ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

नेपालगञ्जको बजेट एक अर्व ४७ करोड

जावेद अन्सारी by जावेद अन्सारी
७:०५ मध्यान्ह, असार १०, २०७७
384
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके असार १० गते ।
नेपालगञ्ज उप–महानगरपालिकाले आगामी आर्थिकवर्ष २०७७÷७८ का लागि एक अर्व ४७ करोड ९६ लाख ५४ हजार ७६० रुपियाँको अनुमानित वजेट प्रस्तुत गरेको छ ।

नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार भएको नगरसभामा अनुमानित बजेट प्रस्तुत गर्दै उपप्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च २४ करोड तीन लाख, पुँजिगत खर्च एक अर्व २० करोड र वित्तिय व्यवस्थातर्फ तनि करोड १० लाख व्यय हुने अनुमान गरिएको जानकारी दिनुभयो । बजेटमा आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्न अपरिहार्य रहेकोमा जोड दिइएको छ ।
कोभिड १९ को कारणले सबैभन्दा बढि होटल, रेष्टुरेन्ट, क्यासिनो, ब्युटपार्लर लगायतका व्यवसायमा परेको असरको अवस्थालाई मध्यनजर गरि नेपाल सरकारले गरेको निर्णय बमोजिम खुल्ने र नखुल्ने पसुलहरु हेरी नखुल्ने पसल संचालन गरिरहेका व्यवसायीले व्यवसायकर पौष मसान्तभित्र बुझाएमा आव २०७७–२०७८ को लागि मात्र लकडाउन अवधिभरको दामासाहिले व्यवसायकर छुट दिइने प्रस्ताव गरिएको छ । यसैगरी बजेटमा कोभिड १९ को कारण स्वदेशमा फर्किन बाध्य युवाहरुलाई मध्यनजर गरि स्वदेशमै रोजगारी सिर्जना गरि आर्थिक रुपमा आत्मनिर्भर गराउन वैदेशिक रोजगारबाट फर्केकाहरुले नयाँ व्यवसाय संचालन गर्न चाहेमा व्यवसायमा लाग्ने करमा २५ प्रतिशत छुट दिइने प्रस्ताव गरिएको उपप्रमुख मगरले बताउनुभयो ।
अपांगता भएका व्यक्तिहरुको क्षमता विकास तथा व्यवसायमा प्रोत्साहन गर्न अपांगता भएका व्यक्ति संचालक भएको उद्योगि व्यवसायीलाई व्यवसायमा लाग्ने करको दरमा ५० प्रतिशत छुट दिइने र लघु, घरेलु, वातावरण अनुकुलनमा सहयोग पुर्याउने खालका उद्योग व्यवसाय तथा महिला संचालक भएको उद्योगि व्यवसायीहरुलाई प्रोत्साहन गर्न व्यवसायमा लाग्ने करको दरमा ३० प्रतिशत छुट दिइने प्रस्ताव पेश गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगरले ७ औं नगरसभामा बुधबार प्रस्तुत गर्नुभएको आव २०७७र७८ को अनुमानित बजेटको मुख्य अंश
कोभिड १९ ले गर्दा चालु आवमा अनुमानित आय पुरा नभएको अवस्थामा आउने आर्थिक वर्षमा पनि पर्न सक्ने असरहरुलाई अनुमान गरेर बजेट बनाउनु पर्ने बाध्यत्मक अवस्थालाई आत्मसाथ गर्दै आर्थिक वर्ष २०७७ २०७८ को महत्वकांक्षी अनुमानित आय व्यय प्रस्तुत गरिएको छ ।
आयको यथार्थ र अनुमानित विवरण
गतआर्थिक वर्ष २०७५(०७६ मा आन्तरिक श्रोततर्फ रु. १७ करोड ४१ लाख १० हजार आय अनुमान गरिएकोमा विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस का कारण राजश्व क्षमतामा कमी आई हालसम्म रु.१० करोड ७ लाख ९३ हजार राजस्व असुल भई करिब ५८ प्रतिशत लक्ष्य हासिल भएको छ । गत आर्थिक वर्ष को अनूभव तथा राजश्व सूधारका प्रयासबाट चालू आर्थिक वर्षको हालसम्मको आम्दानीको स्थितिलाई मध्यनजर गर्दा आन्तरिक श्रोत अनुमानको ६० प्रतिशत सम्मको लक्ष्य प्राप्ती हुने अनुमान गरिएको छ । आगामी आ.व.को आन्तरिक श्रोतको आयअनुमान रु.१७ करोड ४१ लाख प्रस्ताव गरिएको छ । संघीय तथा प्रदेश सरकारहरुबाट प्राप्तभएको आय अनुमान तथा आन्तरिक आय समेतको आधारमा कुलआय १ अरब ४७ करोड ९६ लाख ५४ हजार ७ सय ६० हुने अनुमान गरेको छु । कूल आम्दानीको अधिकांश भार केन्द्रिय सरकार, प्रदेश सरकारबाट प्राप्तहुने अनुदानबाट प्राप्तहुने भएकाले आन्तरिक राजश्वको दायरा बढाई आन्तरिक श्रोत बृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्नु आजको अपरिहार्य आवश्यकता रहेको छ ।
व्ययको यथार्थ र अनुमानित विवरण
गत आ.व. ०७५(७६ मा व्ययतर्फ चालू खर्च रु. ८० करोड ५ लाख ३३ हजार ८ सय ५२ रुपैयाँ मात्र विनियोजन भएकोमा ६९ करोड ३४ लाख २३ हजार ७ सय १८ रुपैयाँ ९६ पैसा मात्र (८६.६२५) यथार्थ खर्च भएको थियो भने पूंजिगतखर्च रु. ८६ करोड ७४ लाख ८१ हजार ७ सय ७६ रुपैयाँमात्र विनियोजन भएकोमा ५५ करोड ८० लाख ६१ हजार २ सय ६६ रुपैयाँ ९४ पैसा मात्र (६४.३३५) खर्च भएको छ भने चालु यस आर्थिक वर्षको मिति २०७७ असार ९ गते सम्मको खर्च सहित चालु खर्चतर्फ विनियोजन भएको ९० करोड ९३ लाख १३ हजार २ सय ४८ रुपैयाँ ९९ पैसा मध्ये ६३ करोड ५६ लाख ३८ हजार ११ रुपैयाँ ८२ पैसा (६९.९० प्रतिशत) पेश्की सहितखर्च भएको देखिन्छ । त्यस्तै पुँजीगतखर्च तर्फ १ अर्ब ९० करोड ८४ लाख ५२ हजार २ सय २४ रुपैयाँ ७९ पैसा मात्र विनियोजन भएकोमा सोहीमिति सम्म ६० करोड ५० लाख७७हजार ४ सय ९९ रुपैयाँ ८५ पैसा (३१.७१ प्रतिशत) खर्च भएको देखिन्छ ।

