बाँके जेठ ८ गते ।
बाँके प्रहरी प्रमुखको रुपमा एसपी रामप्रसाद घर्ती मगर आएपछि अबैध सामान धमाधम बरामद हुन थालेको छ । अबैध चोरी पैठारी नियन्त्रण तथा अपराध नियन्त्रण गर्न मातहतका प्रहरीलाई कडा निर्देशन दिएका एसपी घर्ती मगर आफै पनि सक्रिय रुपमा खटिदै आएका छन् । उनले जनताबाट गुनासो नआउने गरि काम गरिरहेको बताए । ‘जनताको सेवा गर्न आएको छु, जनताबाट गुनासो नआउने गरि काम गर्ने योजनाका साथ अगाडी बढेको छु,’ उनले भने ।
उनको सक्रियताले बाँके प्रहरीले विहीवार चार लाख ८५ हजार ९६० रुपैयाँ बराबरको इलेक्ट्रिक्स र इलेक्ट्रोनिक्स अवैध सामान बरामद गरेको छ । नेपाल–भारत मैत्री बसमा रहेको बेवारिसे अवैध सामान बरामद गरेको बाँके प्रहरी प्रवक्ता डिएसपी दीपक पातलीले जानकारी दिए । उनले भारतको रुपइडिहाबाट ल्याउँदै गरेको उक्त बेवारिसे सामान बसबाट बरामद भएको बताए ।
लुम्विनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरीक्षक सन्जित केसी नेतृत्वको संयुक्त टोलीले उक्त बेवारिसे सामान महेन्द्र बहुमुखी क्याम्पस अगाडी रहेको बसबाट बरामद गरेको उनले बताए ।
उनका अनुसार प्रहरीले अल्टिनेटर, कल्सपेसर, काउन सेट, क्रस,रेक्सइन सेट, भरन, टन्डरबिज, टुकर, एरफिल्टर, कुलिङ क्वाइल, अटो पाल, एयर पाइप, ब्यरिङ ठुलो, ब्यरिङ मिडियम, ब्यरिङ सानो, कार्वन सेट, वाटर पम्प र हेवरिङ बरामद गरेको छ । त्यसैगरी, साईलेन्सर, हाप एक्सर, एक्सेल प्यालेट, ब्याक गियर, डबल गियर, एयर फिल्टर, अटोको, सेल्फ, बुस, मेग्नेट क्वाईल, गियर केवल इनर, रकर, मास्टर सिलिण्डर, ब्रेक पाईज, इलेक्ट्रोनिक गन(भाँडामा नाम लेख्ने), स्पिङ, थ्रेस ब्यारिङ, मोटर गार्ड, साईड प्यानल ,एक्सल कबलिङ, क्वाईल, क्रस साइड ब्यारिङ, पुलर आई, एयर फेन, कलेज हन, आयल पम्प, इन्जिन माउन्टेन, टाइमर चेन, वाल गाईड, चिडिया, क्यामन स्पाकेट, क्लोज प्यालेट, आइडल फूली, क्रिन वासर, फेन्डर, टाई क्लिप, चामल, चस्मा, वल्ककिट, सलाईडर, कचौरा र थाली बरामद गरेको उनले जानकारी दिए ।
एसपी घर्तीमगर आएपछि वडा प्रहरी कार्यालय नेपालगन्जले पनि मंगलवार राति भारी परिमाणको अवैध सामान पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–९ बाँकेगाउँ नजिकबाट चार लाख ९७ हजार ५०० सय रुपैयाँ मूल्य पर्ने मोबाइलको टेम्पर ग्लास बरामद गरेको वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अरुण बमले जानकारी दिए ।
वडा प्रहरी कार्यालयकाबाट खटिएको गस्ती टोलीले मंगलबार राति करिव ९ बजे भारतबाट अवैध रुपमा ल्याउँदै गरेको विभिन्न थरिका मोबाइलमा प्रयोग हुने टेम्पर ग्लास पक्राउ गरिएको उनले बताए । उनका अनुसार प्रहरीले एक हजार ९ सय ९० थान बरामद गरेको छ ।
अवैध रुपमा ल्याउँदै गरेकाहरु प्रहरी टोलीलाई देख्ने बित्तिकै सामान छोडेर भागेको उनले बताए ।
उनले भने, ‘भन्सार छलेर भारतबाट सामान ल्याउँदै गरेकाहरु प्रहरीलाई देख्ने वित्तिकै फरार भए । बेवारिसे अवस्थामा रहेको सामान बरामद गरि प्रहरीले ल्याएको छ,’ उनले भने । उक्त सामान आवश्यक कारवाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले जानकारी दिए ।













Discussion about this post