बाँके, असोज १५ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपालगन्ज उपमहानगर समितिको सदस्यमा किरण कुमार श्रेष्ठ नियुक्त भएका छन्।
रास्वपा नेपालगन्ज उपमहानगर समितिको आज सम्पन्न बैठकले श्रेष्ठलाई नगर समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेपालगन्ज–१२ निवासी श्रेष्ठ लामो समयदेखि सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्। स्थानीयस्तरमा उनको राम्रो जनसम्पर्क र राजनीतिक क्षेत्रमा समेत प्रभाव रहेको समितिले जनाएको छ।
श्रेष्ठको सक्रियता, अनुभव र स्थानीयस्तरमा रहेको जनसम्पर्कले पार्टीको संगठन विस्तार तथा आगामी गतिविधिलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने समितिले बताएको छ।
नवनियुक्त नगर सदस्य श्रेष्ठले पार्टीको नीति, विचार र उद्देश्यअनुसार संगठनलाई थप सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्ने बताए। उनले स्थानीयस्तरमा पार्टीका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउँदै नागरिकका सवाललाई प्राथमिकतामा राखेर काम गर्ने बताए।













Discussion about this post