ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

बाँके निकुञ्जमा हात्तीदेखि जीप सफारीसम्मको सुविधा

News Desk by News Desk
११:४३ मध्यान्ह, मंसिर १७, २०८२
कचनापुरका स्थानीयमा बाघको त्रास
382
सेयर
381
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १८ गते ।
बाँके राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्या पछिल्ला वर्षहरूमा उल्लेखनीयरूपमा बढ्दै गएको छ । वन्यजन्तुहरूको बासस्थान संरक्षण र व्यवस्थापनमा गरिएको निरन्तर प्रयासका कारण निकुञ्जभित्र वन्यजन्तुको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएपछि यहाँको पर्यटन गतिविधिसमेत तीव्र बनेको हो ।

निकुञ्जले बाघ, जङ्गली हात्ती, मृग, जरायो लगायतका दुर्लभ वन्यजन्तुका बासस्थानलाई सुरक्षित र व्यवस्थित बनाउँदै लगेकाले स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण झन् बढेको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र प्रसाद कँडेल बताउँछन् । उनका अनुसार १६ वटा पानीपोखरी, व्यवस्थित घासे मैदान, प्राकृतिक ताल–तलैया, वन्यजन्तु अवलोकनका लागि तयार गरिएका मचान तथा जीप सफारीका सहज प्रबन्धहरूले निकुञ्ज भ्रमणलाई आकर्षक र अनुभव सम्पन्न बनाएको छ ।

जैविक विविधताले भरिपूर्ण तथा भौगोलिक हिसाबले वन्यजन्तुका लागि अत्यन्त उपयुक्त मानिने बाँके राष्ट्रिय निकुञ्ज पछिल्लो समय बाघ अवलोकनको प्रमुख गन्तव्यका रूपमा उभिएको छ । खासगरी भारतीय तथा तेस्रो मुलुकका पर्यटकहरू बाघ अवलोकनका लागि बाँके आउने गरेका छन् । “बाघ हेर्न चाहने पर्यटकका लागि बाँके राष्ट्रिय निकुञ्ज महत्वपूर्ण हबका रूपमा स्थापित हुँदै गएको छ । यसको प्रभावकारी प्रचार–प्रसारमा सञ्चार माध्यमले पनि विशेष भूमिका खेल्नुपर्ने देखिन्छ,” नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया बताउँछन् ।

नेपालको पश्चिम भागमा अवस्थित बाँके राष्ट्रिय निकुञ्जमा पर्यटनको सम्भावना प्रचुर रहेको विशेषज्ञहरू बताउँछन् । प्राकृतिक सम्पदा, वन्यजन्तुको विविधता, शान्त वातावरण, जङ्गल सफारीको रोमाञ्च र आधुनिक पर्यटक संरचनाले गर्दा यहाँ आउनेहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । निकुञ्जभित्र बनाइएका पोखरी, व्यवस्थित घासे मैदान र अवलोकन मचानहरूले पर्यटकलाई वन्यजन्तु चिन्न र बुझ्न सहज बनाएको छ ।

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

विशेषगरी हाल जीप सफारी प्रति पर्यटकको आकर्षण तीव्ररूपमा बढेको छ । घना जङ्गलभित्र छिर्ने र बाघ, मृग, हात्ती, चराचुरुङ्गीले देख्न पाउने अनुभव पर्यटकका लागि निकै नयाँ र रोमाञ्चक मानिन्छ । यसका कारण आन्तरिक पर्यटक मात्र होइन, दक्षिण एसियाका विभिन्न देशबाट पनि बाँके आउने क्रम तीव्र हुँदै गएको छ ।

स्थानीय आर्थिक गतिविधिमा पनि बाँके राष्ट्रिय निकुञ्जले सकारात्मक प्रभाव पारेको छ । होटल, होमस्टे, गाइड, जीप–सफारी व्यवसाय, हस्तकला तथा स्थानीय उत्पादनहरूका माध्यमबाट थुप्रै रोजगारी सिर्जना भएको छ । निकुञ्जलाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न आवश्यक थप संरचना निर्माण र प्रचार–प्रसारको आवश्यकता रहेको पर्यटन व्यवसायीहरू बताउँछन् ।

समृद्ध जीवविविधता, सुरक्षित बासस्थान, व्यवस्थित पर्यटक सुविधा र बाघ अवलोकनको दुर्लभ अवसरले बाँके राष्ट्रिय निकुञ्ज अहिले पर्यटकहरूको पहिलो रोजाइ बन्दै गएको छ । संरक्षण र पर्यटनप्रति स्थानीय तथा सरकारी निकायको ध्यान अझै प्रभावकारी बनेमा बाँके राष्ट्रिय निकुञ्ज पश्चिम नेपालको प्रमुख पर्यटन केन्द्रका रूपमा स्थापित हुने निश्चित् देखिन्छ ।

ADVERTISEMENT
Share153Tweet95SendShare
Previous Post

जसपा नेपाल बाँकेद्वारा नेपालगन्जमा प्रदर्शन : संघीय र प्रादेशिक निर्वाचन क्षेत्र परिमार्जन गर्न माग

Next Post

नरैनापुरमा पूर्वाधार विकास निर्माण तीव्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए
समाचार

आप्रवासी स्रोत केन्द्रबाट ६ हजार बढीले सेवा लिए

८:०० बिहान, बैशाख २८, २०८३
कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित
समाचार

कोहलपुरको शान्तिनगर बस्ती हटाउँदा सयौँ परिवार चिन्तित

७:३५ बिहान, बैशाख २८, २०८३
नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न
समाचार

नेपाल–भारत उच्चस्तरीय समन्वय बैठक सम्पन्न

४:५२ बिहान, बैशाख २३, २०८३
नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण
समाचार

नेपालगन्जमा आवास बिमा कार्यक्रमअन्तर्गत पहिलो दाबी भुक्तानी हस्तान्तरण

१२:४२ बिहान, बैशाख २३, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

यी प्रदेश र स्थानमा हुनेछ आज वर्षा

१२:२३ बिहान, बैशाख २२, २०८३
खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग
समाचार

खजुरामा निर्माणाधीन सडक फराकिलो बनाउन स्थानीयको माग

७:३३ बिहान, बैशाख २१, २०८३
नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो
समाचार

नेपालमा प्रेस स्वतन्त्रताको स्थिति गम्भीरः एक वर्षमा ९७ उल्लंघनका घटना, पत्रकारमाथि असुरक्षा बढ्दो

१२:२८ बिहान, बैशाख २०, २०८३
रास्वपाले बोलायो बैठक, सहकारी अध्यादेश र विधेयकबारे छलफल हुने
समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

१२:१७ बिहान, बैशाख २०, २०८३
Next Post
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा

नरैनापुरमा पूर्वाधार विकास निर्माण तीव्र

नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?