ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

तरकारी खेतीबाट रोजगारी

News Desk by News Desk
१०:२९ बिहान, चैत्र २५, २०८०
तरकारी खेतीबाट रोजगारी
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके चैत २५ गते ।
बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौना ललहीका ४५ वर्षीय टेकराज थारुको दैनिकी तरकारी गोडमेल र स्याहारसुसारमै बित्ने गर्दछ । उनको आम्दानीको स्रोत नै खेतबारी हो । टेकराजका धेरै साथीहरू रोजगारीका लागि विदेश पुगेका छन्, कतिपय साथी मजदुरी गर्न नेपालगन्जमा भौँतारिरहेका छन् ।

उनले भने तरकारी खेती छोडेर रोजगारी गर्नेतिर कहिल्यै सोच्नुभएन । “मेरो जागिर भने पनि रोजगारी भने पनि यही तरकारी खेती हो । बिहानदेखि साँझसम्म यहीँ काम गर्छु”, आफूले गरेको तरकारी खेती देखाउँदै टेकराजले भने, “आफ्नो घरमा बसेर तरकारी खेती गर्दै आएको छु कुनै सिजनमा सोचेभन्दा राम्रो आम्दानी हुन्छ, कहिले अलि थोरै हुन्छ ।”टेकराजले आफूसँगै घरपरिवारका सदस्यहरूलाई पनि तरकारी खेतीको काममा लगाउने गर्नुभएको छ ।

तरकारी खेतीबाटै जीवन निर्वाह गर्दै आउनुभएका उनले वार्षिक करिब १० देखि १२ लाखसम्म कमाई गर्ने गरेको बताए । व्यावसायिक तरकारी खेतीमा दैनिक श्रम गर्ने उहाँलाई आफ्नै खेतबारीमै विदेशमा पाइनेभन्दा उत्तम रोजगारी मिलेको अनुभूति हुन्छ । विगतमा उनी निर्वाहमुखी खेती गर्दै आएपनि पछिल्लो एक दशकदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । बाह्रैमास उनको खेतबारी हराभरा देखिन्छ । मौसमी र बेमौसमी तरकारी खेती गर्ने उनको दैनिकी पनि निकै व्यस्त हुन्छ ।

“परिवारसँगै हाँसीखेली काम गर्न पाइएको छ, परिवारमा दुःख पर्दा सहयोग हुन्छ”, टेकराजले भने, “कोही बिरामी पर्दा विदेशबाट भनेकै बेला सहयोग गर्न घर आउँछु भन्न पाइँदैन, सबै परिवार घरमा हुँदा एकअर्काका लागि पनि निकै सहयोग पुगेको छ ।” अहिले उनको खेतबारीमा काँक्रा, गोलभेँडा, फर्सी, खुर्सानीलगायत तरकारी बिक्री गर्ने अवस्थामा छन् भने घिरौँला, तोराय, लौका, तर्भुजलगायत तरकारी तयार हुँदै गएका छन् ।

सम्बन्धित समाचार

पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

रोजगारीको खोजीमा युवा जनशक्ति विदेश पलायन बढ्दो छ । स्वदेशमा रोजगारीको सम्भावना नभएको भन्दै विदेश पस्ने युवाका लागि टेकराज प्रेरणाको स्रोत बनेका छन् । उत्पादित कृषि उपज घरबाटै बिक्री हुने गरेको उनले बताए । “मेहेनत र काम गर्ने इच्छा शक्ति हुने हो भने पैसा कमाउन विदेश नै जानुपर्दैन । यहाँ पनि सम्भावना छन् ।

मेहेनत गर्न सके बाँझो रहेको जग्गाबाटै लाखौँ आम्दानी गर्न सकिन्छ”, टेकराजले भने, “धनआर्जनका लागि सरकारी जागिर खानैपर्छ वा विदेश पुग्नुपर्छ भन्ने सोच मसँग छैन ।” बारीमा तरकारी रोपेर पनि स्वरोजगार बन्न सकिने भन्दै उनले यसमा सरकारले प्रोत्साहन गर्न जरुरी रहेकामा जोड दिए ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

कामविहीन बन्यो जमुनाहको पर्यटन सूचना केन्द्र

Next Post

अतिवादी र आतंकवादीको कुनै धर्म हुँदैन : सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित
कृषि

पाकेको धान खेतमै ढलेपछि बाँकेका किसान चिन्तित

३:३५ बिहान, अशोज ११, २०८३
भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह
कृषि

भन्सारमा कडाइपछि बाँकेका किसानलाई तरकारी खेतीमा उत्साह

७:२३ बिहान, भदौ ३१, २०८३
चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित
कृषि

चाडपर्वमा केराले पायो राम्रो मूल्य, दाङका किसान उत्साहित

२:०८ बिहान, भदौ २९, २०८३
भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर
कृषि

भारत–चीनको स्याउलाई कर्णालीको स्याउले दियो टक्कर

१२:५१ बिहान, भदौ १८, २०८३
मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम
कृषि

मल नपाउँदा बाँकेका किसान चिन्तित, धान उत्पादन घट्ने जोखिम

२:३५ बिहान, भदौ १७, २०८३
रासायनिक मल
अपराध

सरकारी अनुदानको मल कालोबजारी गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा

१:०८ बिहान, भदौ ३, २०८३
बाँकेमा २५ प्रतिशत रोपाइँ
कृषि

बाँकेमा ९३ प्रतिशत धान रोपाइँ सम्पन्न

१:४४ बिहान, साउन १७, २०८३
बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग
कृषि

बगानको मूल्यभन्दा बजारमा महँगो केरा, अनुगमन गर्न माग

२:१८ बिहान, साउन १४, २०८३
Next Post
अतिवादी र आतंकवादीको कुनै धर्म हुँदैन : सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ

अतिवादी र आतंकवादीको कुनै धर्म हुँदैन : सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ

अवैध चोरी निकासी मौलाउँदै : सशस्त्र प्रहरी रक्षक नै भक्षक

अवैध चोरी निकासी मौलाउँदै : सशस्त्र प्रहरी रक्षक नै भक्षक

अत्याधुनिक बाल मन्दिर निर्माण सुरु

अत्याधुनिक बाल मन्दिर निर्माण सुरु

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Clear
6:11 am6:05 pm +0545
Feels like: 26°C
Wind: 3km/h WNW
Humidity: 91%
Pressure: 1009.14mbar
UV index: 0
FriSatSun
33°C / 24°C
33°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?