ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

‘जेन–जी आन्दोलनको म्याण्डेट अनुसार आफूलाई परिवर्तन गर्ने पार्टी कांग्रेस हो’: गौडेल

News Desk by News Desk
११:०८ मध्यान्ह, माघ २५, २०८२
‘जेन–जी आन्दोलनको म्याण्डेट अनुसार आफूलाई परिवर्तन गर्ने पार्टी कांग्रेस हो’: गौडेल
390
सेयर
386
VIEWS
ShareTweetSendShare

बाँके माघ २६ गते ।
बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार नारायणप्रसाद गौडेलले जेन–जी आन्दोलनको म्याण्डेट अनुसार आफूलाई परिवर्तन गर्ने पार्टी कांग्रेस मात्र भएको बताएका छन् । नेपाली कांग्रेसले आइतबार राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुममा सञ्चालनमा ल्याएको प्रचार प्रसार समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गौडेलले भने, ‘जेन–जी आन्दोलनको म्याण्डेट अनुसार नेपाली कांग्रेसले गगन थापालाई पार्टी सभापति बनाइसकेको छ, उहाँकै नेतृत्वमा सरकारको नेतृत्व गर्ने पनि घोषणा कांग्रेसले गरिसकेको छ, यो निर्वाचनमा नेपाली कांग्रेसका प्रत्येक प्रतिनिधि सभा सदस्यलाई जिताउन जरुरी छ ।’

जेन–जी आन्दोलनले उठाएका कुरालाई सम्बोधन गर्नका लागि भए पनि आगामी फागुन २१ गते हुन लागेको निर्वाचनमा कांग्रेसलाई जिताउन आवश्यक रहेको गौडेलले बताए । नेपाली कांग्रेस बाँकेका सभापति रहेका नेता गौडेलले जेन–जी आन्दोलनले उठाएको सुशासन कायम, भ्रष्टाचार नियन्त्रण जस्ता कुरालाई कार्यान्वयन गर्नकै लागि भए पनि कांग्रेसलाई जिताउनुको विकल्प नभएको प्रष्ट्याए । ‘त्यसको कार्यान्वयन नेपाली कांग्रेसले मात्र गर्न सक्छ, यसको लागि पनि नेपाली कांग्रेसलाई जिताउन जरुरी छ,’ गौडेलले थपे ।

बाँकेको पुर्वी क्षेत्रमा अवस्थित राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम क्षेत्र भौगोलिक हिसाबले एकदमै ठूलो र राप्तीपारीका गाउँहरु अहिले पनि एकदमै दुर्गम रहेको उल्लेख गर्दै उनले ती गाउँलाई सुगम क्षेत्रसँग जोड्न हुलाकी सडक निर्माण कार्यलाई निरन्तरता र राप्ती नदीमा पक्की पुल निर्माण गर्नका लागि आफूले विशेष पहल गर्ने प्रतिवद्धता जनाए ।

बाँके राष्ट्रिय निकुञ्जका कारण सिर्जना भएका समस्याहरु समाधान गर्नका लागि निकुञ्ज ऐन संशोधन गर्न आवश्यक रहेको र यसका लागि आफुले उचित ढंगले कुरा उठाउने बताए । मानव बस्तीमा वन्यजन्तुलाई आउन नदिन निकुञ्जले पर्याप्त मात्रामा तारबारको ब्यवस्था गर्नुपर्ने र मानवीय क्षति तथा बाली बोटमा हुने क्षतिका सन्दर्भमा निकुञ्जबाट प्रदान गरिने राहत तथा क्षतिपूर्ति एकदमै कम भएकाले यसलाई बढाउन आफूले पहल गर्ने पनि बताए । बाँकेको क्षेत्र नम्बर १ मा २०५६ सालको निर्वाचनपछि नेपाली कांग्रेसले संसदमा प्रतिनिधित्व नगरेकाले यस पटक कांग्रेसलाई जिताएर काम गर्ने अवसर प्रदान गर्न उनले सबैलाई अपील गरे ।

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै विशिष्ट अतिथि एवम् क्षेत्र नम्बर १ का सभापति पोषणराज केसीले गत भदौ २४ गतेका दिन जुन शक्तिले देश जलायो, त्यही शक्तिले अहिले देश बनाउने भन्दै विभिन्न आवरणमा भोट माग्ने काम गरिरहेको बताए । ‘जसले देश जलायो, उनीहरु अहिले भोट माग्न आइरहेका छन्, जेन–जी विध्वंसका क्रममा कलिला नानी बाबुलाई मारियो, नरसंहार गरियो, कुनै कार्यालय बचेनन्, कुनै नेताका घर बाँकी रहेनन्,’ क्षेत्रीय सभापति केसीले भने, ‘जेन–जीको नाममा भएको विध्वंसपछि प्रतिनिधि सभा विघटन भयो, राष्ट्रपति रामचन्द्र पौडेलले आफू मर्न तयार भए पनि संविधानलाई जोगाउनु भयो, तसर्थ यो कुरा सबैले बुझ्न जरुरी छ, सामान्य निर्वाचन होइन ।’

पूर्व प्रधानमन्त्री एवम् कांग्रेसका पूर्व सभापति स्वर्गिय सुशील कोइरालाले दिएको संबिधान अहिले कोमामा रहेको र चिरहरणमा परेको संबिधानलाई बचाउनका लागि यतिबेला कांग्रेसले जित्न जरुरी रहेको नेता केसीले स्पष्ट पारे ।

