ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

केमिकल हालेर पकाएको आँप बजारमा छ्याप्छ्याप्ती

News Desk by News Desk
४:४४ बिहान, जेष्ठ २५, २०८२
केमिकल हालेर पकाएको आँप बजारमा छ्याप्छ्याप्ती
391
सेयर
387
VIEWS
ShareTweetSendShare

बाँक जेठ २५ गते ।
अचेल फलफूल बजार आँपले पँहेलपुर छन् । नेपाली आँप असार लागेपछि मात्र तयार हुने भए पनि केमिकल (कार्बाइड) प्रयोग गरी पकाइएको आँप घरघरमा पुगिरहेको छ । बाँकेका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप छ्याप्छ्याप्ती बिक्री वितरण भइरहेको छ ।

स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् । स्वास्थ्यलाई हानि–नोक्सानी पुर्याउने कार्बाइड प्रयोग गरेर पकाइएको आँप नेपालगन्जका बजारमा निर्बाधरुपमा छ्याप्छ्याप्ती बिक्री भइरहेको छ ।

बगैँचामा आँप ढिलो पाक्ने भएपछि व्यापारीले काँचो टिपेर पकाउन औषधि प्रयोग गर्छन् । यसरी पकाइएको आँप हेर्दै खान मनलाग्ने खालको देखिन्छ । नेपालगन्ज, कोहलपुर, खजुरा लगायत मुख्य बजारमा एक महिनादेखि औषधि प्रयोग गरिएको आँप बिक्री भइरहेको छ । बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीले कार्बाइड प्रयोग गरेर बजारमा बिक्री गर्न थालेका हुन् ।

आँप हेर्दा बोटमै पाकेकोजस्तै देखिन्छ । यो खाएपछि मात्र औषधि प्रयोग भएको भन्ने थाहा हुन्छ । खाएको केही समयमा मुख चिलाउने र कोक्याउने गर्छ । नेपालगन्जका एक व्यापारीले लहानबाट काचो आँप खरिद गरी कार्बाइड हालेर पकाएर बिक्री गरेको सुनाए । ‘बगैँचामा अहिले आँप पाकेकै छैनन् । बजारमा ग्राहकले खोज्न थाले,’ उनले भने, ‘औषधि हालेर राखेपछि चाँडै पाक्छ । अहिले मूल्य पनि राम्रो पाइन्छ ।’

सम्बन्धित समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

औषधि हालेर पकाइएको आँप खाँदा वाकवाक लाग्ने, पखाला लाग्ने र मुख चिलाउने गरेको आँपका पारखीहरू बताउँछन् । नेपालगन्जका राम न्यौपानेले बजारमा पाइने आँप खाँदा दुई दिनसम्म पखाला चलेको बताए । व्यापारीहरूले बाहिरबाट प्रतिकेजी ४०–५० रुपैयाँका दरले काँचो आँप ल्याउँछन् । औषधि प्रयोग गरेर पाकेपछि ८० देखि १०० रुपैयाँसम्ममा बिक्री गर्छन् । स्थानीय व्यापारीले किसानको काँचो आँपको बगैँचा नै किन्ने गर्छन् ।

त्यसपछि गोदाममा ल्याएर औषधि छर्केर राख्छन् । यसरी राखेको आँप एक–दुई दिनमै पाक्छ । यो हेर्दा पहेलो र आकर्षक हुन्छ । बगैँचामा पाकेको आँप बजारमा आउन अझै दुई साता लाग्ने स्थानीय व्यापारी बताउँछन् । राम्रो मूल्य आएको भन्दै किसानले व्यापारीलाई आँप बेचिरहेको पाइएको छ । यस्तो आँप स्वादिलो नहुने र पोषक तत्त्व पनि नपाइने जानकार बताउँछन् । नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन ।

असार लागेपछि मात्र यो आँप बजारमा आइपुग्छ । कार्बाइडले आँपलाई स्वास्थ्यका लागि हानिकारक बनाइदिन्छ । भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँपहरु बजारका साथै गाउँगाउँमा समेत विक्री वितरण भइरहेको खजुरा गाउँपालिका–५ का स्थानीय रमेश खत्रीले बताए । त्यसैले बजारबाट आँप किन्दा सावधानी अपनाउन विज्ञको सुझाव छ ।

ADVERTISEMENT

सकेसम्म यस्ता आँप खानुहुन्न । कार्बाइडले पकाएको फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्छ । औषधि प्रयोग गरेको खाँदा स्वास्थ्यका लागि हानिकारक हुने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार कार्बाइड प्रयोग गरिएको आँप खाँदा स्वास्थ्यमा प्रतिकूल असर पार्ने हुँदा यस्तो आँप नखान चिकित्सकहरुको सुझाव छ ।

Share159Tweet97SendShare
Previous Post

जमुनाह नाकामा छैन कोरोना जाँच गर्ने एन्टिजेन किट

Next Post

भेरी लिफ्टिङको पहुँच मार्ग विस्तार गर्न बाटो खुल्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बालसुधार गृहमा झडप के कारणले भयो ?
समाचार

बाल सुधारगृहको दयनीय अवस्थाविरुद्ध सर्वोच्चमा सार्वजनिक सरोकारको रिट

६:५७ बिहान, जेष्ठ २७, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
जिल्लाको क्षतिपूर्तिको फैसला उच्चद्वारा सदर
समाचार

अदालत परिसरको सुरक्षा र व्यवस्थापन सुदृढ गर्न बाँके जिल्ला अदालतका नयाँ नियम लागू

८:४६ बिहान, जेष्ठ २३, २०८३
बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन
समाचार

बाँके जिल्ला क्रिकेट संघको नेतृत्वमा सुफियान खान पठान, नयाँ कार्यसमिति निर्विरोध चयन

७:३६ बिहान, जेष्ठ २३, २०८३
माटोका भाँडाको बिक्री घट्दा बाँकेका कसगर समुदाय चिन्तित ( फोटो फिचर)
समाचार

गर्मी बढेसँगै नेपालगन्जमा माटोका भाँडाको माग उच्च, कुम्हाल समुदायलाई माटो अभावको चुनौती

४:०९ बिहान, जेष्ठ २०, २०८३
सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन
समाचार

सिक्टा सिँचाइ आयोजनाको बजेटमा उल्लेख्य वृद्धि, आगामी आवका लागि रु २ अर्ब ५५ करोड विनियोजन

१:२६ बिहान, जेष्ठ १६, २०८३
वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो
समाचार

वर्षायाम र नदी बहावका कारण सिधनियाघाटको वैकुण्ठधाम निर्माण अस्थायी रूपमा रोकियो

१:३२ बिहान, जेष्ठ ९, २०८३
नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस
समाचार

नौबस्तास्थित सशस्त्र प्रहरी शिक्षालयले मनायो २५औँ स्थापना दिवस

८:१६ बिहान, जेष्ठ ३, २०८३
Next Post
भेरी लिफ्टिङको पहुँच मार्ग विस्तार गर्न बाटो खुल्यो

भेरी लिफ्टिङको पहुँच मार्ग विस्तार गर्न बाटो खुल्यो

योग समिति नेपालको ४४औं योग केन्द्र शुभारम्भ

योग समिति नेपालको ४४औं योग केन्द्र शुभारम्भ

छिमेकमा कोरोना, नेपालमा सतर्कता

छिमेकमा कोरोना, नेपालमा सतर्कता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?