
बाँके असोज २९ गते । कर्णाली प्रदेश प्रहरी तालीम केन्द्र हाल नेपालगन्ज तालिम केन्द्रका प्रहरी नायब निरिक्षक सई बमबहादुर रानाले महिला प्रहरी प्रशिक्षार्थी माथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । नेपालगन्ज स्थित कर्णाली प्रदेश प्रहरी तालीम केन्द्रमा कार्यरत सई रानाले गत आइतबार राती प्रहरी जवानको तालिम गर्दै गरेकी एक महिला प्रशिक्षार्थीलाई तालिमकेन्द्र भित्रको ब्यारेक भित्रै बलात्कार गरेको उजुरी परेपछी जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई सोमबार नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय बाँके अनुसार पक्राउ परेका सई रानालाई थप अनुसन्धानको लागि जबरजस्ती करणी मुद्दामा बाँके जिल्ला अदालतबाट मंगलबार सात दिनको म्याद थप गरिएको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डिआईजी पुर्णचन्द्र जोशीले जिल्ला प्रहरी कार्यालय बाँकेलाई घटनाको निष्पक्ष अनुसन्धान गर्न निर्देशन दिएका छन् ।









Discussion about this post