ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगन्जलाई धार्मिक सद्भावको सहर बनाई राख्न सवैको सहयोग अपरिहार्य छ : प्रमुख जिल्ला अधिकारी जोशी

जावेद अन्सारी by जावेद अन्सारी
९:२४ बिहान, फाल्गुन २९, २०८१
1.3k
सेयर
1.3k
VIEWS
ShareTweetSendShare

बाँके फागुन २९ गते ।
होली पर्वलाई ब्यवस्थित र शान्तिपूर्ण बनाउन बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले विहीवार नेपालगन्जको स्थलगत अनुगमन गरेका छन् । नेपालगन्जका विभिन्न स्थानमा पुगेर उनले नागरिक अगुवा र धार्मिक गूरुसँग प्रत्यक्ष सम्बाद समेत गरेका छन् ।
स्थलगत अनुगमन पछि उनले नेपालगन्जलाई सद्भावको सहरको रुपमा राखि राख्न सम्बेदनशील क्षेत्र र धार्मिक गूरु एवम् नागरिक समाजका अगुवासँग प्रत्यक्ष छलफल गरेको बताए ।

उनले हिन्दूहरुको रंगको पर्व होली र इस्लाम धर्मावलम्वीको रमजानको शुक्रवार जुमाको दिन भएकोले यसलाई ब्यवस्थित बनाउन स्थलगत अनुगमनसँगै धार्मिक गूरु र नागरिक समाजका अगुवासँग छलफल गरेको बताए ।
‘नेपालगन्ज धार्मिक तथा सामाजिक सद्भावको सहरहेको रुपमा चिनिन्छ । दुवै धर्मावलम्वीको पवित्र पर्व एकैसाथ परेकोले केहि सुरक्षा चुनौति छ । धार्मिक एवम् सामाजिक सद्भावको सहरको रुपमा परिचित गराई राख्न सवैको साथ र सहयोग अपरिहार्य छ,’ उनले भने, ‘आफ्नो पर्व मनाउने क्रममा अरुको अस्तित्वलाई पनि ख्याल गरि पर्व मनाउन अपिल गर्दछु ।’

उनले नेपालगन्जमा हुने होली मिलन कार्यक्रम र इस्लाम धर्मावलम्वीको जुमालाई ब्यवस्थित बनाउन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए । ‘सुरक्षाकर्मीको एकल प्रयासले मात्र शान्ति कायम गर्न सम्भव छैन । शान्ति सुब्यवस्थाका लागि सवैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्न जरुरी छ ।’

प्रजिअ जोशीले अपरिचित ब्यक्तिलाई रंग र अविर नछ्याप्न र इस्लाम धर्मावलम्वीलाई मस्जिदमा जाउजाउ गर्न कुनै बाधा नपुर्याउन आग्रह गरेका छन् । ‘होली सभ्य रुपमा खेल्न र अपरिचित ब्यक्तिको आउजाउमा बाधा पुग्ने कुनै गतिविधि नगर्न हिन्दू धर्मावलम्वीसँग म अपिल गर्दछु । इस्लाम धर्मावलम्वीहरुले पनि होलीलाई मध्यनजर गरि नमाज पढ्न मस्जिदमा जान र फर्किन मेरो आग्रह छ,’ प्रजिअ जोशीले भने ।

सम्बन्धित समाचार

रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ

नेपालगन्जका विभिन्न क्षेत्रको अनुगमन गर्न बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, सशस्त्र प्रहरी बल ३० नं. गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी शोभाकान्त खनाल, नेपाली सेना राँझाका प्रमुख, राष्ट्रिय अनुसन्धान विभाग नेपालगन्जका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

स्थलगत अनुगमनपछि बाँकेका प्रहरी प्रमुख एसपी कार्कीले होली र जुमालाई ख्याल गरि नेपालगन्जमा एक हजार प्रहरी परिचालन गरिने बताए । उनले सम्वेदनशील र अतिसम्वेदनशील क्षेत्रको परिचान गरि सादा पोशाक र बर्दीका प्रहरी परिचालन गरिने बताए । ‘सम्वेदनशील र अतिसम्वेदनशील क्षेत्रका चोक र गल्लीमा सादा र बर्दीसहितका प्रहरी परिचालन हुने नै छन् । गाडीबाट मोवाइल गस्ती, स्थलगत गस्ती र ड्रोनबाट समेत निगरानी गरिनेछ,’ एसपी कार्कीले भने, ‘अघिल्ला वर्षमा भएको सुरक्षा ब्यवस्थाको मूल्यांकन गरि यस वर्ष सुरक्षा ब्यवस्थामा थप सजगता अपनाएका छौँ ।’

