ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

सामुदायिक वन उपभोक्ता महासंघको छैठौं जिल्ला परिषद

News Desk by News Desk
१२:३९ बिहान, बैशाख ८, २०८२
जीविकोपार्जनको माध्यम बन्दै सामुदायिक वन
385
सेयर
384
VIEWS
ShareTweetSendShare

बाँके वैशाख ८ गते ।
लुम्बिनी प्रदेश सरकारले सालजन्य काठ समूहभित्र बिक्रीवितरण गर्दा प्राप्त आम्दानीबाट राजस्व तिर्नुपर्ने नयाँ प्रावधान ल्याएपछि सामुदायिक वन उपभोक्ता समूह फेरि असन्तुष्ट बनेका छन् । समूहका सदस्यलाई सालजन्य काठ बेचेमा त्यसरी भएको आम्दानीबाट प्रदेश सञ्चित कोषमा राजस्व बुझाउनुपर्ने प्रावधान ल्याएपछि लुम्बिनी प्रदेश सरकारसँग सामुदायिक वन उपभोक्ता समूह चिढिएका छन् ।

आर्थिक वर्ष २०८०÷८१ को आर्थिक विधेयकमा ‘समूहले आफ्ना सदस्यलाई बिक्रीवितरण गर्दा प्राप्त हुने रकममध्ये आन्तरिक खपतमा १० तथा बाह्य खपतमा २५ प्रतिशत वन पैदावार शुल्क बापतको रकम नियमित रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गर्नुपर्ने’ प्रावधान सरकारले राखेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका ८ शम्शेरगन्जमा आइतवार आयोजित सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ बाँकेको छैठौं परिषदलाई सम्वोधन गर्दै महासंघका सचिव डिल्ली गिरीले भने–‘प्रदेश सरकारको यो निर्णयले उपभोक्ताहरुलाई आतंकित बनाएको छ ।’

वन संरक्षणमा उपभोक्ताहरुकै बढी भूमिका र दायित्व देखिएको परिपेक्षमा राज्यबाट उपभोक्तामाथि कर बढाएर प्रहार गर्ने कुरा सहन नसकिने उनले बताए । “संघ, प्रदेश र स्थानीय तहमा लगाइएको सामुदायिक वनमाथिको तेहरो कर यथावत् रहेको अवस्थामा पुनः प्रदेशबाट समूहमा साल प्रजातिको आन्तरिक बिक्रीवितरणबाट प्राप्त आम्दानी रकमको पनि कर लिने सरकारको निर्णयले उपभोक्तामाथि ठूलो बज्र परेको छ ।” उनले भने ।

नयाँ कानून अनुसार साउन १ गतेबाट राजस्व सङ्कलन गर्न वन तथा वातावरण मन्त्रालयले प्रदेशका सबै डिभिजन वन कार्यालयलाई असार ३ गते नै पत्राचार गरिसकेको थियो । पत्रचार गरेसँगै अहिले डिभिजन वन कार्यालयले राजस्व संकलनका लागि उपभोक्ताहरुलाई ताकेता गर्दै आएको महासंघका जिल्ला उपाध्यक्ष रामबहादुर भण्डारीले बताए । उनका अनुसार सरकारको निर्णय विरुद्ध उपभोक्ताहरु एक भएर जाने परिषदले निर्णय गरेको पनि बताए । २०७८ सालमा जारी वन ऐनमा भने समूहका सदस्यलाई सालजन्य काठ बिक्रीवितरण गरेर हुने आम्दानीबाट सरकारलाई राजस्व तिनुपर्ने प्रावधान छैन ।

