ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

मार्करभित्र १० ग्राम लागूऔषध भेटिएपछि सुरु भयो अनुसन्धान, सहचालक हुँदै नेपालगन्जका अन्सारीको घरसम्म पुग्यो प्रहरी

News Desk by News Desk
१०:२१ बिहान, भदौ ३१, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
391
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके, भदौ ३१ गते ।
एउटा सामान्य मार्करभित्र लुकाइएको लागूऔषधबाट सुरु भएको बाँके प्रहरीको अनुसन्धान अन्ततः नेपालगन्जको एउटा घरको दराजसम्म पुग्यो।

मार्करभित्र लुकाइएको १० ग्राम ७८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएपछि प्रहरीले त्यसको स्रोत खोज्दै जाँदा एकपछि अर्को गर्दै तीन जना पक्राउ परेका हुन्।

घटना गत भदौ २९ गतेको हो। नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ४१६० नम्बरको बस। प्रहरीलाई उक्त बसमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचना थियो। प्रहरीले बस रोकेर चेकजाँच सुरु गर्‍यो।

चेकजाँचका क्रममा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय प्रिन्स शाही पक्राउ परे। खानतलासी गर्दा मार्करभित्र लुकाएर राखेको अवस्थामा १० ग्राम ७८० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको थियो। त्यसपछि प्रहरीले सुरु गर्‍यो—यो लागूऔषध कहाँबाट आयो भन्ने खोजी।

सम्बन्धित समाचार

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतित सिंह राठौरका अनुसार शाहीसँग सोधपुछ गर्दा उक्त लागूऔषध काठमाडौंसम्म पुर्‍याउनका लागि भे १ ख ४०७३ नम्बरको बसका सहचालक राप्तीसोनारी गाउँपालिका–१ का करिब २८ वर्षीय लाहुराम थारुले दिएको खुलेको थियो।

थारुको नाम खुलेपछि अनुसन्धान उनीतर्फ मोडियो। थारुसँगको प्रारम्भिक अनुसन्धानका क्रममा उक्त लागूऔषध नेपालगन्ज उपमहानगरपालिका–३ का ३४ वर्षीय मोहम्मद रहिम अन्सारीले दिएको खुलेको डीएसपी राठौरले बताए।

त्यसपछि प्रहरीले अन्सारीको घरमा खानतलासी गर्‍यो। भदौ ३० गते वडा प्रहरी कार्यालय नेपालगन्ज, इलाका प्रहरी कार्यालय कोहलपुर र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नेपालगन्जबाट खटिएको संयुक्त प्रहरी टोलीले अन्सारीको घर तथा कोठामा रीतपूर्वक खानतलासी गरेको थियो।

ADVERTISEMENT

खानतलासीका क्रममा अन्सारी सुत्ने कोठाको दराजमा लुकाएर राखेको अवस्थामा थप ४० ग्राम ७६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ फेला परेको डीएसपी राठौरले बताए।

यसरी एउटा मार्करभित्र लुकाइएको १० ग्राम ७८० मिलिग्रामबाट सुरु भएको अनुसन्धानमा अन्सारीको घरबाट थप ४० ग्राम ७६० मिलिग्राम बरामद भयो। प्रहरीका अनुसार दुवै ठाउँबाट बरामद भएको पदार्थको कुल शुद्ध तौल ५१ ग्राम ५४० मिलिग्राम पुगेको छ। अन्सारीको घरबाट प्रहरीले लागूऔषधसँग सम्बन्धित हुनसक्ने अन्य सामग्री र नगद रकमसमेत बरामद गरेको छ।डीएसपी राठौरका अनुसार घरबाट नेपाली रुपैयाँ ९९ हजार र भारतीय रुपैयाँ १ लाख ४६ हजार बरामद भएको छ। त्यस्तै, विभिन्न कम्पनीका तीन थान किप्याड मोबाइल, नेपाल टेलिकमका तीन थान र एनसेलका नौ थान सिमकार्ड तथा एनसेलका सिमकार्डका ५० थान खोल बरामद गरिएको छ।

प्रहरीले एक थान डिजिटल तराजुसमेत बरामद गरेको जनाएको छ। त्यस्तै, भे ३ प ५३५१ नम्बरको पल्सर १५० सीसी मोटरसाइकलको सवारी दर्ता किताब पनि बरामद भएको डीएसपी राठौरले बताए। एउटा मार्करभित्र लुकाइएको लागूऔषधबाट सुरु भएको अनुसन्धानले घरको दराजसम्म पुगेर थप ठूलो परिमाणको लागू औषध बरामद गर्न सफल भएका छौं,´ उनले भने।

स्थानीयका अनुसार लागूऔषध नियन्त्रणका लागि प्रहरीले पछिल्लो समय सूचना संकलनदेखि शंकास्पद गतिविधिमाथिको निगरानीसम्म सक्रियता बढाएको छ। एउटा व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान त्यहीँ सीमित नराखी लागूऔषधको स्रोतसम्म पुग्ने प्रयासले प्रहरीको अनुसन्धान प्रभावकारी भएको स्थानीयको भनाइ छ।

लागूऔषधका कारण युवा पुस्तामा पर्ने असरलाई ध्यानमा राख्दै प्रहरीले यस्ता घटनामा अझै सक्रियता बढाउनुपर्ने स्थानीयको मागसमेत छ।

प्रहरीका अनुसार पक्राउ परेका प्रिन्स शाही, लाहुराम थारु र मोहम्मद रहिम अन्सारीमाथि लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ। घटनामा अन्य व्यक्ति संलग्न छन् कि छैनन् भन्ने विषयमा समेत अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

यो समाचार पनि पढ्नुहोस्

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

Share156Tweet98SendShare
Previous Post

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद
अपराध

सशस्त्र प्रहरीद्वारा खजुराबाट ४३ हजार प्रतिबन्धित ट्रामाडोल क्याप्सुल बरामद

९:२५ बिहान, भदौ ३०, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद
अपराध

दाङमा लुकाइराखेका आठ नाल भरुवा बन्दुक बरामद

५:२२ बिहान, भदौ ३०, २०८३
लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी बन्धपत्रमा रिहा, रिहाइपछि प्रहरीमाथि ‘संरक्षण’को आरोप

३:५४ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा

९:२७ बिहान, भदौ २८, २०८३

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?