ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ आर्थिक

रड फेर्न आर्थिक अभाव

News Desk by News Desk
१२:३४ बिहान, असार २, २०८२
रड फेर्न आर्थिक अभाव
387
सेयर
383
VIEWS
ShareTweetSendShare

बर्दिया असार २ गते ।
मधुवन नगरपालिका–१ डल्लाकी ५० वर्षीया शंखरी थारुको गैँडाको आक्रमणका कारण करिब १२ वर्षअघि दायाँ खुट्टा भाँचिएको थियो। लेख्न पढ्न नजानेकी थारुलाई गैँडाले आक्रमण गरेको मंसिर महिना मात्र थाहा छ। तर, साल भने ठ्याक्कै थाहा छैन। गैँडाको आक्रमणमा परी भाँचिएको खुट्टा पूर्ण रूपमा निको नहुँदा लामो समयदेखि बैसाखीको सहारामा उनले कष्टकर जीवन बिताउन बाध्य छिन्।

भाँचिएको खुट्टाको शल्यक्रियापछि स्टीलको रड हालिएको थियो। उनलाई डाक्टरले १० वर्षपछि रड फेर्न सुझाएका थिए। तर, डाक्टरले रड फेर्न दिएको समय अवधि पार हुँदासमेत उनले रड फेर्न सकेकी छैनन्। आर्थिक अभावले गर्दा रड फेर्न नसकी खुट्टाको अत्यधिक दुखाइको पीडा लुकाउन बाध्य छिन् उनी। उठ्न, बस्न र हिँड्न उनलाई साह्रै आपत् छ । गैँडाले आक्रमण गरेको त्यो दिन उनी मधुवन नगरपालिका–३ धनौरामा आफन्तको घरबाट आफ्नो घर फर्किँदै थिइन्।

मधुवन नगरपालिका–१ स्थित दुर्गा सामुदायिक वनमा बाटोमा हिँडिरहेको अवस्थामा साँझ करिब ५ बजेतिर उनलाई पछाडिबाट एक्कासी गैँडाले आक्रमण गरेको थियो। गैँडाले आक्रमण गर्दा कम्मरमुनिबाट उनको दाहिने खुट्टा भाँचिएको थियो । आफ्नै खर्चमा दुई पटक खुट्टाको शल्यक्रिया हुँदा पनि भाँचिएको खुट्टा सही नभएको शंखरी थारुले बताइन् । ‘धनौराबाट जेठानीसहित ४ जना घर फर्किँदै थियौँ,’ उनले भनिन्,‘झरझर झरझर आवाज आयो, साथमा रहेका सबै जना भागे, म भाग्न सकेन, एक्कासी पछाडिबाट गैँडाले हिर्कायो, घरबाट सकुशल गएको थिएँ, फर्किँदा खुट्टा भाँचिएर घाइते भएर फर्किएको थिएँ ।’

खुट्टा भाँचिँदा उनलाई साथमा रहेका आफन्तले बोकेर घर पु¥याएका थिए । गैँडाले घाइते बनाउँदा औषधी उपचारको लागि कसैले सहयोग नगरेको शंखरी थारुले बताइन् । ‘त्यत्ति बेला अलि सस्तो थियो र नेपालगन्ज स्थित एक अस्पतालमा भाँचिएको खुट्टाको शल्यक्रिया गराएर रड हालेका थियौँ,’ उनले भनिन्,‘अहिले महँङ्गी बढेको छ,आफूसँग आर्थिक अभावले गर्दा रड फेर्ने स्थिति छैन ।’खुट्टा भाँचिए देखि निरन्तर औषधी खाइरहेकी छन्। एक दिन औषधी नखाँदा खप्न नसकिने गरी खुट्टा दुख्ने गरेको उनले सुनाइन्। आफूसँग भएको र ऋण सापाटी समेत गरी उपचार गराएको उनले बताइन्। ‘

