ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?

News Desk by News Desk
१०:०० बिहान, असार २५, २०८३
नाकामा खटिने सुरक्षाकर्मीको कामप्रति प्रश्न चिन्ह खडा, एकैदिन १० लाख रुपैयाँभन्दा बढीको अवैध सामान कसरी पुग्यो नेपालगन्ज ?
525
सेयर
525
VIEWS
ShareTweetSendShare

बाँके, असार २५ गते ।
नेपालगन्जस्थित जमुनाहा नाकामा सशस्त्र प्रहरीले एक किलो आलु र प्याज समेत ल्याउन दिएको छैन । फलफूल, खाने तेल, चिसो पेय पदार्थमा समेत सशस्त्र प्रहरीले कडाई गरेको छ, तर विहीवार भन्सार छलि गरेर ल्याइएका करिब १० लाख १७ हजार ८ सय ५७ रुपैयाँ बराबरका विभिन्न सामान बाँके प्रहरीले बरामद गरेको छ ।

फलफूल, लत्ताकपडा, सुर्तिजन्य पदार्थ, बल्ब (चिम), खाद्यान्न तथा चिसो पेय पदार्थ (कोक र माउन्टेन ड्यु लगायतका सामग्री बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एकै दिन यति ठूलो परिमाणमा सामान बरामद हुनुले नाकामा खटिएका सुरक्षाकर्मीको कामको पर्दाफास भएको छ । दिउँसोमा कडाई गरेको देखाउने र रातको समयमा तस्करी गर्नेलाई सहयोग गर्दै आएको भन्ने आरोपलाई उक्त बरामद सामानले पुष्टि गरेको छ । ‘यो घटनाले सीमा सुरक्षाको प्रभावकारिता माथि गम्भीर प्रश्न खडा गरेको छ,’ नाम उल्लेख नगर्ने शर्तमा एक सर्वसाधारणले भने ।

भारतसँग सीमा जोडिएको प्रमुख प्रवेशद्वार जमुनाहा नाका जोड्ने मुल सडकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको चार ठाउँमा चेक पोष्ट छ । जमुनाहामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा चेकजाँच गर्छन् । त्यसको दुई सय मिटर उत्तरमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त चेक पोष्ट छ भने नेपालगन्ज भन्सार कार्यालयको अगाडी नेपाल प्रहरीले चेक गर्छ । यता चौलिका चोकमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा चेकजाँच गर्दै आएका छन् । तै पनि भारी परिमाणको अवैध सामान कसरी नेपालगन्ज भित्रिन्छ ? यो विषयले नाकामा खटिने सुरक्षाकर्मी र तस्करको मिलोमतो छ भन्ने प्रमाणित गरेको सर्वसाधारण बताउँछन् । ‘नाकामा खटिने सुरक्षाकर्मीको आँखा छलेर सामान भित्र्याउने कल्पनासमेत गर्न सकिदैन । भित्र्याउने कामको त कुरै नगरौँ,’ सर्वसाधारणले भने ।

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

बाँके प्रहरीले नेपालगन्जबाट भारी परिमाणको सामान बरामद गरेपछि यो विषय बहसको केन्द्र बनेको छ ।
सीमामा निगरानी प्रभावकारी भएको भए यस्ता सामान नेपालगन्जसम्म पुग्न सक्ने चान्स थिएन । तस्करीको श्रृंखला केवल भरिया वा साना कारोबारीमा सिमित नभई तस्करको संगठित सञ्जाल सक्रिय भएको सर्वसाधारणको भनाई छ । ‘सानोतिनो कारोवारीको वसको कुरा होइन, यसमा तस्करीको ठूलै संजाल सक्रिय छ भन्ने प्रमाणित गरेको छ,’ नाकास्थित एक सर्वसाधारणले अनलाइन खोजखवरसँग भने ।

सुरक्षा र भन्सार संयन्त्रले सीमामै अवैध सामान रोक्नु पर्ने भए पनि सामान शहरभित्र प्रवेश गरिसकेपछि मात्र बरामद हुने क्रम दोहोरिँदै आएको छ । स्थानीयले सीमा क्षेत्रको निगरानीमाथि स्वतन्त्र छानबिन गर्नुपर्ने माग गरेका छन् । सर्वसाधारण भन्छन्, ‘सीमावर्ती क्षेत्रमा समय समयमा हुने अनुगमनलाई थप प्रभावकारी बनाउनु पर्छ ।

गृहमन्त्री स्वयंले जमुनाहा नाका तथा बाँकेका विभिन्न संवेदनशील सीमा क्षेत्रको आकस्मिक स्थलगत निरीक्षण गर्नुपर्ने देखिन्छ ।’ प्रश्न अहिले पनि उही छ, ‘सीमामा रहेका अनेकौं चेकपोष्ट पार गरेर अवैध सामान नेपालगन्जसम्म कसरी पुग्छ ? यसको निष्पक्ष छानबिन र जिम्मेवार निकायको जवाफदेहिताले मात्रै सार्वजनिक शंका मेटाउन सक्ने देखिन्छ ।

ADVERTISEMENT
Share210Tweet131SendShare
Previous Post

कहाँ–कहाँ हुनेछ आज धेरै भारी वर्षा ?

Next Post

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा
मुख्य समाचार

बजेट अभावमा उच्च अदालत नेपालगन्ज इजलासको क्षतिग्रस्त भवन पुनर्निर्माण अन्योलमा

७:२२ बिहान, अशोज २५, २०८३
बाँकेमा मतदाता नामावली दर्तामा युवाको भीड
मुख्य समाचार

बाँकेमा २ हजार ९९४ मतदाताको नाम सूचीबाट हटाइयो

१२:३३ बिहान, अशोज २५, २०८३
बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ
अपराध

बाँकेमा ३२ किलो ५२० ग्राम गाँजासहित कुर्मी पक्राउ

९:२९ बिहान, अशोज २३, २०८३
प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन
मुख्य समाचार

प्रविधिको विकाससँगै पत्र मञ्जुषा र पोष्ट बक्स प्रयोगविहीन

६:५८ बिहान, अशोज २३, २०८३
बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित
कृषि

बाँकेमा पाक्न लागेको धानमा रोगको संक्रमण, किसान चिन्तित

६:४७ बिहान, अशोज २३, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज
मुख्य समाचार

श्रम कानुन कार्यान्वयनमा कडाइ, १९ प्रतिष्ठानस्तरीय ट्रेड युनियनको दर्ता खारेज

२:०२ बिहान, अशोज २२, २०८३
Next Post
बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

बाँकेको बाल सुधार गृहमा पहिलो पटक योग, ध्यान र कानूनी साक्षरता कार्यक्रम

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

भेरी अस्पतालमा कर्मचारी आचारसंहिता कडाइका साथ लागू, सेवाप्रवाह सुधार्न नियमित अनुगमन

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

चालक स्वस्थ भए मात्र यात्रु सुरक्षित : नेपालगन्जमा ९० चालक–सहचालकको निःशुल्क स्वास्थ्य परीक्षण

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:17 am5:53 pm +0545
Feels like: 22°C
Wind: 3km/h NNE
Humidity: 93%
Pressure: 1015.92mbar
UV index: 0
TueWedThu
32°C / 21°C
32°C / 21°C
32°C / 21°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?