ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

बाँके प्रहरीको एक बर्ष : ६३९ प्रतिवादी पक्राउ, ४ करोडको अवैध सामान बरामद

News Desk by News Desk
१२:३८ बिहान, साउन ७, २०८२
सामाजिक संजालमार्फत धार्मिक सहिष्णुतामा खलल पुर्‍याए कारवाहीः बाँके प्रहरी
405
सेयर
398
VIEWS
ShareTweetSendShare

बाँके साउन ७ गते ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभरका विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार रहेर लुकिछिपी बसेको अवस्थामा एक वर्षको अवधिमा ६ सय ३९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुबाट १ सय ८९ बर्ष ८ महिना १ दिन कैद र २ करोड १८ लाख ३५ हजार ६ सय ३२ रुपैयाँ जरिवाना असुल उपर गरिएको जिल्ला प्रहरीले कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार आर्थिक वर्ष २०८१–०८२ को अन्तिमसम्ममा प्रहरीको कारबाहीमा ४ करोड ३ लाख ८३ हजार ३४४ रुपैयाँ बराबरको भन्सार छली गरेर ल्याइएको अबैध सामग्री बरामद गरिएको छ । उक्त अवधिमा अवैध सामग्री ओसारपसारमा संलग्न रहेका ६ वटा जिप–कार, १० मोटरसाइकल र २१ जनालाई पक्राउ गरी सम्बन्धित निकायमा पठाइएको डीएसपी पातलीले बताए ।

जिल्ला प्रहरी कार्यालय बाँकेको अपरेशनमा प्रतिवन्धित भारतीय रुपैयाँ ५ सय दरका ६ सय ५० थान र २ सय भारतीय रुपैयाँ दरका ३१६ थान गरी ३ लाख ८८ हजार २ सय भारतीय रुपैयाँ (६ लाख २१ हजार १२० नेपाली रुपैयाँ ) बरामद गर्दै आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय कोहलपुर बुझाइएको बाँके प्रहरीले जानकारी दिएको छ ।

डीएसपी पातलीका अनुसार आ.व.२०८१–०८२ मा भारतबाट अबैध रुपमा ल्याइएका करीब १३ लाख ५१ हजार ४४५ रुपैयाँ मूल्य बराबरको बोइलर कुखुराका चल्ला, मासु र कुखुरा बरामद गरी आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन कार्यालय पठाइएको छ भने सोही अवधिमा अबैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने एउटा जेसिबी, १० वटा टिपर र १४ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएर १ लाख ८७ हजार जरिवाना गरिएको हो ।

सम्बन्धित समाचार

बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

त्यसैगरी आ.व. ०८१–०८२ मा बाँकेभर ट्राफिक कारवाहीतर्फ ३७ हजार ४३५ वटा सावरी साधनलाई कारवाही गरी ३ करोड २ लाख ६४ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

एक वर्षको अवधिमा बाँके प्रहरीको अपराध अनुसन्धान तथा कारवाहीमा १४ सय ८६ मुद्दा दर्ता हुँदा १४ सय ५० जनालाई पक्राउ गरिएको डीएसपी पातलीले जानकारी दिए । उक्त अवधिमा २ सय २७ पेण्डिङमा रहेका मुद्दाहरुलाई समेत फछ्र्यौट गरिएको छ भने बाँके प्रहरीमा ठाडो उजुरी ६४ सय १२ वटा प्राप्त भएकामा ५७ सय ३४ फछ्र्यौट हुँदा ९ सय ७८ वटा बाँकी निबेदन फछ्र्यौट प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके र मातहतका कार्यालयहरुले लागुऔषध ओसारपसारबिरुद्ध गरेको कारबाहीमा ३ किलो ४ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर, ८ किलो २२४ ग्राम चरेश, ७ लिटर ३ सय मिलिलिटर कोरेक्स, ३६ सय १३ नाइट्राजेपाम ट्याब्लेट, ट्रामाडोल ५३४८ ट्याब्लेट, १ सय १३ किलो ५२० ग्राम गाँजासहित २९८ जना पक्राउ पक्राउ गरेर कानुनी दायरामा ल्याइएको छ । त्यस अवधिमा जिल्ला प्रहरी कार्यालय बाँकेले जिल्लाभरबाट हराएका ४० वटा मोटरसाइकल, एउटा स्कुटर र एउटा साइकल, ११६ थान मोबाइल फोन फेला पारेर सम्बन्धित धनीलाई बुझाएको छ ।