सम्बन्धित समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

यद्यपि समूह बाहिर बिक्री भएको सबैखाले वनजन्य पैदावारबाट हुने आम्दानीको २५ प्रतिशत कर भने सरकारलाई बुझाउनुपर्ने व्यवस्था ऐनमा छ। सामुदायिक वन उपभोक्ता महासंघ बाँकेका अध्यक्ष सावित्रा पुनले सरकारले ऐनमै नभएको व्यवस्था ल्याएर वन उपभोक्तालाई मारमा पार्न खोजेको बताउँछिन्। उनी भन्छिन्, “हामी समूह बाहिर बिक्री गर्दा त २५ प्रतिशत तिर्नुपर्ने कानूनको विरोधमा छौं। यता सरकारले समूहभित्र बिक्री गर्दा पनि कर लगाउन खोज्छ। यसले त वन उपभोक्ताहरूलाई सोझै असर परेको छ ।” पुनको अध्यक्षता तथा राप्तीसोनारी गाउँपालिकाका प्रमुख तप्त बहादुर पौडेलको प्रमुख आतिथ्यतामा परिषद भएको हो ।

पौडेलले समुदायको रुपान्तरणमा सामुदायिक वनले खेलेको भूमिका प्रभावकारी रहेको बताए । उनले सामुदायिक वनहरुलाई स्थानीय सरकारमा दर्ता हुन आग्रह पनि गरे । जिल्ला परिषदमा सचिव कर्ण विकको प्रगति प्रतिवेदन र कोषाध्यक्ष तिला विकको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको उपाध्यक्ष भण्डारीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष भीम प्रसाद देवकोटा, पूर्वअध्यक्षहरु श्रीधर उपाध्याय, तप्तबहादुर पौडेल, द्रोपती वली, डिल्ली गिरीलाई सम्मानित गरिएको छ । महासंघ दुई दुई वर्षमा परिषद गर्ने विधानमा उल्लेख छ । चार वर्षमा भने अधिवेशन हुने गरेको छ।

ADVERTISEMENT
Share155Tweet96SendShare
Previous Post

मुस्लिम इत्तेहाद संगठनको सातौँ महाधिवेशन सफल बनाउन तयारी तीव्र

Next Post

नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चालु आर्थिक वर्षमा ७६ वन्यजन्तुको उद्धार
समाचार

बाँकेमा एक वर्षमा १९७ वन्यजन्तुको उद्धार, ७६ वटा कोब्रा

६:१९ बिहान, साउन १०, २०८३
आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो
समाचार

आरसिओडी थप्न प्राधिकरणको नयाँ मापदण्ड, २१८ जलविद्युत् आयोजनाको प्रक्रिया अघि बढ्यो

१२:३१ बिहान, साउन ७, २०८३
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
समाचार

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा, यी स्थानमा हुनेछ भारी वर्षा

१२:२२ बिहान, साउन ७, २०८३
छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा
समाचार

छ वर्षपछि जानकी गाउँपालिकाको प्रशासनिक भवन सञ्चालनमा

१:४९ बिहान, साउन ५, २०८३
पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व
समाचार

पूर्वसूचना दिने साइरनले घटायो हात्ती–मानव द्वन्द्व

६:०४ बिहान, साउन ३, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
समाचार

बाँकेमा विद्युत चुहावट नियन्त्रण अभियान, १४ बेवारिसे मिटर फेला

५:०६ बिहान, साउन ३, २०८३
आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना
समाचार

मनसुन सक्रिय बन्दै, आज र भोलि भारी वर्षाको सम्भावना

१:१८ बिहान, साउन २, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
समाचार

आज देशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना, नदी–खोलामा बाढी बढ्दै

१:१९ बिहान, साउन १, २०८३
Next Post
नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता

नरैनापुर इलाका प्रशासनबाट ११ सय ५१ जनाले लिए नागरिकता

बाँकेको डुडुवा गाउँपालिकाद्वारा बीउ उत्पादन सुरु

बाँकेको डुडुवा गाउँपालिकाद्वारा बीउ उत्पादन सुरु

भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल, बुझायो ध्यानाकर्षणपत्र

भेरी अस्पताल सुदृढीकरणका लागि एमालेको पहल, बुझायो ध्यानाकर्षणपत्र

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?