ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

News Desk by News Desk
८:१२ बिहान, अशोज १४, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
653
सेयर
653
VIEWS
ShareTweetSendShare

बाँके, असोज १४ गते ।
नेपालगन्जमा १८ वर्षीय युवकलाई खुकुरी प्रहार गरी घाइते बनाएको घटनामा एक महिना बितिसक्दा पनि आरोपी पक्राउ नपरेको भन्दै पीडितका बुबाले प्रहरीप्रति असन्तुष्टि जनाएका छन्।

नेपालगन्ज उपमहानगरपालिका–११ का व्यवसायी विजयकुमार वैश्यले घटना भएको लामो समय बितिसक्दा पनि आरोपी पक्राउ नपरेको भन्दै प्रहरीको अनुसन्धानप्रति प्रश्न उठाएका छन्। सुरुमा प्रहरीले जाहेरी लिन नमानेको र मुद्दा दर्ता भएपछि पनि आरोपी पक्राउ गर्न चासो नदिएको उनको आरोप छ।

वैश्यका अनुसार भदौ १३ गते साँझ करिब ६ बजे उनका १८ वर्षीय छोरा श्लोक वैश्य पसलमा बसेका थिए। उनी खाना खान गएको समयमा मोटरसाइकलमा आएका तीन जनाको समूहले छोरालाई पसलबाट बाहिर निकालेर कुटपिट गरेको र खुकुरी प्रहार गरेको वैश्यले बताए।

घटनामा छोरा गम्भीर घाइते भएको उनले बताए।घटनापछि जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराउन पुगे पनि प्रहरीले सामान्य चोटपटकको घटना भन्दै ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी लिन नमानेको वैश्यले बताए।

सम्बन्धित समाचार

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश

“खुकुरीको प्रहार अझै एक इन्च गहिरो भएको भए मेरो छोराको ज्यान जान सक्थ्यो,” उनले भने, “यस्तो गम्भीर घटना हुँदा पनि प्रहरीले सुरुमा जाहेरी लिन मानेन।”

प्रहरीले जाहेरी नलिएपछि जिल्ला सरकारी वकिल कार्यालयमा गएर जाहेरी दिएको र त्यसपछि मात्रै प्रहरी कार्यालयमा मुद्दा दर्ता भएको उनले बताए।

मुद्दा दर्ता भएको पनि एक महिना पुग्न लाग्दा आरोपी पक्राउ नपरेको भन्दै उनले प्रहरीको भूमिकामाथि प्रश्न उठाए। प्रहरी प्रमुखले आरोपी पक्राउ गर्न निर्देशन दिए पनि मुद्दा फाँटका प्रहरीले चासो नदिएको उनको आरोप छ।

ADVERTISEMENT

“एक महिनादेखि प्रहरी कार्यालय धाइरहेको छु। अहिलेसम्म न्याय पाउन सकेको छैन,” उनले भने, “घटनामा संलग्नहरू नेपालगन्जमै घुमिरहेको प्रहरीलाई थाहा छ। तर, उनीहरूलाई पक्राउ गरिएको छैन।”

बीच सडकमा खुकुरी प्रहार भएको घटनामा प्रहरी बेखबर रहेको भन्दै उनले प्रश्न उठाए। घटनामा संलग्नलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न उनले माग गरेका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीत सिंह राठौरले भने घटनासम्बन्धी मुद्दा दर्ता भइसकेको बताए। आरोपीविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको उनले बताए।

“मुद्दा दर्ता भइसकेको छ। पक्राउ पुर्जी पनि जारी भएको छ,” राठौरले भने, “आरोपीको खोजतलास तीव्र बनाएका छौँ।”

आरोपी भारततर्फ गएको सूचना प्राप्त भएको उनले बताए। त्यसका आधारमा पनि प्रहरीले खोजतलास गरिरहेको उनको भनाइ छ।

“उनीहरू भारततिर भागेको सूचना प्राप्त भएको छ। खोजतलास निरन्तर जारी छ,” उनले भने, “पक्राउ परेलगत्तै कानुनी कारबाही अघि बढाउँछौँ।”

Share261Tweet163SendShare
Previous Post

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

Next Post

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

अपराध

नेपालगन्जमा जुवाखालबाट ९२ हजारसहित चार जना पक्राउ

८:२६ बिहान, अशोज २१, २०८३
रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै
मुख्य समाचार

रोजगारीका लागि भारत गएका नेपाली दसैँ मनाउन घर फर्किंदै

११:५० मध्यान्ह, अशोज २०, २०८३
दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश
अपराध

दुर्गा प्रसाईंलाई २ लाख धरौटीमा छाड्न आदेश

७:२४ बिहान, अशोज २०, २०८३
चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’
अपराध

चाडपर्वमा नाकाबाटै यात्रुको सुरक्षा, सिडिओ तामाङ भन्छन्– ‘सम्भावित जोखिम पहिचान गरी सुरक्षा योजना लागू गरेका छौँ’

८:४९ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

१:०४ बिहान, अशोज १९, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
Next Post
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

जेनजी शहीदको परिचय स्थानीय पाठ्यक्रममा समेट्ने तयारी

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

सिलौटा–जाँतोको बजार खस्किँदा सङ्कटमा कुचबधियाको पुख्र्यौली पेसा

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
26°
Partly Cloudy
6:14 am5:58 pm +0545
Feels like: 29°C
Wind: 8km/h NW
Humidity: 83%
Pressure: 1014.56mbar
UV index: 0
ThuFriSat
29°C / 22°C
28°C / 21°C
29°C / 21°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?