ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

नरैनापुरमा पूर्वाधार विकास निर्माण तीव्र

News Desk by News Desk
११:४६ मध्यान्ह, मंसिर १७, २०८२
नरैनापुर कुष्ठरोगको उच्च जोखिममा
383
सेयर
382
VIEWS
ShareTweetSendShare

बाँके मंसिर १८ गते ।
लामो समयदेखि बाँकेको दुर्गम क्षेत्रका रूपमा चिनिँदै आएको नरैनापुर गाउँपालिका पछिल्लो समय तीव्र गतिमा सुगमताको यात्रामा अघि बढिरहेको छ । संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा शिक्षा, स्वास्थ्य, सडक र सामाजिक पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ऐतिहासिक परिवर्तनको अभियान शुरु गरिएको छ ।

गाउँपालिकाले संघीय सरकारको शर्तअनुदानबाट ५५ लाख रुपैयाँमा विद्यालयको भौतिक पूर्वाधार निर्माण शुरु गरेको छ । आदर्श माध्यमिक विद्यालयमा शौचालयसहित अन्य पूरक शैक्षिक पूर्वाधार निर्माणका लागि नेपाल सरकारको विशेष अनुदान र आन्तरिक स्रोतबाट ६९ लाख रुपैयाँ विनियोजन गरिएको छ । सहायक प्रशासकीय अधिकृत तथा योजना शाखा प्रमुख भरत महतोका अनुसार सार्वजनिक सूचना प्रकाशन गरी उपभोक्ता समिति मार्फत निर्माण कार्य अघि बढाइएको छ ।

निर्माणाधीन १५ शय्या अस्पतालको मोबिलाइजेसनका लागि संघीय सरकारबाट ५० लाख रुपैयाँ प्राप्त भएको छ । वडा नं। ६ मा ल्याब सेवा सञ्चालनका लागि लुम्बिनी प्रदेश सरकारको १५ लाख रुपैयाँमा दुई कोठे भवन निर्माण थालिएको छ । साथै प्रदेश सरकारबाट मदरसा अलिकादरिया नसरुल उलुमका लागि ७ लाख, मदरसा फतिजतुल उबरा लागि २० लाख र शंकरनगर–कोटियामा शौचालय निर्माणका लागि ७ लाख रुपैयाँ विनियोजन गरिएको महतोले जानकारी दिए ।

२०७१ सालको बाढीपीडितलाई लक्षित सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत संघीय सरकारको शर्तअनुदान ९९ लाख ९९ हजार रुपैयाँमा आवास निर्माण शुरु हुने प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले बताए । उनका अनुसार सम्झौताका आधारमा भुक्तानी र प्राविधिक जिम्मेवारी तोकिएको छ ।

सम्बन्धित समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

संघीय सरकारको बजेटबाट गंगापुर स्वास्थ्य चौकी जाने सडक ८६ लाख रुपैयाँमा निर्माण गरिने भएको छ । गाउँपालिका अध्यक्ष शैयद इस्तियाक अहमद शाहले नरैनापुरलाई दुर्गमको छविबाट मुक्त गरी सुगम, समृद्ध र मोडेल गाउँपालिकाका रूपमा विकास गर्न आफू निरन्तर मेहनत गरिरहेको बताए । उनले सबै योजना समयमै सम्पन्न गर्न उपभोक्ता समिति र ठेकेदारलाई स्पष्ट निर्देशन दिएका छन् ।

स्थानीयवासी मोहम्मद मुबारक अलीले संघीय सरकारको गुरुयोजना लागू हुनु नरैनापुरका लागि खुशीको विषय भएको भन्दै शिक्षा, स्वास्थ्य र सडक पूर्वाधारले क्षेत्रको मुहार बदलिने विश्वास व्यक्त गरे ।

एक दशक अघिसम्म पछाडि परेको नरैनापुर अहिले एकपछि अर्को पूर्वाधार निर्माणसँगै तीव्ररूपमा परिवर्तन हुँदैछ । शिक्षा, स्वास्थ्य, आवास, सडक र सामाजिक संरचनामा भइरहेको प्रगतिले नरैनापुरलाई सुगम र समृद्धीतर्फ अघि बढाइरहेको छ ।

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

बाँके निकुञ्जमा हात्तीदेखि जीप सफारीसम्मको सुविधा

Next Post

नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

संवैधानिक पदाधिकारी नियुक्ति विरुद्धको मुद्दाको सुनुवाइ आज
समाचार

सांसदलाई पीए राख्न दिने निर्णयविरुद्ध सर्वोच्चको ‘कारण देखाऊ’ आदेश

६:४१ बिहान, साउन ११, २०८३
बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार
समाचार

बाँकेमा नवरोपित बिरुवा जोगाउन २० किलोमिटरभन्दा बढी क्षेत्रमा तारजाली घेराबार

३:०९ बिहान, साउन ११, २०८३
सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै
समाचार

सुनसरी घटनाबारे साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

२:५८ बिहान, साउन ११, २०८३
बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
Next Post
नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

नेपालगन्जका पत्रकार सिराज खान सम्मानित

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया

शिक्षा क्षेत्रमा अराजकता फैलाउने प्रयास अस्वीकार्य–नरैनापुरका अध्यक्ष शाहको कडा प्रतिक्रिया

नेपालगञ्जमा अटो–रिक्सा व्यवस्थापन कडाइ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?