बाँके फागुन २३ गते ।
बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य खगेन्द्र सुनार निर्वाचित भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सुनारले २९ हजार ५५१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६१५ मत प्राप्त गरेका छन् ।
यसैगरी, सो निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् भने नेकपाका दीपककुमार गौरीमगरले ४ हजार १५ मत ल्याएका छन् । यस्तै, राप्रपाका तारकसिंह थारुले १ हजार ९१२ र नागरिक उन्मुक्ति पार्टीका ध्रुबराज थारुले ४७४ मत प्राप्त गरेका छन् ।
दलित अभियन्ता समेत रहेका सुनारले विजयी भएपछि प्रतिक्रिया दिँदै ‘जेनजी आन्दोलन’मा सहिद भएका युवाहरूको बलिदान खेर नजाने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले भ्रष्टाचार अन्त्य र सुशासन स्थापना गर्ने दिशामा रास्वपाले कुनै कसर बाँकी नराखी काम गर्ने बताए ।













Discussion about this post