
असोज २७ गते । जापानमा आएको ‘हेगिबिस’ नामको टाइफूनका कारण अहिलेसम्म ३६ जनाको मृत्यु भइसकेको छ ।
६ दशकयताकै शक्तिशाली टाइफूनबाट बच्न राजधानी टोक्यो लगायत केही शहरका थुप्रै मानिस सुरक्षित स्थान तर्फ गएका छन् । शहरका भवन, रुख, सडकमा क्षति पुर्याको छ ।क्षतिग्रस्त स्थानमा सरकारले दशौं हजार सुरक्षाकर्मी तथा उद्धारकर्मी खटाएको छ ।शतिशाली मानिएको उक्त टाइफूनलाई ‘हेगिबिस’ भनिएको छ । फिलिपिनो भाषामा यसको ‘गति’ हुन्छ । क्योदो न्युज सर्भिसका अनुसार घटनामा १६ जना अझै हराइरहेका छन् ।













Discussion about this post