ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ शिक्षा/स्वास्थ्य

हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै

News Desk by News Desk
१०:३२ मध्यान्ह, माघ ३०, २०८१
हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै
406
सेयर
405
VIEWS
ShareTweetSendShare

बाँके फागुन १ गते ।
बाँकेमा फागुन ५ गतेदेखि हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रम सुरु हुँदैछ । १३ पटकसम्म लगातार औषधि खुवाउँदा पनि बाँकेका तीन पालिका र एउटा पालिकाको एक वडामा हात्तीपाइलेको प्रिभेलेन्स देखिएपछि १४औं पटक औषधि खुवाउन लागिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकामा फागुन ५ तथा डुडुवा र नरैनापुरमा फागुन ७ गतेदेखि आम औषधि सेवन अभियान सुरु हुन लागेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले बताए । शाहीले एउटा व्यक्तिले औषधि खाने र अर्कोले नखाइदिने गरेका कारण समुदायस्तरमा हात्तीपाइलेको जोखिम कायमै रहेको बताए ।

बाँकेमा २ लाख ५७ हजार बढीलाई औषधि खुवाइँदैछ । नेपालगञ्जमा १ लाख ६४ हजार ९६ जना, डुडुवामा ४२ हजार १ सय ७४ जना र नरैनापुरमा ४२ हजार ३ सय ६९ जना तथा बैजनाथको ४ नम्बर वडामा ८ हजार ९ सय ६२ जना गरी जम्मा २ लाख ५७ हजार ६ सय १ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका अधिकृत दुर्गा गौतमले बताइन् । नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा गाउँपालिका र नरैनापुर गाउँपालिका तथा बैजनाथ गाउँपालिकाको वडा नम्बर ४ मा १.८ देखि २.५ प्रतिशतसम्म प्रिभेलेन्स (ब्यापकता) देखिएको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका बरिष्ठ जनस्वास्थ्य अधिकृत राम कुमार महतोले बताए ।

सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भए पनि बाँकेका कारण समस्या सिर्जना भएको महतोले बताए । सन् २००३ देखि सुरु भएको आम औषधि सेवन अभियानबाट सन् २०२० मै लक्ष्य हासिल गर्ने उद्देश्य राखिए पनि सम्भव नभएपछि लक्ष्य लम्बिएको हो । बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगन्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि नै खाएका छैनन् । नेपालगन्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत पुगेकै छैन ।

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

औषधि सेवन दर ८० प्रतिशत नपुग्दासम्म त्यसको प्रभाव नरहने अध्ययनले देखाएको छ । सर्वेक्षण अनुसार ३३.२८ प्रतिशत मानिसले औषधिको साइड इफेक्ट हुने डरका कारण तथा ३२.५३ प्रतिशत मानिसले जनचेतनाको कमीका कारण औषधि सेवन गरेका छैनन् । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. यदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतिका रुपमा देखिएकाले यो पटक गम्भीरतापूर्वक लागिदिन सबै सरोकारवालालाई आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख राम बहादुर चन्दले आम औषधि सेवन कार्यक्रमलाई प्रभावकारी बनाउन सबैको हातेमालोमा जोड दिए । हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारिरीक रुपमा अशक्त, असमर्थ तथा अपांगता बनाउने सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजिवीबाट संक्रमण भएपछि लाग्छ ।

क्युलेक्स जातको संक्रमित पोथी लामखुट्टेले स्वस्थ्य मानिसलाई टोकेर यी परजिवीहरू मानव शरीरमा प्रवेश गरेपछि यो रोग लाग्छ । एक पटक मानिस संक्रमित भइसकेपछि उपचार नपाएको खण्डमा ४ देखि ६ बर्षसम्म रोग अरुलाई सर्दछ । हात्तीपाइले रोग लाग्दा विशेष गरी मानिसको खुट्टा साधारण भन्दा मोटो हुने र हात्तीको जस्तो देखिने भएकोले यसलाई हात्तीपाइले रोग भनिएको हो ।

ADVERTISEMENT
Share163Tweet101SendShare
Previous Post

तीन लाख १५ हजार मूल्य पर्ने अवैध औषधिसहित गुप्ता पक्राउ

Next Post

बाघ तथा आहार प्रजातिको अनुगमन सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन
मुख्य समाचार

रसुवा बाढीमा बेपत्ता बाँकेका आफन्तको डीएनए नमुना संकलन

६:३१ बिहान, भदौ २०, २०८३
बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै
मुख्य समाचार

बाँकेमा ६ हजार किशोरीलाई एचपीभी खोप लगाइँदै

६:४८ बिहान, भदौ १६, २०८३
किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान
शिक्षा/स्वास्थ्य

किशोरीको रक्तअल्पता जाँचदेखि निःशुल्क अल्ट्रासाउन्डसम्म, बैजनाथको स्वास्थ्य अभियान

१२:४४ बिहान, भदौ ७, २०८३
खजुरा क्यान्सर अस्पतालमा ब्राकीथेरापी मेसिन जडानपछि बिरामी बढे
शिक्षा/स्वास्थ्य

बिग्रिएका ४४ उपकरण मर्मतपछि क्यान्सर अस्पतालको सेवा सहज

२:०५ बिहान, भदौ ५, २०८३
एक महिनामा एक सयभन्दा बढीलाई सर्पदंश
शिक्षा/स्वास्थ्य

ओभरीमा एक वर्षमा सर्प र बिच्छीले टोकेका १२४ जनाको उपचार

१:५२ बिहान, भदौ १, २०८३
अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री
आर्थिक

अन्तर्राष्ट्रिय युवा दिवसमा बौद्धिक अपाङ्गता भएका बालबालिकालाई शैक्षिक र खेलकुद सामग्री

७:५९ बिहान, साउन २७, २०८३
बाँकेमा स्क्रब टाइफस र डेंगुको सङ्क्रमण बढ्दै
मुख्य समाचार

भेरी अस्पतालमा जनावरको टोकाइ र सर्पदंशको अभिलेख राख्न ‘बाइट रजिस्टरी’

१:१४ बिहान, साउन २७, २०८३
सरकारको प्राथमिकतामा पर्‍यो सुशिल कोइराला क्यान्सर अस्पताल
मुख्य समाचार

चार महिनादेखि क्यान्सरका अत्यावश्यक औषधी अभाव

४:०६ बिहान, साउन २६, २०८३
Next Post
बाघ तथा आहार प्रजातिको अनुगमन सुरु

बाघ तथा आहार प्रजातिको अनुगमन सुरु

नेपालगन्जमा सुरु भयो टेनिस क्रिकेट प्रतियोगिता, कानुन मन्त्री अग्रवालले गरे उद्घाटन

नेपालगन्जमा सुरु भयो टेनिस क्रिकेट प्रतियोगिता, कानुन मन्त्री अग्रवालले गरे उद्घाटन

माघ महिनामा ६१ जना फरार अपराधी पक्राउ

माघ महिनामा ६१ जना फरार अपराधी पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?