ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

लुम्बिनी प्रदेश ४० प्रतिशतमात्र बजेट खर्च

News Desk by News Desk
९:५१ बिहान, जेष्ठ ३२, २०८१
लुम्बिनी प्रदेशका १३ वटा अस्पतालका विकास समिति खारेज
384
सेयर
380
VIEWS
ShareTweetSendShare

लुम्बिनी जेठ ३२ गते ।
लुम्बिनी प्रदेश सरकारले चालु आर्थिक वर्षको १० महिनामा ४० प्रतिशतमात्रै बजेट खर्च गरेको छ । वैशाख मसान्तसम्म लुम्बिनी प्रदेशमा चालु र पुँजीगत बजेट खर्च प्रतिशतको हिसाबले बराबरजस्तै रहेको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्म कुल बजेटको ४०.२३ प्रतिशत रकम खर्च भएको हो ।

पुँजीगततर्फ विनियोजित रकमको ४०.२१ प्रतिशत र चालुतर्फ ४०.२७ प्रतिशत खर्च भएको कार्यालयले जनाएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख दीपक ज्ञवालीले चालु आर्थिक वर्षका लागि विनियोजित ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेटमध्ये चालुतर्फ १७ अर्ब २२ करोड रुपैयाँ छुट्याइएको छ ।

जसमा वैशाख मसान्तसम्म ६ अर्ब ९३ करोड खर्च भएको छ । यस्तै पुँजीगततर्फ विनियोजित २३ अर्ब २५ करोड रुपैयाँमध्ये ९ अर्ब ३५ करोड रुपैयाँ खर्च भएको कोष नियन्त्रक कार्यालयले जनाएको छ । चालु आर्थिक वर्ष सकिन जम्मा दुई महिनामात्र बाँकी रहेकाले निरन्तर खर्च गर्दा पनि कुल खर्च ६५ प्रतिशतसम्म पु¥याउन सकिने कार्यालय प्रमुख दीपक ज्ञवालीको भनाइ छ । गत आर्थिक वर्ष प्रदेश सरकारले कुल बजेटको ७१ प्रतिशत खर्च गरेको थियो । लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालय हो ।

उक्त मन्त्रालयको पुँजीगततर्फ १३ अर्ब ३१ करोड ६० लाख २० हजार बजेट रहेकोमा पाँच अर्ब ३८ करोड ८४ लाख १६ हजार पाँच सय ४० (४०.४७ प्रतिशत) खर्च भएको छ । त्यस्तै, खानेपानी ग्रामीण तथा सहरी विकास मन्त्रालयले पुँजीगततर्फ विनियोजन भएको पाँच अर्ब ७० करोड ९६ लाख ६० हजार रुपैयाँमध्ये दुई अर्ब ५० करोड ८३ लाख ५७ हजार १६० रुपैयाँ (४३.९३ प्रतिशत) खर्च गरेको छ । प्रदेशमा सबैभन्दा कम पुँजीगत बजेट खर्च गर्नेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय छ ।

सम्बन्धित समाचार

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

उक्त कार्यालयको पुँजीगत तर्फको खर्च ३.०७ प्रतिशतमात्रै छ । पुँजीगततर्फ ६ करोड दुई लाख बजेट रहेकोमा १८ लाख ४५ हजार ३१७ रुपैयाँमात्रै खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । प्रदेशको वन तथा वातावरण मन्त्रालयको पुँजीगत बजेट ८८ करोड ४२ लाख ४७ हजार रहेकोमा २५ करोड ७६ लाख ३४ हजार ८३६ रुपैयाँ अर्थात् २९.१४ प्रतिशतमात्रै खर्च भएको लेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस्तै उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको पुँजीगत तर्फको बजेट ५० करोड १७ लाख ५० हजार रहेकोमा आठ करोड ९० लाख २८ हजार ३१९ रुपैयाँ (१७.७४ प्रतिशत) मात्रै खर्च गरेको छ । स्वास्थ्य मन्त्रालयको एक अर्ब ५२ करोड ५६ लाख ९० हजार पुँजीगत बजेट रहेकोमा ७४ करोड १५ लाख ४१ हजार ५६ रुपैयाँ अर्थात् ४८.६० प्रतिशत खर्च गरेको देखिन्छ ।

