ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

मुग्लिन–नारायणगढ सडक अझै बन्द

News Desk by News Desk
९:५२ मध्यान्ह, अशोज ८, २०८२
मुग्लिन–नारायणगढ सडक अझै बन्द
417
सेयर
375
VIEWS
ShareTweetSendShare

काठमाडौं असोज ९ गते ।
पृथ्वीराजमार्ग अन्तर्गत धादिङको बेनीघाट नजिकै बाँदरेमोडमा पहिरो खसेर हिजो बेलुकीदेखि अबरुद्ध भएको सडक आज बिहानदेखि खुलेको छ । राति पौने ९ बजे पहिरो खसेर सडक दुईतर्फी नै बन्द रहेकोमा रातभर काम गरेर बिहानदेखि खुलाइएको धादिङ प्रहरीले जनाएको छ । अहिले दुईतर्फी नै गाडी चलिरहे पनि पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । धादिङकै धार्के–सितापाइला सडकखण्ड अन्तर्गत ठूलोखोलामा पनि पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

यस्तै मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा अस्ति मंगलबारदेखि बन्द भएको सडक अझै खुलेको छैन । हिजोदेखि नै पहिरो पन्छाउने काम भैरहे पनि ठूलो पहिरो खसेका कारण पन्छाउन नसकिएको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आज पनि पहिरो पन्छाउने काम भैरहेको छ । मुग्लिनबाट झण्डै साढे दुई किलोमिटरमा पर्ने तुइनखोलामा पटकपटक पहिरो खस्दा यात्रुले सास्ती खेप्दै आएका छन् ।

सडक खुलाउन समय लाग्ने र खुले पनि जोखिम कायमै रहने भएकाले वैकल्पिक सडक प्रयोग गर्न चितवन प्रहरीले आग्रह गर्दै आएको छ । यो सडकखण्डको विकल्पमा महोत्तरीको बर्दिवास, मकवानपुरको हेटौंडा, रुपन्देहीको बुटवल, नवलपरासी बर्दघाट सुस्ता पूर्वको कावासोती र गैंडाकोट, धादिङको नौबिसे तथा तनहुँको हकमा खैरेनीटारबाट वैकल्पिक मार्ग प्रयोग गर्न सकिनेछ । चितवनबाट काठमाण्डौ आउजाउ गर्नका लागि साना गाडीले चितवनको जुटपानी, शक्तिखोर, मायाटार हुँदै धादिङको मलेखु निस्कने वैकल्पिक सडक प्रयोग गर्न सक्छन् ।

त्यस्तै धादिङको नौबिसेबाट मकवानपुरको हेटौंडा निस्कने त्रिभुवन राजपथ तथा मकवानपुरको हेटौंडाबाट भैंसे, भीमफेदी, कुलेखानी, सिस्नेरी हुँदै दक्षिणकालीको बाटो भएर काठमाण्डौ पुग्न सकिन्छ । हेटौंडा–काठमाण्डौ आउजाउका लागि ठूलो गाडीले कान्ति लोकपथ प्रयोग गर्न सक्नेछन् । चितवनबाट पोखरा जानका लागि ठूला तथा साना दुवै गाडी बुटवल हुँदै पोखरा जान सक्नेछन् । यसैगरी साना गाडी चितवनबाट कालीगण्डकी करिडोरको बाटो गैंडाकोट भिमाद हुँदै तनहुँ निस्कन सक्छन् । तर यी वैकल्पिक सडक साँघुरो र धेरै ठाउँमा कच्ची भएकाले धेरै गाडी गुड्दा जाम हुने गरेको छ ।

सम्बन्धित समाचार

धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना नियन्त्रणमा

ADVERTISEMENT
Share192Tweet94SendShare
Previous Post

आज यी स्थानमा भारी वर्षाको सम्भावना

Next Post

महिलालाई रोजगारी दिएका उद्योगलाई नेपाल राष्ट्र बैङ्कद्वारा विशेष सहुलियत

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग
समाचार

धानको मूल्य वृद्धि र समर्थन मूल्य कायम गर्नुपर्ने माग

१०:०९ मध्यान्ह, कार्तिक २४, २०८२
‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै
समाचार

‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै

१०:०२ मध्यान्ह, कार्तिक २४, २०८२
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
अपराध

लागूपदार्थ सेवन गरी सवारी साधन चलाउने ५ जना नियन्त्रणमा

१०:३२ मध्यान्ह, कार्तिक २३, २०८२
आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना
समाचार

आज यी दुई प्रदेशको हिमाली भूभागमा हल्का वर्षासहित हिमपातको सम्भावना

१०:२९ मध्यान्ह, कार्तिक २३, २०८२
१२ बालबन्दी अझै सम्पर्कविहीन
अपराध

नौबस्ता बाल सुधार गृहबाट भागेका ३६ जना बालबन्दी पक्राउ

१०:५७ मध्यान्ह, कार्तिक २१, २०८२
बाँके जिल्लामा चार हजार बढी नयाँ मतदाता थपिए
मुख्य समाचार

बाँके जिल्लामा चार हजार बढी नयाँ मतदाता थपिए

१०:१४ मध्यान्ह, कार्तिक २१, २०८२
नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघ अध्यक्षमा निरोज मास्के
समाचार

नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक संघ अध्यक्षमा निरोज मास्के

१०:०६ मध्यान्ह, कार्तिक २१, २०८२
अव मालपोत कार्यालय कोहलपुरमै
समाचार

शून्यबाट सेवा दिने तयारीमा मालपोत कार्यालय बाँके

१०:०२ मध्यान्ह, कार्तिक २१, २०८२
Next Post
इतिहासकै कमजोर बन्यो नेपाली रुपैयाँ

महिलालाई रोजगारी दिएका उद्योगलाई नेपाल राष्ट्र बैङ्कद्वारा विशेष सहुलियत

वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न निर्देशन

पूर्वपदाधिकारीको सुविधा कटौती

बाँके प्रहरी शान्ति, सुरक्षा दिन तत्पर छ : कसैको दवाव र प्रभावमा पर्दैन-एसपी जिसी

बाँके प्रहरी शान्ति, सुरक्षा दिन तत्पर छ : कसैको दवाव र प्रभावमा पर्दैन-एसपी जिसी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj
◉
14°
Sunny
6:36 am5:28 pm +0545
Feels like: 14°C
Wind: 3km/h WNW
Humidity: 96%
Pressure: 1014.22mbar
UV index: 0
ThuFriSat
26/12°C
26/11°C
26/12°C
Weather forecast Nepalgunj, Nepal ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?