ADVERTISEMENT

बाँके प्रहरीको हुण्डी र अवैध सुन–चाँदी कारोबार विरुद्धको कारबाहीमा २०८१ भदौ १० गते ४ सय ७ ग्राम सुन, १० किलो किलो ६१३ ग्राम चाँदीसहित ४ जनालाई पक्राउ गर्दा ४० लाख १० हजार २५५ नेपाली र ५९ हजार ५ सय भारतीय रुपैयाँसहित ७ जना हुण्डी कारोबारीलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी पातलीले बताए ।

बाँके प्रहरीका अनुसार जघन्य अपराधतर्फको कारबाहीमा गत असोज २७ र २८ गते नाबालिकालाई सामूहिक बलात्कार गर्ने ५ जनालाई पक्राउ गरिएको थियो भने २०८१ असोज २७ एक पुरुषको घाँटी रेटेर टाउको लुकाएर फरार रहेका आरोपीलाई ४८ घण्टाभित्र नियन्त्रणमा लिएर कानुनी प्रक्रियामा ल्याइएको थियो ।

त्यसैगरी नक्कली जग्गाधनी श्रेस्ता बनाई बैंकमा धितो राखी रकम ठगी गर्ने कार्यमा संलग्न रहेका ७ जनालाई पक्राउ गरिएको छ । डीएसपी पातलीले दिएको जानकारी अनुसार बैजनाथ गाउँपालिकाको एक गाउँमा बिवाह कार्यक्रममा एक युवकको हत्या गर्ने ६ जनालाई पक्राउ गरिएको थियो भने नेपालगन्जका इरसाद कवडियालाई खुकुरी प्रहार गरी हत्या गर्ने २ जना र बैदेशिक रोजगारमा जापान पठाइदिन्छु भन्दै १ करोड २३ लाख रकम ठगी गर्ने महिलालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उक्त अवधिमा बाँके प्रहरीले सवारी दुर्घटनामा फरार रहेका एक जनालाई पक्राउ गर्दै कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको छ । साथै सामाजिक संजाल प्रयोग गरी भारतीय ग्याङ्गस्टारको नाम लिएर फिरौती माग्ने १ जनालाई पक्राउ गरिएको र ढुङ्गा र मुक्काले टाउकोमा हानेर हत्या गरेको आरोपमा एक युवक र पूर्व रिसिबी लिएर हत्या गरेको आरोपमा अर्का एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

आर्थिक वर्ष ०८१–०८२ को अन्तिममा बाँके प्रहरीले भारतबाट लुटपाट गरेर फर्किएका ६ जनालाई कोहलपुरबाट पक्राउ गरेको डीएसपी पातलीले बताए । त्यसैगरी महिला तथा बालबालिका सम्बन्धि अपराध अनुसन्धान तथा कारवाहीतर्फ दर्ता भएका १४६ मुद्दामा १ सय १९ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । घरेलु हिंसा सम्बन्धिका ५ सय ७७ वटा उजुरीमा ५ सय ७५ वटा फछ्र्यौट हुँदा बाँकी अनुसन्धान प्रक्रियामा रहेको रहेको जिल्ला प्रहरी कार्यालयले बाँकेले जनाएको छ ।

यस्तै हराएका महिला, बालबालिका तथा जेष्ठ नागरीक सम्बन्धि ५ सय ५५ वटा निबेदनमा ५ सय १४ जना फेला पारेर परिवारको जिम्मा लगाइएको र बाँकी खोजतलासको क्रममा रहेको तथा अलपत्र अवस्थामा २ सय ४९ जना महिला बालबालिका तथा जेष्ठ नागरिकलाई फेला पारी उद्दार गरिएकोमा ९४ जनालाई संरक्षणको लागि संस्थामा पठाइएको छ । उक्त अवधिमा प्रहरीले सीमा नाकाबाट ९ सय ७ जना महिला तथा बालबालिका तथा जेष्ठ नागरिकहरुलाई उद्दार गरेको डीएसपी पातलीले बताए ।

बाँके प्रहरीको समुदाय प्रहरी सहकार्यतर्फ मातहतसहित गरी १ हजार ९४ पटक सचेतनामूलक कार्यक्रम मध्ये लागुऔषध सम्बन्धि सचेतना, साइबर अपराध सचेतना, मानव बेचबिखन सम्बन्धि, आत्महत्या सम्बन्धि, अल्पसंख्यकसंग प्रहरी, नागरिक सुनुवाई र चोरी सम्बन्धि सचेतना लगायतका कार्यक्रम संचालन गरिएको थियो भने ट्राफिक सचेतनातर्फ २६ सय २४ सचेतनामूलक कार्यक्रम (लेन अनुशासन, जेब्रा क्रसिङ, ट्राफिक लाइट) संचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