सम्बन्धित समाचार

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

खुट्टाको उपचार गराउँदा गराउँदै धेरै ऋण लागिसकेको थियो,’ उनले भनिन्,‘ऋण तिर्दा–तिर्दा बेहाल भइसक्यौँ, अझै पनि सहकारीमा एक लाख तिर्न बाँकी नै छ ।’ सम्बन्धित निकायले उपचारमा सघाउन पहल गरिदिए सहज हुने उनको भनाइ छ । अनुहार निराश बनाउँदै उनले भनिन्,‘घरमा बुढी सासू मात्र हुनुहुन्छ, काम गर्न सक्नुहुन्नँ, बैसाखीको सहारामा खाना पकाउने, भाडा माझ्ने, कपडा धुनेलगायत सबै काम आफूले गर्नुपर्छ। आफ्नो खुट्टा यस्तो छ।’ उनकी ठुली छोरीको बिहे भइसक्यो, छोरा काठमाडौँमा पलम्बरको काम गर्छन् । सानो छोरी पनि काठमाडौँमै बसेर पढ्दैछिन्।

घरमा श्रीमान्ले खेती किसानी गर्ने, पाएको बेला ज्याला मजदुरी गरेर परिवार धानेका छन्। थारुलाई डिभिजन वन कार्यालयको क्षेत्रमा गैँडाले आक्रमण गरेकोले निकुञ्जमा तथ्यांक भेटिएन। आर्थिक वर्ष २०७०/०७१ देखि मात्र वन्यजन्तुबाट घाइते र मृतकको तथ्यांक रहेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले बताए । ‘यस अगाडि वन्यजन्तुबाट घाइते र मृतकलाई क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था पनि थिएन,’ सूचना अधिकारी चौधरीले भने,‘गैँडाबाट घाइते थारुको रेकर्ड हामीसँग छैन ।’

शंखरी थारु गैँडाको आक्रमणमा परी लामो समयदेखि अपाङ्ग रहेको जानकारी रहेको मधुवन नगरपालिका–१ का वडा अध्यक्ष मीन बहादुर थापाले बताए । ‘त्यति बेला उपचारको लागि कतैबाट सहयोग पाए, नपाएको थाहा भएन,’ उनले भने,‘उहाँको उपचारको लागि पालिकालगायत सम्बन्धित निकायसँग पहल गर्नेछौँ ।’

ADVERTISEMENT
Share157Tweet96SendShare
Previous Post

रोल्पा रुकुममा भूम्या पर्व रौनक

Next Post

गेरुवा नदी सुकेपछि सोनाहा बस्ती संकटमा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

सातै प्रदेशले आज बजेट सार्वजनिक गर्दै
आर्थिक

बाँकेका आठवटै स्थानीय तहले सार्वजनिक गरे ७ अर्ब १२ करोडभन्दा बढीको बजेट

६:०५ बिहान, असार १२, २०८३
जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेशको आन्तरिक राजस्वमा १२ प्रतिशत वृद्धि

७:३० बिहान, असार ४, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
नेपालगन्ज भन्सारद्वारा पहिलो महिनामा लक्ष्यको ७४ प्रतिशत राजस्व सङ्कलन
आर्थिक

१० महिनामा करिब १७ अर्ब राजस्व, लक्ष्य पूरा गर्न सकेन नेपालगन्ज भन्सार

३:२९ बिहान, जेष्ठ २१, २०८३
सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु
आर्थिक

सीपमार्फत आत्मनिर्भरता प्रवर्द्धन गर्न नेपालगन्जमा एकमहिने ड्राइभिङ तालिम सुरु

२:०५ बिहान, जेष्ठ २०, २०८३
Next Post
गेरुवा नदी सुकेपछि सोनाहा बस्ती संकटमा

गेरुवा नदी सुकेपछि सोनाहा बस्ती संकटमा

नेपालगन्जबाट ठूलो परिमाणमा लागु औषध ब्राउनसुगरसहित पासी पक्राउ

नेपालगन्जबाट ठूलो परिमाणमा लागु औषध ब्राउनसुगरसहित पासी पक्राउ

जमुनाह नाकामा नौँ जनाको कोरोना जाँच गर्दा एकमा संक्रमण पुष्टि

जमुनाह नाकामा नौँ जनाको कोरोना जाँच गर्दा एकमा संक्रमण पुष्टि

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?