ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

News Desk by News Desk
३:५८ बिहान, बैशाख १३, २०८३
नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो
399
सेयर
399
VIEWS
ShareTweetSendShare

बाँके वैशाख १३ गते ।
सिक्टा सिँचाइ आयोजनाअन्तर्गत पर्ने पश्चिमी मूल नहर वन्यजन्तुका लागि जोखिमपूर्ण बन्दै गएको छ। नहरको अधिकांश भाग वन क्षेत्रभित्र पर्ने भएकाले पछिल्ला दिनहरूमा वन्यजन्तुहरू पानी पिउन नहरमा झर्ने र फँस्ने घटनामा वृद्धि भएको सरोकारवालाहरूले बताएका छन्।

उक्त नहर क्षेत्रभित्र बाँके राष्ट्रिय निकुञ्ज, सामुदायिक वन, राष्ट्रिय वन तथा सरकारद्वारा व्यवस्थित चक्ला वन क्षेत्र पर्दछन्। यही कारण वन्यजन्तुहरू नियमित रूपमा नहरसम्म पुग्ने गरेका छन्। तर, नहरको संरचना वन्यजन्तुमैत्री नहुँदा धेरै जनावरहरू पानीमा डुब्ने, फँस्ने र ज्यान गुमाउने अवस्था देखिएको छ।

शुक्रबार राप्तीसोनारी गाउँपालिका–२, खोरियास्थित नहरमा पानी पिउन गएका एक मृग फँसेको थियो। स्थानीय केही व्यक्तिहरूले उक्त मृगलाई नहरबाट उद्धार गरे पनि त्यसपछि जङ्गलमा लगेर मारेर मासु भागबण्डा गरेको खुलेको छ। डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी टङ्क गुरुङका अनुसार मासु बोकेर घरतर्फ जाँदै गरेका तीन जना स्थानीयलाई वन क्षेत्रमै पक्राउ गरिएको हो।

उनका अनुसार पक्राउ परेकाहरू राप्तीसोनारी–२ का बासिन्दा हुन्। उनीहरूको साथबाट ६ किलो ७०० ग्राम मृगको मासु, एक थान मोबाइल र मोटरसाइकल बरामद गरिएको छ। घटनामा संलग्नमध्ये एक जना नाबालकसमेत रहेका छन्। हाल उनीहरूलाई डिभिजन वन कार्यालय बाँकेको सशस्त्र वन सुरक्षा शाखाको हिरासतमा राखी अनुसन्धान भइरहेको जनाइएको छ।

सम्बन्धित समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

यसैबीच शनिबार सोही क्षेत्रअन्तर्गत हरलाफाँटा सामुदायिक वन नजिकैको नहरमा एकैदिन चार वटा चित्तल फँसेका थिए। स्थानीय वन उपभोक्ता, वन कर्मचारी तथा निकुञ्ज कर्मचारीको संयुक्त प्रयासमा ती सबै चित्तललाई सकुशल उद्धार गरी सुरक्षित वन क्षेत्रमा छाडिएको डिभिजन वन कार्यालयले जनाएको छ।

सूचना अधिकारी गुरुङका अनुसार शनिबार दिउँसो तीन वटा र राति एउटा चित्तल नहरमा फँसेका थिए। हरलाफाँटा वन उपभोक्ता समितिका सचिव प्रेम बुढामगरसहित स्थानीयवासी र सुरक्षाकर्मीको सक्रियतामा उद्धार सम्भव भएको हो।

डिभिजन वन कार्यालय बाँकेका वरिष्ठ वन अधिकृत सुशील सुवेदीका अनुसार पश्चिमी मूल नहर वन्यजन्तुका लागि पासोजस्तै बनेको छ। “हालसम्म सयौँ वन्यजन्तु नहरमा फँसेका छन्। केही घटनामा उद्धार सम्भव भए पनि धेरैजसोमा जनावरले ज्यान गुमाउने गरेका छन्,” उनले भने।

