ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाइस हजार हेक्टरमा सिँचाइ सुविधा

News Desk by News Desk
५:२६ बिहान, बैशाख २८, २०८२
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
518
सेयर
511
VIEWS
ShareTweetSendShare

बाँके बैशाख २८ गते ।
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाबाट बाँकेको २२ हजार हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । यो आयोजना करिब ४३ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यका साथ निर्माण सुरु गरिएको हो ।

आयोजनाले हालसम्म लक्ष्यको आधाभन्दा बढी भागमा सिँचाइ सुविधा पु¥याउन सफल भएको छ । आयोजनाका निमित्त प्रमुख मनोजकुमार शाहले निर्माण सुरु गरिएको २० वर्षको अवधिमा लक्ष्य अनुसार ५० प्रतिशतभन्दा बढी काम पूरा भएको बताउँदै गुरुयोजना परिवर्तन हुँदै जाँदा समय र लागत दुवै बढ्दै गएको बताए । उनले आयोजनाकै कारण अहिले २२ हजार हेक्टर जमिनमा बाहै्र महिना खेती गर्न सकिने अवस्था सिर्जना भएकाले त्यसबाट सयौँ किसान प्रत्यक्ष लाभान्वित बनेको बताए ।

आर्थिक वर्ष २०६२÷६३ देखि सिक्टा सिँचाइको काम सुरु भएको थियो । पहिलो पटक १२ अर्बको गुरुयोजना स्वीकृत भएर काम अघि बढेकोमा उक्त गुरुयोजनामा राप्तीसोनारी–२, अगैयामा बाँध बनाउने र पश्चिम नहर निर्माण गर्ने कार्ययोजना मात्रै थियो । विस्तारै आयोजनाको कार्यक्षेत्र बढ्दै गएर पूर्वी नहर पनि थपियो । त्यस्तै पश्चिमी र पूर्वी नहरमा शाखा÷प्रशाखा थप हुँदै गए । राप्ती नदीबाट कमान्ड एरिया जोगाउन नदी नियन्त्रणका काम पनि थपिँदै गए । दोस्रो पटक २०७४ सालमा २५ अर्बको गुरुयोजना स्वीकृत भयो ।

आयोजनाका निमित्त प्रमुख शाहले पछिल्लो पटक फेरि २०७९ सालमा ५२ अर्बको गुरुयोजना स्वीकृत भएको र सोहीबमोजिम अहिले सिक्टा सिँचाइ आयोजनाले काम गरिरहेका बताए । ‘अहिलेसम्म २१ अर्ब बराबरको ५० प्रतिशत लक्ष्य पूरा भइसकेको छ तर यसैलाई सुरुको लागतसँग तुलना गर्दा भने शतप्रतिशतभन्दा बढी काम भएको छ । प्रमुख शाहले थपे, “दोस्रो गुरुयोजनासँग तुलना गर्दा पनि करिब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । कार्य क्षेत्र बढ्दै जाँदा यसको प्रगति कम देखिन्छ । त्यस कारण जनमानसमा आयोजनाको प्रगति कम भयो भन्ने धारणा छ तर वास्तविकता फरक छ ।”

सम्बन्धित समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

उनका अनुसार पूर्वी नहरको ४२ किलोमिटर निर्माण भएर पानी पुगिसकेको छ भने पश्चिम नहर पनि ५० किलोमिटर निर्माण भएर पानी बगेको छ । आयोजनाका इन्जिनियर तनोज दुलालले आयोजनाको सिधनिया शाखामा फुल फेजमा पानी चलिरहेको र अकलघरुवा शाखामा पनि सोही अनुसार पानी चलेको बताए ।

दुलालका अनुसार कतिपय ठाउँमा किसानले पम्प सेटबाट पानी तानिरहेका छन् भने सिक्टा आफैँले पनि चार वटा लिफ्ट सिँचाइ बनाइदिएको छ । नहरको पानी नपुग्ने अग्लो ठाउँमा बनाउन थालिएको लिफ्टको ९० प्रतिशत काम सम्पन्न भइसकेको छ । पूर्वी नहरमा पनि फत्तेपुर कमान्ड एरियामा दुई हजार हेक्टरका लागि पानी दिइसकेको छ । पुरानो राजकुलोमा पनि पानी चलिरहेको छ । त्यहाँ पनि आधुनिकीकरण र पुनस्र्थापनाको काम भइरहेको छ ।

पछिल्लो गुरुयोजना अनुसार आव २०८९÷९० मा सिक्टा सिँचाइ आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य छ । आयोजनाका निमित्त प्रमुख शाहले तीन चरणमा काम बाँडिएकोमा अहिले दोस्रो चरणको काम चलिरहेको बताए । उनका अनुसार आव २०८२÷८३ सम्म दोस्रो चरण चल्ने छ । त्यसपछि बाँकी पाँच वर्ष तेस्रो चरणको काम गरिने छ । तेस्रो चरणमा पश्चिम नहरको विस्तार गर्ने काम, पूर्वी नहर अन्तर्गत नरैनापुर क्षेत्रको पूरै काम गरिने छ ।

ADVERTISEMENT

आयोजनाले गुरुयोजना अनुसार समयमा काम पूरा गर्न वार्षिक बजेट तीन अर्ब पाउनुपर्नेमा चालु आवमा एक अर्ब ५५ करोड रुपियाँ मात्र विनियोजन भएको छ ।

Share211Tweet128SendShare
Previous Post

तजबिजका आधारमा बजेट बाँड्ने काम बन्द

Next Post

बबई नदीमा बन्यो तटबन्ध, हट्यो त्रास

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार
समाचार

२२ वर्षदेखि व्यवसायमा सक्रिय रूपा ओझा ‘सानु’ संघको महिला उपाध्यक्षमा उम्मेदवार

१:२३ मध्यान्ह, भदौ ४, २०८३
नागको पूजा गरी नागपञ्चमी मनाइँदै
समाचार

नागको पूजा गरी नागपञ्चमी मनाइँदै

१:३३ बिहान, भदौ १, २०८३
मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय : सुदूरपश्चिममा धेरै भारी वर्षाको सम्भावना

१२:४८ बिहान, साउन ३१, २०८३
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने
समाचार

देशभर मनसुन सक्रिय, चार प्रदेशमा भारी वर्षाको सम्भावना

१:४४ बिहान, साउन २४, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

कस्तो हुनेछ आगामी २४ घण्टाको मौसम ?

१:०९ बिहान, साउन २३, २०८३
म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना
समाचार

म्याद गुज्रेका खाद्य सामग्री बिक्री गर्ने नेपालगन्जका तीन फर्मलाई ५० हजार जरिवाना

६:३२ बिहान, साउन २२, २०८३
Next Post
बबई नदीमा बन्यो तटबन्ध, हट्यो त्रास

बबई नदीमा बन्यो तटबन्ध, हट्यो त्रास

मधुवनको वडा नम्बर ६ बालविवाहमुक्त घोषणा

मधुवनको वडा नम्बर ६ बालविवाहमुक्त घोषणा

सशस्त्र प्रहरीलाई गोताखोर तालिम: राप्ती नदीमा कृत्रिम घटना अभ्यास

सशस्त्र प्रहरीलाई गोताखोर तालिम: राप्ती नदीमा कृत्रिम घटना अभ्यास

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?