त्यसैगरी बाँके प्रहरीको आन्तरिक सुदृढीकरण प्रयासतर्फ आपतकालिन कार्यालय सुरक्षा (स्ट्याण्ड टु) को अभ्यास गराइएको र यसअघिका आर्थिक वर्ष २०८१–०८२ मै रहेर बाँके प्रहरी प्रमुखका रूपमा कार्य गर्नुभएका प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले प्रहरी कर्मचारीहरुलाई प्रहरी आचरण, सेवाग्राहीसंग ब्यवहार, सामाजिक संजालको प्रयोग लगायतका बिषयमा प्रशिक्षण प्रदान गरेका थिए ।

साथै त्यस अवधिमा पूर्व प्रहरी कर्मचारीहरुको गुनासो सम्बोधन तथा छलफल कार्यक्रम सम्पन्न गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेको बाटो मर्मत, रङरोगन, कार्यालय परिसर मर्मत तथा लाइट जडान लगायत सौन्दर्याकरण गरी सेवाग्राहीमैत्री वातावरण तयार गरिएको डीएसपी पातलीले जानकारी दिए ।

त्यसैगरी नेपाल प्रहरी कार्य सम्पादन सम्झौता बमोजिम जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा सशस्त्र प्रहरी बल ३० नं. गणको सहकार्यकमा संयुक्त भिड नियन्त्रण अभ्यास गरिएको थियो भने चार्डपर्व लक्षित सुरक्षा योजना बमोजिम तालिम प्रप्त कुकुरहरुद्वारा बसपार्क, बिमानस्थल र जमुनाहा नाकामा समय समयमा चेकजाँच गरिएको थियो ।

सो अवधिमा जिल्लाभरमा उत्कृष्ट कार्य गर्ने ९३ जना प्रहरी कर्मचारीहरुलाई तीन पुस्तेमा जनिने गरी पुरस्कृत गर्दै आचरण बिपरित कार्य गरेका ११ जना प्रहरी कर्मचारीलाई कारवाही गरिएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपाल प्रहरी कार्य दक्षता मूल्याङ्कन “२०८१” मा इलाका प्रहरी कार्यालय कोहलपुर बाँके सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालय घोषणा भई प्रहरी महानिरीक्षकबाट प्रमाणपत्र प्रदान गरिएको थियो ।

Share166Tweet100SendShare
Previous Post

आँखा उपचार सेवालाई थप व्यवस्थित र विस्तार गर्दै भेरी अस्पताल

Next Post

बाँकेमा संघ र प्रदेश सरकारको तीन अर्ब २५ करोडभन्दा बढी बजेट फ्रिज

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार
अपराध

बर्दिया सीमाबाट १६ लाखभन्दा बढी मूल्यको तरबुजाको बीउ बरामद, तस्कर फरार

५:२१ बिहान, जेष्ठ १२, २०८३
मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट
अपराध

एक करोडभन्दा बढी जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ

१:१८ बिहान, जेष्ठ १२, २०८३
सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद
अपराध

सशस्त्र प्रहरीको सक्रियता : भारत लैजान लागिएको ठूलो परिमाणको लागूऔषध बरामद

८:१६ बिहान, जेष्ठ ९, २०८३
रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद
अपराध

रुपन्देहीमा नक्कली नोट छाप्ने गिरोह पक्राउ, कम्प्युटर र प्रिन्टर बरामद

७:५२ बिहान, जेष्ठ ९, २०८३
बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ
अपराध

बाँकेमा लागुऔषध सेवन गरेर सवारी चलाउने १४ जना पक्राउ

१२:२१ मध्यान्ह, जेष्ठ ४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
क्यासिनोमा जुवातास खेल्दै १४ नेपाली पक्राउ, नेपालगन्जमा पनि निगरानीको माग
अपराध

क्यासिनोमा जुवा खेल्दै गर्दा १९ नेपाली पक्राउ

१२:३१ बिहान, बैशाख २३, २०८३
४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ
अपराध

४३ लाख मूल्यबराबरको हुक्का भेपसहित एकजना पक्राउ

१२:३५ बिहान, बैशाख २२, २०८३
Next Post
बाँकेमा संघ र प्रदेश सरकारको तीन अर्ब २५ करोडभन्दा बढी बजेट फ्रिज

बाँकेमा संघ र प्रदेश सरकारको तीन अर्ब २५ करोडभन्दा बढी बजेट फ्रिज

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावः सुदूरपश्चिबाट वर्षा भित्र्दै, चिसो बढ्ने

कमजोर भयो मनसुनी वायुको प्रभाव, छैन धेरै वर्षाको सम्भावना

थारू औद्योगिक ग्राम निर्माण सुरु

थारू औद्योगिक ग्राम निर्माण सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?