ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

कोरोना संक्रमण देखिएपछि राप्तीसोनारीमा सर्तकता बढाइयो

जावेद अन्सारी by जावेद अन्सारी
४:४७ मध्यान्ह, जेष्ठ १०, २०७७
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके जेठ १० गते ।
पहिलो कोरोना संक्रमित फेला परेपछि बाँकेको राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सर्तकता बढाइएको छ । राप्तीसोनारीका ९ वटै वडामा सर्तकता बढाइएको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताउनु भयो । ‘राप्तीसोनारीमा पहिलो पटक कोरोना संक्रमित फेला परेपछि थप सर्तकता बढाएका छौं, गाउँपालिकाबासीलाई अत्यावश्यक काम बाहेक कतै आवत–जावत र भिडभाड नगर्न अनुरोध गरेका छौं,’ उहाँले भन्नुभयो ।


भारतको महाराष्ट्रस्थित ‘नासिक’ भन्ने ठाउँबाट फर्केका राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ निवासी १८ बर्षिय युवकमा शुक्रबार कोरोना संक्रमण पुष्टी भएको थियो । भेरी अस्पताल नेपालगन्जमा भर्ना भइरहेको अवस्थामा प्रयोगशालामा कोरोना जाँच गर्दा पोजिटिभ देखिएको हो । वडा नम्बर ९ का वडाअध्यक्ष महाबीर ओलीका अनुसार युवक यही जेठ ७ गते नेपाल प्रवेश गरेका थिए ।

उनीसहित उक्त वडाका ४ जनालाई वडा नम्बर ९ स्थित गणेश माध्यामिक बिद्यालयको क्वारेन्टाइनमा राखिएको थियो । उक्त क्वारेन्टाइनमा शुक्रबार फर्केका समेत गरी अझै ६ जना बसिरहेका छन् । सिमा प्रवेश गरेकै दिन ती युवकलाई ज्वरोको लक्षण देखिसकेको थियो । ‘ज्वरोले झन् च्यापेपछि भोलीपल्ट९जेठ ८ गते० उनलाई हाम्रै एम्बुलेन्सबाट भेरी अस्पतालमा पठायौं, अस्पतालले स्वाब संकलन गरिदियो, अस्पतालमै रहँदा युवकलाई कोरोना भाइरस पोजिटिभ देखियो,’ वडाअध्यक्ष ओलीले भन्नुभयो ।

कोरोना संक्रमित १८ बर्षिय युवकलाई भेरी अस्पतालबाट खजुरास्थित सुशील
कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन कक्षमा सारिएको छ । युवकमा कोरोना पोजिटिभ देखिए लगत्तै आफुले अन्य ब्यक्तिको पनि कन्ट्रयाक्ट टे«सिङमार्फत स्वाब संकलन गरिदिन आग्रह गर्दा अहिलेसम्म नभएको वडाअध्यक्ष ओलीको गुनासो छ ।

सम्बन्धित समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

उहाँले भन्नुभयो, ‘अस्ति बिरामीलाई भेरी अस्पतालमा पनि धेरै प्रयास गरेर लगिएको हो, युवकलाई पोजिटिभ देखिएपछि अन्य ब्यक्तिको पनि स्वाब संकलन गरिदिन आग्रह गर्दा सुनुवाई भएन
।’ भारतबाट फर्केर आएका ब्यक्तिलाई राप्तीसोनारीका विभिन्न ७ वटा क्वारेन्टाइनमा राखिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले शुक्रबारसम्मको तथ्यांक अनुसार क्वारेन्टाइनमा १ सय ४० जना बसिरहेको जानकारी दिनुभयो । ‘क्वारेन्टाइनमा बसिरहेका ब्यक्तिहरु भारतबाट फर्केर आएका हुन्, अझै फर्किने क्रम चलिरहेको हुँदा संख्या बढ्ने निश्चित छ,’ उहाँले भन्नुभयो ।

क्वारेन्टाइनमा बसिरहेका ब्यक्तिलाई नेपाल सरकारको निर्देशिका अनुसार ब्यवस्थापन गरिएको बस्नेतले बताउनु भयो । स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले शुक्रबार कोरोना संक्रमण पुष्टी भएका नरैनापुर गाउँपालिका वडा नम्बर ३ का १३ जनालाई लायन्स डेन्टल अस्पताल नेपालगन्ज र राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ का संक्रमितलाई सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराको आइसोलेसनमा राखिएको श्रेष्ठले जानकारी दिनुभयो ।

ADVERTISEMENT

राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ मा बिहीबार संकलन गरिएको ४६ जनाको स्वाबको रिपोर्ट भने अझै आएको छैन । भेरीको प्रयोगशालामा चाप बढेपछि उक्त स्वाब परिक्षणका लागि दाङको घोराही लगिएको छ । गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री र स्वास्थ्य शाखा प्रमुख विष्णुप्रसाद चुडालीले स्वाब दाङ पुर्याएर फर्किनु भएको थियो ।

Share149Tweet93SendShare
Previous Post

ट्रम्प भन्छन्– चर्चहरु खोल्नुपर्छ, अमेरिकालाई प्रार्थना जरुरी छ

Next Post

बाँकेमा २७ संक्रमीत थपिए

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न
मुख्य समाचार

शान्ति, सद्भाव र भाइचाराको कामनासहित आज ताजिया विसर्जन, मोहर्रम पर्व सम्पन्न

१:१९ मध्यान्ह, असार १२, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न
शिक्षा/स्वास्थ्य

जानकी गाउँपालिकामा १५ शय्याको अस्पताल भवन निर्माण सम्पन्न

७:३५ बिहान, असार ११, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
Next Post

बाँकेमा २७ संक्रमीत थपिए

नारायणी अस्पतालबाट कोरोना निको भएर ९ जना डिस्चार्ज

मैले खोजेको नेता, कार्यकर्ता र जनता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?