ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

नेपालगञ्ज-गुलरिया सडक पेडारीमा पक्की पुल बन्ने अनिश्चित

News Desk by News Desk
४:०३ बिहान, साउन २९, २०८१
नेपालगञ्ज-गुलरिया सडक पेडारीमा पक्की पुल बन्ने अनिश्चित
393
सेयर
392
VIEWS
ShareTweetSendShare

बाँके साउन २९ गते ।
नेपालगञ्ज–गुलरिया सडक खण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका ३ खजुरा बजारस्थित पेडारी नालामा निर्माण गर्ने भनिएको चारलेनको कल्भर्ट निर्माणको काम अझै अनिश्चित छ ।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले कल्भर्ट निर्माणका लागि नक्सा र डिजाइन बनाई स्वीकृतिका लागि सडक विभागमा पेश गरेको ६ महिना पुगे पनि अहिलेसम्म ठेक्का आह्वान हुन सकेको छैन ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले विभागबाट स्वीकृत भई कार्यालयलाई ठेक्का आव्हान गर्न स्वीकृति दिएमा एक वर्षभित्र निर्माणको काम सम्पन्न गरिसक्ने बताए ।

प्रमुख भण्डारीले भने, “सो स्थानमा चारलेन सडक भएकाले छिटो भन्दा छिटो काम सुरु गरी सम्पन्न गर्न कार्यालय तयारी अवस्थामा छ, तर विभागबाट स्वीकृत हुनुपर्ने हुन्छ।“

खजुरामा ६ वर्ष अघिदेखि चारलेन सडक निर्माण सुरु भएको भए पनि साँघुरो र जीर्ण पुल भएका कारण आवागमनमा सास्ती हुँदै आएको छ । बाढीको समयमा पुलको दायाँबायाँ पानी जमेर आवागमन पटक–पटक अवरुद्ध हुने गरेको छ । पेडारी नालामा नयाँ कल्भर्ट २२ मिटर चौडाइ र ३३ मिटर लम्बाइको हुने प्रारम्भिक डिजाइनमा उल्लेख छ । चार लेन सडक भएकाले ११ मिटर चौडाइ र ३३ मिटर लम्बाइका दुई वटा कल्भर्ट निर्माण हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ ।

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

कल्भर्ट भए पनि चारलेनको मापदण्ड अनुसारका हुने र छिटो सम्पन्न हुने भएकाले कल्भर्ट निर्माण गर्न लागिएको प्रमुख भण्डारीले बताए । करिब १४ करोड रुपियाँको लागतमा नयाँ आरसिसी कल्भर्ट हालको पुल भन्दा उचाइमा निर्माण गरिने कार्यालयले योजना बनाएको छ ।

खजुराका स्थानीय बासिन्दा समेत रहनुभएका लुम्विनी प्रदेशसभा सदस्य रत्न खत्रीले पेडारी नालामा पुल निर्माणका लागि अर्थ मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत पहल भइरहेको बताए । खत्रीले भने, ‘सङ्घीय सरकारको गौरवको आयोजना भएकाले बीचमा चारलेन पुल आवश्यक छ, तत्काल काम सुरु गराउन राजनीतिक तहबाट पहलकदमी भइरहेको छ ।

पेडारी नालामा साँघुरो र जीर्ण पुल भएका कारण बर्षायाममा खोलामा बाढी आउँदा पटक–पटक सवारी आवागमन प्रभावित हुने गरेको छ । खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बिकले नेपालगञ्जदेखि बर्दियाको गुलरिया जोड्ने हुलाकी सडक अन्तर्गत पेडारी नालाको पुल अत्यन्त जीर्ण र होचो भएका कारण नालामा पानीको सहत बढ्नासाथ पानी सडक भएर बग्ने गरेको बताए । पालिकाले पटक–पटक पहलकदमी गरे पनि हालसम्म पुल निर्माणको काम अघि बढ्न नसकेको उनले बताए ।

ADVERTISEMENT

वर्षातको समयमा बाँके, बर्दिया र सुदूरपश्चिम प्रदेशका हजारौं बासिन्दाले दुःख पाउने भएकाले सङ्घ सरकारलाई तत्काल पुलको काम अघि बढाउन अध्यक्ष विकले माग गरे । गोरखापत्र अनलाइन

Share158Tweet98SendShare
Previous Post

लमही अस्पतालमा नाक, कान र घाँटीसम्बन्धी सेवा सुरु

Next Post

कृष्ण माविमा १८ लाखको भिम—कमला अक्षयकोष स्थापना

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

१:४४ बिहान, अशोज १३, २०८३
बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न
समाचार

बाल संरक्षण प्रणाली सुदृढ गर्न दुईदिने तालिम सम्पन्न

५:५३ बिहान, अशोज १२, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपाल प्रहरीका १२१ लेखापालको सरुवा
समाचार

नौ प्रहरी कर्मचारीलाई सात दिनभित्र स्पष्टीकरणसहित हाजिर हुन निर्देशन

१:१६ बिहान, अशोज १२, २०८३
Next Post

कृष्ण माविमा १८ लाखको भिम—कमला अक्षयकोष स्थापना

बसपार्कमा डेंगु फेला, लाम खुट्टे नष्ट गर्न आजदेखि अभियान

बाँके डेंगुको उच्च जोखिममा

वर्षासँगै देखिन थाल्यो रोगको संक्रमण

चिकित्सकले लेखेको औषधी अब अस्पतालभित्रै पाइने

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
28°
Clear
6:10 am6:06 pm +0545
Feels like: 32°C
Wind: 10km/h W
Humidity: 81%
Pressure: 1008.47mbar
UV index: 0
ThuFriSat
33°C / 24°C
33°C / 24°C
33°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?