नेपालगन्ज उपमहानगरको अनुमानित आयको ठुलो भार व्यवसाय कर र घर बहाल कर हो । नगरको विकासको मेरुदण्ड भनेकै राजश्व भएको कुरालाई मध्येनगर गर्दै करदाता र उपमहानगरपालिकाको संयुक्त प्रयासबाट नगरको समग्र विकासमा हातेमालो गर्न रणनितिक रुपमा अघि बढ्नु पर्ने यर्थाथलाइ हामी बिर्सन सक्दैनौ । तथापि यस वर्ष कोभिड १९ को कारणले सबैभन्दा बढि असर होटल, रेष्टुरेन्ट, क्यासिनो, ब्युटपार्लरलगायतका व्यवसायमा परेको असरको अवस्थालाई मध्येनगर गरि नेपाल सरकारले गरेको निर्णय बमोजिम खुल्ने र नखुल्ने पसुलहरु हेरी नखुल्ने पसल संचालन गरिरहेका व्यवसायीले व्यवसायकर पौष मसान्तभित्र बुझाएमा आव २०७७–२०७८ को लागि मात्र लकडाउन अवधिभरको दामासाहिले व्यवसायकर छुट दिइने प्रस्ताव पेश गर्दछु । कोभिड १९ को कारण स्वदेशमा फर्किन बाध्य युवाहरुलाई मध्येनगर गरि स्वदेशमै रोजगारी सिर्जना गरि आर्थिक रुपमा आत्मनिर्भर गराउन वैदेशिक रोजगारबाट फर्केकाहरुले नयाँ व्यवसाय संचालन गर्न चाहेमा व्यवसायमा लाग्ने करमा २५ प्रतिशत छुट दिइने प्रस्ताव छ ।