प्रदेशमा सबैभन्दा कम पुँजीगत बजेट खर्च गर्नेमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय छ । उक्त कार्यालयको पुँजीगत तर्फको खर्च ३.०७ प्रतिशतमात्रै छ । पुँजीगततर्फ ६ करोड दुई लाख बजेट रहेकोमा १८ लाख ४५ हजार ३१७ रुपैयाँमात्रै खर्च गर्न सकेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयको ३९ करोड ९२ लाख १ हजार पुँजीगत बजेट रहेकोमा १४ करोड १३ लाख ६२ हजार ८६५ रुपैयाँ अर्थात् ३५.४१ प्रतिशत खर्च गरेको छ ।

प्रदेशको अर्थ मन्त्रालयको पुँजीगततर्फ एक करोड बजेट रहेकोमा २४.८३ प्रतिशत खर्च भएको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालयको पुँजीगततर्फ १८ करोड ७७ लाख ९५ हजार बजेट रहेकोमा दुई करोड ७० लाख ७४ हजार ४९८ रुपैयाँ (१४.४२ प्रतिशत) तथा गृह मन्त्रालयले ३१ करोड ८५ लाख बजेटमध्ये १६ करोड ९३ लाख २३ हजार ८४१ (५३.१६ प्रतिशत) खर्च गरेको छ ।

ADVERTISEMENT

लुम्बिनी प्रदेशका आर्थिक मामिला मन्त्री चेतनारायण आचार्यले प्रायः आर्थिक वर्षको अन्त्यतिर बजेट धेरै खर्च हुने भएकाले यो अवस्था आएको बताए । उनले ठुला पूर्वाधारमा काम भए पनि रकम भुक्तानी हुन बाँकी रहेकाले बजेट खर्च कम देखिएको जिकिर गरे । वर्षको अन्तिमसम्म प्रदेशमा ७० प्रतिशतभन्दा धेरै वित्तीय प्रगति देखिने दाबीसमेत गरे ।

Share156Tweet95SendShare
Previous Post

नेपालगञ्जमा उखरमाउलो गर्मी ! ज्यानको प्रवाह नगरी काम गर्छन् मजदुर

Next Post

टिपरको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार
आर्थिक

बाढीपीडितका लागि नेपालगन्जका मुस्लिम अगुवा तथा समाजसेवीले दिए ४ लाख ६२ हजार

८:२४ बिहान, भदौ १३, २०८३
बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन
आर्थिक

बाढीपीडितका लागि नेपालगञ्जका मस्जिदमा २ लाख ६७ हजार रुपैयाँ संकलन

७:३२ बिहान, भदौ १३, २०८३
आर्थिक

भोटेकोशी बाढीमा कोहलपुरका १ जनाको मृत्यु, ११ बेपत्ता : मृतक परिवारलाई ५० हजार राहत

२:०६ बिहान, भदौ १३, २०८३
३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग
आर्थिक

३६ घण्टामै उद्धार कोषमा पौने २ अर्ब सहयोग

६:३१ बिहान, भदौ १२, २०८३
जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन
समाचार

जनैपूर्णिमा तथा रक्षाबन्धन आज, जनै फेर्ने र डोरो बाँध्ने चलन

१:४६ बिहान, भदौ १२, २०८३
नेपालगन्जमा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा
समाचार

मोहम्मद जयन्तीमा नेपालगन्जका विद्यालयमा सार्वजनिक विदा

४:२२ बिहान, भदौ ९, २०८३
मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित
समाचार

मक्का मस्जिदको स्वास्थ्य शिविरबाट चार सयभन्दा बढी लाभान्वित

१२:१८ बिहान, भदौ ७, २०८३
नेपालगन्ज नाकाबाट १२ प्रकारका जडिबुटी निकासी रोकियो
आर्थिक

नेपालगञ्ज बन्यो जडीबुटी निर्यातको प्रमुख ट्रान्जिट

२:२८ बिहान, भदौ ५, २०८३
Next Post
टिपरको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

टिपरको ठक्करबाट बाँकेमा एक जनाको मृत्यु, राजमार्ग अवरुद्ध

विपद पूर्व प्रतिकार्य योजना अद्यावधिक गर्दै उपमहानगर

विपद पूर्व प्रतिकार्य योजना अद्यावधिक गर्दै उपमहानगर

न्यायको प्रतिक्षामा सुमदरानीको परिवार

न्यायको प्रतिक्षामा सुमदरानीको परिवार

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?