्कुल विदा भएकोले सामान लिन छोरा रुपइडिहा गएको थियो । घरायसी सामान लिएर आउँदै गर्दा चौलिका चोकमा सशस्त्र प्रहरीले रोकेपछि जानकारी लिन म त्यहाँ पुग्दा सामान्य विवादमा सशस्त्र प्रहरीले बुटले अण्डकोष र छातीमा हिर्काए । निरन्तर हिर्काएपछि बेहोस भएर म जमिनमा ढलेँ,’ उनले भने, ‘बेहोस भएकै बेला सशस्त्र प्रहरीले आफ्नो गाडीमा हालेर मलाई भेरी अस्पताल पुर्याए । अण्डकोषको दुखाई केहि कम भए पनि छातीको चोट अझैँ उस्तै छ ।’

अवैध रुपमा सामान ल्याउँदै गरेको सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाउने अधिकार सशस्त्र प्रहरीलाई भए पनि हातपात गर्ने अधिकार सशस्त्र प्रहरीलाई छैन । तै पनि ठुला तस्करसँग भइरहेको तालमेलमाथि छारो हालेर घरायसी सामान ल्याउनेमाथि सशस्त्र प्रहरीले हातपात गर्ने हर्कत गर्न थालेको छ । ‘हातपात गर्ने अधिकार कसैलाई छैन । सशस्त्र प्रहरीले मानव अधिकारको हनन् गरेको छ । हातपात गर्ने सशस्त्र प्रहरीलाई कानुन बमोजिम कारवाही हुनु पर्छ,’ चौलिका चोकमा भेटिएका एक प्रत्यक्षदर्शीले भने ।

पछिल्लो समय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) समेतको मिलोमतोमा सशस्त्र प्रहरीले तस्करी गराउँदै आएको प्रत्यक्षदर्शी बताउँछन् । कार्यअवधि सकिने बेला भएकोले सशस्त्र प्रहरी बल ३० नंं. गण बागेश्वरीका गणपति एसपी विमल डाँगी कमाउ धन्दामा लागेको एक उच्च स्रोतले जनाएको छ । उनकै निर्देशनमा घरायसी सामान ल्याउने सर्वसाधारणलाई कुटपिट गर्ने र सामान खोस्ने गरिएको छ । ‘ठुलालाई लाइन दिएर सानालाई त्रसाउने र कुटपिट गर्ने यो सशस्त्र प्रहरीको कमाउ धन्दा गर्ने उपाय बाहेक केहि होइन,’ एक सर्वसाधारणले भने, ‘एसपी डाँगी अहिले कसरी कमाउन सकिन्छ भन्ने दाउमा हुनुहुन्छ ।’

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

बाँकेको नाकामा खटिएका विओपी इन्चार्जले एसपी डाँगीलाई मासिक रुपमा रकम बुझाउँदै आएका छन् । मासिक रकम नबुझाउने इन्चार्जलाई उनले फिर्ता बोलाउने र मन परेको प्रहरी अधिकृतलाई मात्र विओपी इन्चार्ज बनाउने गरेको समेत खुलेको छ ।
सवैको अगाडी बुटले हिर्काउने सशस्त्र प्रहरीलाई आफूले नचिनेको नन्कुले बताए ।

तरकारी किनेर फर्किदै गरेका छोरालाई लिन चौलिका चोक गएका बेला ड्यूटीमा खटिएका सशस्त्र प्रहरीले कुराकानीकै क्रममा खुट्टा र हातले अण्डकोष तथा छातीमा हिर्काएर घाइते बनाएको उनले बताए । ‘सशस्त्र प्रहरीका एक जना आएर बुटैबुटले अण्डकोष र छातीमा हिर्काए,’ उनले भने ।

सशस्त्र प्रहरीको कुटाईबाट बेहोस भएका नन्कुलाई सशस्त्र प्रहरीले आफनै गाडीमा राखेर उपचारका लागि भेरी अस्पताल पुर्याइएको छ । सशस्त्र प्रहरीको कडा सुरक्षाका वीच उहाँको भेरी अस्पतालको इमरजेन्सी वार्डमा उपचार भइरहेको छ । घाइते नन्कुको उपचारमा सशस्त्र प्रहरीको जम्बो टोली भेरी अस्पताल बाहिर खटिएको छ ।

ADVERTISEMENT

घर खर्चका लागि सामान ल्याउने क्रममा सशस्त्र प्रहरीले सामान खोसेपछि विवाद भएको थियो । संवेदनशील अंगमा बुटले हिकाउँदा अचेत भई लडेपछि प्रत्यक्षदर्शीले बिरोध गरेका थिए । सुरक्षाकर्मीको अमानविय व्यवहारको बिरोध भएछि दम्पतीलाई नै भ्यानमा राखेर पुर्याउनुले सशस्त्र प्रहरीको दोष छ भन्ने पुष्टि भएको छ ।
यसअघि पनि सामान्य विवादमा चौलिका चोकमा खटिएका सशस्त्र प्रहरीले एक सर्वसाधारणलाई कुटपिट गर्दा एउटा आँखा गुमेको थियो ।

यस बिषयमा सिडिओसँग पटक–पटक बुझ्न खोज्दा उनले प्रयोग गर्दै आएको सरकारी नम्बरको मोवाइल फोन उठेन ।

सशस्त्र प्रहरीले लाइन दिँदा नाकामा तस्करको रजगज

 

Share370Tweet221SendShare
Previous Post

रोजगारीका लागि भारत जाने नेपाली बढे

Next Post

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट
समाचार

मुद्दाको चाप बढे पनि बाँके अदालतमा एक महिनामै १ हजार ३ सय मुद्दा फछ्र्योट

६:२२ बिहान, अशोज २२, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
Next Post
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

कर्णाली समृद्धिको आधार बन्दै सडक

कर्णाली समृद्धिको आधार बन्दै सडक

भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

भालुले बाख्रा मार्न थालेपछि किसान चिन्तित

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:16 am5:54 pm +0545
Feels like: 22°C
Wind: 5km/h NE
Humidity: 92%
Pressure: 1014.56mbar
UV index: 0
MonTueWed
32°C / 20°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?