ADVERTISEMENT

उनका अनुसार वन्यजन्तुहरू पानीको खोजीमा नहरसम्म पुग्ने गरेका छन्। पछिल्लो समय वनडढेलोका कारण पनि वन्यजन्तु भाग्ने क्रममा नहरमा फँस्ने घटनामा वृद्धि भएको छ। वन क्षेत्रमा पर्याप्त पानीको अभाव हुनु पनि समस्या बढ्नुको अर्को कारण रहेको उनले बताए।

वन क्षेत्रमा वन्यजन्तुका लागि पोखरी निर्माण गरिए पनि ती अधिकांश सुक्खा रहेका छन्। बजेट अभावका कारण ती पोखरीमा सोलार प्रणाली जडान गर्न नसकिएको र पानीको स्थायी व्यवस्था हुन नसकेको अधिकारीहरू बताउँछन्। केही सामुदायिक वनमा पानीसहितका पोखरी भए पनि ती पर्याप्त नभएको जनाइएको छ।

स्थानीयका अनुसार सिँचाइ आयोजनाले केही स्थानमा वन्यजन्तुका लागि पानी पिउने घाट निर्माण गरेको भए पनि ती गुणस्तरीय र सुरक्षित छैनन्। साथै, घाटहरूको संख्या अत्यन्त न्यून रहेको उनीहरूको भनाइ छ।

वन्यजन्तु संरक्षणका लागि नहरलाई सुरक्षित बनाउने, गुणस्तरीय घाट निर्माण गर्ने तथा नहरको दुवैतर्फ तारजाली लगाउने व्यवस्था गर्न आवश्यक रहेको स्थानीय तथा सरोकारवालाहरूले जोड दिएका छन्। दीर्घकालीन समाधानका लागि यस्ता संरचनात्मक सुधार अपरिहार्य रहेको उनीहरूको निष्कर्ष छ।

Share160Tweet100SendShare
Previous Post

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

Next Post

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो
मुख्य समाचार

मतदाता नामावलीमा नाम दर्ता गर्नेको संख्या बढ्दो

२:१५ बिहान, बैशाख २४, २०८३
‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी
मुख्य समाचार

‘रूपान्तरण र आन्तरिक लोकतन्त्रका लागि कांग्रेस रोजें’ : मोहना अन्सारी

१२:५५ बिहान, बैशाख २४, २०८३
अपराध

कर्तव्य ज्यान मुद्दामा ६ जना पक्राउ, अनुसन्धानमा बाँके प्रहरी सक्रिय

६:५६ बिहान, बैशाख २३, २०८३
राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी
मुख्य समाचार

राप्ती नदीमा पुल नहुँदा स्थानीय डुङ्गामै निर्भर, जोखिमपूर्ण यात्रा जारी

५:०८ बिहान, बैशाख २३, २०८३
वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग
मुख्य समाचार

वास्तविक सुकुम्बासी पहिचानपछि मात्र जग्गा खाली गर्न रास्वपाको माग

१२:४२ बिहान, बैशाख २२, २०८३
समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ
अपराध

समाजलाई त्रसित बनाउने भिडियो पोष्ट गर्ने दुई जना पक्राउ

१२:०९ मध्यान्ह, बैशाख २१, २०८३
ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त
मुख्य समाचार

ट्राफिक प्रहरीको लापरवाहीले नेपालगन्जको बसपार्क क्षेत्र अस्तव्यस्त

९:५२ बिहान, बैशाख २१, २०८३
सालीको हत्या आरोपमा भिनाजु पक्राउ
अपराध

नेपालगञ्जमा ठूलो परिमाणको ब्राउनसुगरसहित दुई भारतीय पक्राउ

७:२५ बिहान, बैशाख २१, २०८३
Next Post
पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

मन्त्रालयबाटै पक्राउ परे वरिष्ठ डिभिजन वन अधिकृत भट्ट

बुबाको हत्या अभियोगमा छोरा पक्राउ

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?