होली र जुमालाई मध्यनजर गरि तीन सय सशस्त्र प्रहरी परिचालन गरिने सशस्त्र प्रहरी बल ३० नं. गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी खनालले जानकारी दिए । उनले नेपाल नेपालगन्जका विभिन्न चोक र गल्लीमा सशस्त्र प्रहरी परिचालन गरिने बताए । ‘फिल्डमा तीन सय सशस्त्र प्रहरी परिचालन हुने छन् । आवश्यक परेको खण्डमा थप सशस्त्र प्रहरी परिचालन गर्ने योजना छ,’ उनले भने ।
उछृङ्खल गतिविधि गर्ने, कसैको असमति हुँदाहुँदै रंग र अविर दल्नेलाई कानुन बमोजिम कारवाही गरिने स्पष्ट पारेका छन् ।

ADVERTISEMENT

मादक पदार्थ सेवन गरि सवारी साधन चलाएको पाइएमा कानुन बमोजिम कारवाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्पराज पन्तले बताएका छन् । उनले अन्य दिनभन्दा फरक शैलीमा ट्राफिक चेकजाँच भइरहेको बताए । ‘ट्राफिक उलङ्घन गरेकालाई ट्राफिक प्रहरीले कारवाही गर्दै आएको छ । होलीको अवसरमा ट्राफिक नियम उलंघन हुन नदिन थप सजगता अपनाइएको छ,’ उनले भने ।

Share508Tweet317SendShare
Previous Post

मियाको समिति भंग, सिद्दिकीकै समितिलाई काम गर्न उच्चको आदेश

Next Post

सुरक्षा ब्यवस्था मिलाउन बाँकेका प्रमुख जिल्ला अधिकारी रातको समयमा समेत फिल्डमा

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

तिहारको प्रभावः जमुनाह नाकामा मानिसहरुको भिडभाड
मुख्य समाचार

रोजगारीका लागि जमुनाह नाका भएर भारत जाने बढे

२:४३ बिहान, असार २६, २०८२
कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन
मुख्य समाचार

कर शुल्क घटाउन सुन व्यवसायीको माग, नेपालगन्जमा प्रदर्शन

६:५३ बिहान, असार २५, २०८२
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

लुम्बिनी प्रदेशमा ५२ प्रतिशत धान रोपाइँ

४:१६ बिहान, असार २५, २०८२
शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामना गरि आज ताजिया बिसर्जन

१२:०८ मध्यान्ह, असार २२, २०८२
फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर
मुख्य समाचार

फोहोर व्यवस्थापन नहुँदा इस्लाम धर्मवलम्बीको मोहर्रम कार्यक्रममा असर

९:२४ बिहान, असार २१, २०८२
मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल
मुख्य समाचार

मोहर्रमको आज आठौं दिन : सुरक्षामा आफै खटिए एसपीद्वय घर्तीमगर र खनाल

६:३८ मध्यान्ह, असार २०, २०८२
मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी
मुख्य समाचार

मोहर्रम पर्वलाई शान्तिपूर्ण बनाउन ड्रोनबाट समेत निगरानी गर्दै बाँके प्रहरी

११:०२ बिहान, असार १९, २०८२
बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद
अपराध

बाँके प्रहरीद्वारा भारी परिमाणको अवैध सामान बरामद

१:०४ मध्यान्ह, असार ९, २०८२
Next Post
सुरक्षा ब्यवस्था मिलाउन बाँकेका प्रमुख जिल्ला अधिकारी रातको समयमा समेत फिल्डमा

सुरक्षा ब्यवस्था मिलाउन बाँकेका प्रमुख जिल्ला अधिकारी रातको समयमा समेत फिल्डमा

चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य

चाडपर्व आपसी सद्भावका प्रतीक हुन् : मुख्यमन्त्री आचार्य

होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई

होेलीलाई लक्षित गरि बाँकेमा चेकजाँचमा कडाई

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
31°
Showers in the Vicinity
5:28 am7:19 pm +0545
Feels like: 39°C
Wind: 10km/h SE
Humidity: 73%
Pressure: 1002.03mbar
UV index: 11
SatSunMon
35/28°C
36/27°C
34/27°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?