ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

News Desk by News Desk
१:५७ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
373
सेयर
373
VIEWS
ShareTweetSendShare

बाँके, असोज ७ गते ।
बाँकेमा विपद्का घटना बढिरहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा ८२४ वटा विपद्का घटना भएका छन्।

जिल्ला विपद् व्यवस्थापन समितिको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को २०औँ अद्यावधिक विवरणअनुसार उक्त अवधिमा विपद्का घटनामा ७३ जनाको मृत्यु र ८४५ जना घाइते भएका छन्।

विपद्का घटनाबाट ६५ वटा घर प्रभावित भएका छन्। तीमध्ये चार घर पूर्ण र ६१ घर आंशिक रूपमा क्षतिग्रस्त भएका छन्। विपद्का कारण ४३ चौपायाको मृत्यु भएको छ भने ६ वटा घाइते भएका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीका अनुसार एक वर्षमा भएका विपद्का घटनामध्ये सबैभन्दा ठूलो हिस्सा सडक दुर्घटनाको छ।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा मात्रै ७७४ वटा सडक दुर्घटना भएका थिए। सडक दुर्घटनामा ६९ जनाको मृत्यु र ५४० जना घाइते भएका छन्।

‘एक वर्षमा भएका विपद्का घटनामध्ये सडक दुर्घटनाको संख्या निकै ठूलो छ,’ सूचना व्यवस्थापन अधिकृत ज्ञवालीले भने।

आगलागी पनि निरन्तर जोखिम

तथ्यांकले बाँकेमा आगलागी पनि दोहोरिरहने प्रमुख विपद्का रूपमा रहेको देखाएको छ।

ADVERTISEMENT

गत आर्थिक वर्षमा ३६ वटा आगलागीका घटना भएका थिए। ती घटनामा दुई जना घाइते भएका थिए भने दुई घर पूर्ण र ३४ घर आंशिक रूपमा क्षतिग्रस्त भएका थिए। आगलागीमा परी २३ चौपायाको मृत्यु भएको विवरणमा उल्लेख छ।

त्यस्तै, उक्त अवधिमा बाढी तथा डुबानका ६, पानीमा डुब्ने तीन, करेन्ट लाग्ने तीन, हावाहुरीको एक र चट्याङको एक घटना भएका छन्।

विपद्का कारण गत आर्थिक वर्षमा भएको कुल अनुमानित भौतिक क्षति एक करोड ८४ लाख ८८ हजार रुपैयाँ रहेको ज्ञवालीले बताए।

बाढी : वर्षौदेखि दोहोरिँदै आएको जोखिम

बाँकेमा बाढी नयाँ समस्या होइन। जिल्ला विपद् व्यवस्थापन समितिको दीर्घकालीन तथ्यांकले बाढीलाई वर्षौँदेखि दोहोरिँदै आएको प्रमुख विपद्का रूपमा देखाएको छ।

आर्थिक वर्ष २०६४/६५ देखि २०८२/८३ सम्मको विवरणअनुसार जिल्लामा बाढीबाट मात्रै ३८ हजार ७४२ घरधुरी प्रभावित भएका छन्। सो अवधिमा बाढीजन्य विपद्मा परी ३१ जनाको मृत्यु र ७२ जना घाइते भएका छन्।

बाढीबाट सबैभन्दा ठूलो असर आर्थिक वर्ष २०७४/७५ मा परेको तथ्यांकले देखाउँछ। उक्त वर्ष मात्रै १६ हजार ५४२ घरधुरी प्रभावित भएका थिए। बाढीमा परी आठ जनाको मृत्यु भएको थियो।

त्यसअघि आर्थिक वर्ष २०७१/७२ मा पनि बाढीले ठूलो क्षति गरेको थियो। उक्त वर्ष १२ हजार ३४० घरधुरी प्रभावित भएका थिए भने १५ जनाको मृत्यु र २५ जना घाइते भएका थिए।

आर्थिक वर्ष २०६४/६५ मा पनि आठ हजार १७१ घरधुरी बाढीबाट प्रभावित भएका थिए। सो वर्ष सात जनाको मृत्यु र ४३ जना घाइते भएको तथ्यांक छ।

गर्मीयामसँगै आगलागीको जोखिम

गर्मी सुरु भएसँगै बाँकेमा आगलागीको जोखिम पनि बढ्ने गरेको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ ले आगलागीलाई जिल्लामा निरन्तर दोहोरिने प्रमुख विपद्का रूपमा औँल्याएको छ।

समितिको विवरणअनुसार आर्थिक वर्ष २०६४/६५ देखि २०८१/८२ सम्मका विभिन्न वर्षमा भएका आगलागीका घटनाबाट ठूलो संख्यामा घरधुरी तथा मानिस प्रभावित भएका छन्।

तालिकामा समेटिएका घटनाबाट १५ हजारभन्दा बढी जनसंख्या प्रभावित भएको देखिन्छ। सो अवधिमा आगलागीका घटनामा सात जनाको मृत्यु र ६० जना घाइते भएका छन्।

यी क्षेत्रमा आगलागीको जोखिम बढी

विपद् व्यवस्थापन समितिको योजनाले बाँकेका सबै क्षेत्रमा आगलागीको जोखिम समान नरहेको जनाएको छ।

समितिका अनुसार डुडुवा गाउँपालिकाका होलिया र बेतहनी क्षेत्र तथा नरैनापुर गाउँपालिकाका गंगापुर, मटेहिया, नरैनापुर, कालाफाँटा, लक्ष्मणपुर र कट्कुइया क्षेत्रमा आगलागीका घटना बढी हुने गरेका छन्।

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले पश्चिम राप्ती नदीमा आउने बाढी, गर्मीयाममा हुने आगलागी र हिउँदमा चल्ने शीतलहरका कारण जिल्लाका अधिकांश परिवार तथा समुदाय विपद्को जोखिममा रहेको बताए।

‘पश्चिम राप्तीको बाढी, गर्मीयामको आगलागी र हिउँदको शीतलहर बाँकेका लागि प्रमुख विपद् जोखिम हुन्,’ तामाङले भने, ‘यसबाट अधिकांश परिवार र समुदाय प्रभावित हुने अवस्था छ।’

जिल्लाको पछिल्लो तथ्यांकले भने बाढी र आगलागी मात्रै होइन, सडक दुर्घटना पनि बाँकेको प्रमुख विपद्को रूपमा देखाएको छ। गत आर्थिक वर्षमा भएका ८२४ विपद्का घटनामध्ये ७७४ घटना सडक दुर्घटनाका हुनु त्यसको स्पष्ट संकेत हो।

Share149Tweet93SendShare
Previous Post

नेपालगन्जमा हवाई फायरपछि भारतीय नागरिक पक्राउ, १०३ ग्राम खैरो हेरोइन बरामद

Next Post

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

२:२६ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण
मुख्य समाचार

बाढी आउनुअघि नै उद्धार र राहतको तयारी गर्न अभिमुखीकरण

६:४१ बिहान, अशोज ५, २०८३
लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग
मुख्य समाचार

लोककल्याणकारी विज्ञापनको कार्यविधि खारेजीको माग

४:२२ बिहान, अशोज ५, २०८३
नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ
अपराध

नेपालगन्जबाट १०७ ग्राम ब्राउनसुगरसहित श्रीमान्–श्रीमती पक्राउ

१:२९ बिहान, अशोज ५, २०८३
Next Post
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?