बाँके चैत २४ गते । नेशनल प्याब्सन बाँकेले स्वास्थ्यकर्मी १५ थान पिपिइ प्रदान गरेको छ। देशको परिस्थिति विषम बन्दै गएको अवस्थामा स्वास्थ्यकर्मीको हौसला स्वरुप भेरी अस्पतालमा ५ थान, नेपालगन्ज मेडीकल कलेज कोहलपुरमा ९ थान र १ थान इलाका प्रहरी कार्यालय लाई बितरण गरिएको प्रदेश सदस्य कमल पछाइले बताए।रियुजवेल पिपि सेट नेशनल प्याब्सनका केन्द्रीय सचिव कुशुम रानाभाट, नेशनल प्याब्सनका केन्द्रीय सदस्य कुबेर बस्नेत, प्रदेश सदस्यद्वय कमल पछाई, गोबिन्द चाैधरी, जिल्ला उपाध्यक्ष किशाेर राज मल्लको उपस्थितिमा नेशनल प्याब्सन बांकेका जिल्ला अध्यक्ष श्याम कुँवरद्वारा बितरण गरिएको हो। पिपिइ बितरणले स्वास्थ्यकर्मिहरुले केही राहात महसुस गरेका छ्न।










Discussion about this post