
गुल्मी, असोज २८ गते । मंगलवार अपरान्ह बडिगाड खोला र छल्दीखोलाको दोभान स्थित ३ जना खोला तर्नेक्रममा दुई जना बगेर बेपत्ता भएका छन ।
बगेका २ जना मुसिकोट नगरपालिका ५ कलविरा टोलको ७ बर्षीय किशान बिकलाई स्थानिय र प्रहरीले उद्धार गरेका थिए भने सोही टोलका २१ बर्षीय जीवन बिक र ५ बर्षीया वालिका गरिमा बिक अझै बेपत्ता रहेका छन ।
बेपत्ताहरुको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्रसिंह खड्काले जानकारी दिनु भएको छ ।









Discussion about this post