कार्यक्रममा नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार दिपनारायण बर्माले क्षेत्र नम्बर १ का दुर्गमका बासिन्दाले भागेका समस्या र समाधान गर्नुपर्ने विषयलाई नेपाली कांग्रेसले आफ्नो प्राथमिकतामा राखेको बताए । कांग्रेसका क्षेत्रीय सभापति पोषण केसीको पहलबाट यस क्षेत्रमा थुप्रै विकास निर्माणका कामहरु भएको उनले सुनाए ।

ADVERTISEMENT

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् राप्ती सोनारी गाउँपालिकाका संस्थापक अध्यक्ष लाहुराम थारुले कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो संगठित भोट मात्रै संरक्षण गर्न सकेमा पनि पर्याप्त हुने बताए । ‘नेपाली कांग्रेसले जनताको कामहरु गर्ने, अरु पार्टीले सिन्को नभाँचे पनि भोट दिनुपर्ने ?’ उनले भने, ‘परिवर्तनको नाममा लह–लहैमा लाग्नु हुँदैन, ढुक्क भएर कांग्रेसको रुख चिन्हमा भोट हाल्नुपर्छ ।’ आफू राप्ती सोनारी गाउँपालिका अध्यक्ष हुँदा सके जति विकासका कामहरु गरेको नेता थारुले सुनाए । नेपाली कांग्रेस राप्ती सोनारी–१ का वडा सभापति मोहनराज डाँगीको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा कांग्रेस बाँकेका सदस्य टिकाराम बस्नेतले पनि शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । नेपाली कांग्रेस राप्ती सोनारी–१ कार्यसमितिका सचिव जनक खड्काले सञ्चालन गरेको उक्त कार्यक्रममा उपसभापति चिरञ्जिवी केसीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा उपस्थित भएका कांग्रेस कार्यकर्ताले आफ्नो गाउँ, ठाउँमा भोगिरहेका समस्या सुनाएका थिए । सोही कार्यक्रममा नेपाली कांग्रेस राप्ती सोनारी–१ वडा कार्यसमितिले निर्वाचन प्रचार–प्रसार समिति समेत गठन गरेको वडा सभापति डाँगीले जानकारी दिए ।

चुनावी कार्यक्रम अन्तरगत कांग्रेसले आइतबार नै राप्ती सोनारी–२ स्थित टिकुलीपुरमा पनि प्रचार–प्रसार समितिको कार्यालय उद्घाटन गरेको छ । यो सँगै आइतबार नेपाली कांग्रेसले क्षेत्र नम्बर १ मा रहेका आफ्ना ३० वटै वडामा प्रचार प्रसार समितिको कार्यालय उद्घाटन कार्य सम्पन्न गरिसकेको क्षेत्रीय सभापति केसीले जानकारी दिएका छन् ।

Share158Tweet97SendShare
Previous Post

अस्ट्रेलियाको पर्थमा घरभित्रै गाडी पस्दा एक नेपालीको मृत्यु

Next Post

निर्वाचन आयोगको ध्यान अब मतदाता शिक्षा कार्यक्रमतर्फ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड
मुख्य समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति अध्यक्ष यादवको टिप्पणी, सरकारलाई काम गर्ने अवसर दिनुपर्नेमा जोड

३:४६ बिहान, जेष्ठ २६, २०८३
आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित
मुख्य समाचार

आन्तरिक मामिला तथा कानुन मन्त्री भण्डारीलाल अहिरको सपथ ग्रहण विवादित

१:३६ बिहान, जेष्ठ २६, २०८३
लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ
प्रदेश समाचार

लुम्बिनी प्रदेश मन्त्रिपरिषद् पुनर्गठन : पाँच नयाँ मन्त्रीले लिए शपथ

८:१२ बिहान, जेष्ठ २५, २०८३
रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता
मुख्य समाचार

रास्वपा बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित, जनता र पार्टीको हितमा काम गर्ने प्रतिवद्धता

११:३० बिहान, जेष्ठ २४, २०८३
निर्वाचन प्रयोजनका लागि आजदेखि दल दर्ता
राजनीति

स्थानीय तह निर्वाचन गैरदलीय बनाउन निर्वाचन आयोगको सुझाव

४:५७ बिहान, जेष्ठ २२, २०८३
उपेन्द्र यादव नेपालगन्ज आउँदै
मुख्य समाचार

जसपा विभाजन विवादमा सर्वोच्चको फैसला : उपेन्द्र यादव पक्षलाई आधिकारिकता

९:१६ बिहान, जेष्ठ २१, २०८३
नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश
मुख्य समाचार

नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अब्दुल वाहिद मन्सुरी रास्वपामा प्रवेश

१२:४८ मध्यान्ह, जेष्ठ २०, २०८३
लुम्बिनी सरकारद्वारा आन्दोलनका घाइते र अपाङ्गको उपचार सुरु
मुख्य समाचार

एमालेका चार मन्त्रीद्वारा लुम्बिनी प्रदेश सरकारबाट राजीनामा

२:२४ बिहान, जेष्ठ २०, २०८३
Next Post
प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि कार्यतालिका स्वीकृत

निर्वाचन आयोगको ध्यान अब मतदाता शिक्षा कार्यक्रमतर्फ

बाँकेका तीन स्थानीय तहमा एचपिभी खोप अभियान सुरु

बाँकेका तीन स्थानीय तहमा एचपिभी खोप अभियान सुरु

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

नेपालगञ्जमा क्रिकेट मैदान बनाउने कमरुद्दिन राईको प्रतिबद्धता

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?