ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

ठेकेदारको लापरवाहीले बर्दियामा २७ किलोमिटर सडक अलपत्र

News Desk by News Desk
१२:२१ बिहान, बैशाख १६, २०८२
ठेकेदारको लापरवाहीले बर्दियामा २७ किलोमिटर सडक अलपत्र
1.3k
सेयर
1.3k
VIEWS
ShareTweetSendShare

बर्दिया बैशाख १६ गते ।
ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण बर्दियाको २७ किलोमिटर लामो सडक अलपत्र परेको छ । बर्दिया राजापुर नगरपालिकाको खैरी चन्दनपुरदेखि गेरुवा गाउँपालिकाको कार्यालय हुँदै जनकनगरसम्म जोड्ने सडक समयमा निर्माण नहुँदा अलपत्र परेको हो । २०७७ चैतमा ३० महिनाभित्र सडक निर्माण गर्ने गरी सम्झौता भए पनि ठेकेदार कम्पनीले ढिलाइ गर्दा सडक निर्माण अलपत्र परेको हो ।

निर्माण सुरु गरेर निर्माण कम्पनीले अलपत्र पारेपछि स्थानीयले सास्ती पाएका छन् । गेरुवा गाउँपालिकाको विकासको नमुनाका रूपमा लिइएको यो सडकले राजापुर नगरपालिकाको खैरी चन्दनपुर चोकदेखि गेरुवा गाउँपालिकाको कार्यालय हुँदै पर्यटकीय क्षेत्र ओखरियासम्म जोड्छ । गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले ठेकेदार कम्पनीले सडक अलपत्र छाडेपछि सडकको अवस्था झन् बिग्रँदै गएको बताए ।

उनले भने, “अहिले गाउँपालिकाअगाडिको सडकमा खाल्डाखुल्डी छन् । ठेकेदारलाई पटक पटक अनुरोध ग¥यौँ तर सडक निर्माण भएन ।” सडक निर्माण हुने कुराले खुसी गेरुवा गाउँपालिकावासी निर्माणमा ढिलासुस्तीका कारण निराश बनेका छन् । चार वर्षअगाडि नै बाटो बन्ने भयो । ठेक्का भयो भन्ने सुनियो तर अझै सम्म बनेन । गेरुवा गाउँपालिका–४ बस्ने शालिकराम लोहतीले भने, “सडक त झन् झन् बिग्रँदै गयो । पहिले पहिले खाल्टाखुल्टी त पुरिन्थ्यो, आजभोलि त त्यो पनि छैन ।” सडक निर्माणका लागि ५३ करोड १२ लाख ६१ हजार रुपैयाँमा कान्छाराम राजेन्द्र जेभीले निर्माणको जिम्मा लिएको थियो ।

२०८० असोज ६ गतेसम्म म्याद भए पनि कोरोनालगायतका कारण देखाउँदै सो कम्पनीले २०८२ फागुनसम्म म्याद थप गरेको छ । हुलाकी राजमार्ग योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले म्याद थप गरे पनि हालसम्मको कार्य प्रगति हेर्दा अब एक वर्षमा सडक निर्माण हुने कुरामा विश्वस्त हुन नसकेको बताए । ठेक्का सुरु भएको एक हजार चार सय ६७ दिनमा २५ प्रतिशत काम भएको छ । अब ३१६ दिनमा ७५ प्रतिशत काम कसरी सकिएला ?” उनले भने, “निर्माणका लागि हामीले पटक पटक ताकिता गरेका छौँ ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

अहिलेसम्म ३१ पटक पत्रसमेत पठायौँ तर ठेकेदारले आलटाल गरेको छ ।” सम्झौतामा भएका कुनै पनि शर्त निर्माण कम्पनीले पालना नगरी दुःख दिने मात्र काम भएको योजना कार्यालय प्रमुख भण्डारीले बताए । उनले भने, “अन्तिम पटक सात दिन (वैशाख १७ गते) भित्र कार्यालयमा सडक निर्माणले गति नलिनुका कारणसहित उपस्थित हुन पत्र पठाएका छौँ । मनासिब कारण नदेखिएमा ठेक्का रद्द गर्ने प्रक्रिया अगाडि बढाउँछौँ ।”

ADVERTISEMENT
Share537Tweet329SendShare
Previous Post

खजुरा क्यान्सर अस्पताल महिनादेखि प्रमुख विहीन

Next Post

देउखुरीको भालुबाङमा विशेषज्ञ सेवासहितको अस्पताल उद्घाटन

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
देउखुरीको भालुबाङमा विशेषज्ञ सेवासहितको अस्पताल उद्घाटन

देउखुरीको भालुबाङमा विशेषज्ञ सेवासहितको अस्पताल उद्घाटन

पश्चिम नवलपरासीको सुस्तामा सुस्ता झोलुङ्गे पुल जोखिममा

पश्चिम नवलपरासीको सुस्तामा सुस्ता झोलुङ्गे पुल जोखिममा

बाँकेमा गर्मी बढ्यो, तरबुजाको व्यापार पनि बढ्यो

बाँकेमा गर्मी बढ्यो, तरबुजाको व्यापार पनि बढ्यो

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?