सम्बन्धित समाचार

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

अपांगता भएका व्यक्तिहरुको क्षमता विकास तथा व्यवसायमा प्रोत्साहन गर्न अपांगता भएका व्यक्ति संचालक भएको उद्योगि व्यवसायीलाई व्यवसायमा लाग्ने करको दरमा ५० प्रतिशत छुट दिइने प्रस्ताव छ । लघु, घरेलु, वातावरण अनुकुलनमा सहयोग पुर्याउने खालका उद्योग व्यवसाय तथा महिला संचालक भएको उद्योगि व्यवसायीहरुलाई प्रोत्साहन गर्न व्यवसायमा लाग्ने करको दरमा ३० प्रतिशत छुट दिइने प्रस्ताव पेश गरेको छु । साथै यस बजेटको प्रभावकारी कार्यान्वयनबाट नगरपालिकाको भौतिक पूर्वाधार विकास एंव सामाजिक क्षेत्रको विकासमा वाञ्छित लक्ष्य हासिल हुने हुँदा बजेटको सफल कार्यान्वयनका लागि विकास साझेदार संस्था, अन्तराष्ट्रिय, राष्टिय गैसस संचारक्षेत्र, निजी क्षेत्र, नागरिक समाज सबै क्षेत्रबाट सहयोगको अपेक्षा छ ।
धन्यवाद ।
उमा थापा
उपप्रमुख
नेपालगन्ज उपमहानगरपालिका

ADVERTISEMENT
Share154Tweet96SendShare
Previous Post

‘संशोधित नागरिकता विधेयक खारेज गर’ भन्दै बाँकेमा जनता समाजवादी पार्टीको बिरोध प्रदर्शन

Next Post

यस्तो छ नेपालगञ्ज उपमहानगरपालिकाको नीति तथा कार्यक्रम

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता
आर्थिक

विकास बजेट खर्च गर्न नसक्दा बाँकेबाट करिब ३ अर्ब रुपैयाँ फिर्ता

७:०१ बिहान, साउन ९, २०८३
चितवनमा एक वर्षमा जङ्गली जनावरको आक्रमणमा २२ जनाको मृत्यु
आर्थिक

नेपालगन्ज भन्सारले उठायो २० अर्ब राजस्व, लक्ष्य अपूरो

७:३२ बिहान, साउन १, २०८३
महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?
आर्थिक

महँगी नियन्त्रणमा सरकार कहिले गम्भीर बन्छ ?

४:५५ बिहान, असार ३१, २०८३
नेपालगन्ज भन्सारमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन
आर्थिक

जेठसम्म नेपालगन्ज भन्सारले उठायो १८ अर्ब ५८ करोड राजस्व

२:२७ बिहान, असार १५, २०८३
सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
Next Post

यस्तो छ नेपालगञ्ज उपमहानगरपालिकाको नीति तथा कार्यक्रम

बाँकेको नरैनापुर गाउँपालिकाले ल्यायो ५५ करोडको बजेट

गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?