नन्दलाल शाहु बाँके माघ १३ गते । नेपालगन्ज त्रिभुवन चोक पुर्वलाइन उद्योग वाणिज्य संघ नजीक बाट हराएको बालक भेटिएको छ।
अन्दाजी ३ बर्षको बालक सोमबार ४:३० बजे हरियो रंगको उलनको टिसर्ट,नीलो जिन्स पाइन्ट लगाएको बालक बाटोमा रोई रहेको अवस्थामा दुई महिला यात्रीले भेटिए पछि नजिकैको चोकमा रहेका प्रहरीलाई सुम्पेको छ्न।
हाल उक्त भेटिएको बालक स्थानीय प्रहरी हवल्दार प्रेमजंग शाही संग सुरक्षित रहेको छ।
हराएको बालक जो कसैको भए त्रिभुवन चोक नजीक रहेको प्रहरी बिटमा पुगेर शाही जी लाई सम्पर्क गरेर आफ्नो बच्चालाई लिएर जान अनुरोध गर्दछौं ।










Discussion about this post