ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?

News Desk by News Desk
६:४२ बिहान, चैत्र २३, २०८२
दुई दिने सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालमा कति व्यवहारिक ?
391
सेयर
391
VIEWS
ShareTweetSendShare

बाँके चैत २३ गते ।
नेपाल सरकारले हालै गरेको साप्ताहिक दुई दिन सार्वजनिक बिदा (शनिबार र आइतबार) दिने निर्णय आजदेखि कार्यान्वयन सुरु भएको छ । सरकारी कार्यालय तथा अस्पतालहरु बिहान ९ बजेदेखिनै खुलेका छन् ।

पेट्रोलियम पदार्थको मूल्य बढेसंगै सरकारले गरेको यो निर्णयले स्वास्थ्य सेवा क्षेत्रमा भने नयाँ चुनौती सिर्जना गरेको देखिन्छ । विशेषगरी सरकारी अस्पतालहरुमा सेवा प्रवाहमा अवरोध आउँदा बिरामी र स्वास्थ्यकर्मी दुवै पक्ष प्रभावित हुने देखिएको छ। स्वास्थ्य सेवा अन्य क्षेत्रजस्तो स्थगित गर्न मिल्ने सेवा होइन ।

अस्पतालहरु २४ घण्टा खुला रहने र आकस्मिकदेखि नियमित उपचारसम्म निरन्तर सेवा दिनुपर्ने संवेदनशील क्षेत्र हो । यस्तो अवस्थामा दुई दिनको सार्वजनिक बिदाले नियमित सेवाको तालमेल बिग्रिने मात्र होइन, बिरामीको उपचार प्रक्रियामा समेत ढिलाइ हुने चिन्ता बढाएको छ ।

सरकारी अस्पतालमा परीक्षण (जस्तैः रगत, एक्स–रे, सिटी स्क्यान) गराएका बिरामीहरुले सामान्यतया त्यसदिन वा अर्को दिन रिपोर्ट देखाएर उपचार अगाडि बढाउँछन् । तर, शुक्रबार रिपोर्ट तयार भए पनि आइतबार अस्पताल बन्द हुँदा बिरामीले अब सोमबारसम्म कुर्नुपर्ने अवस्था सिर्जना हुने देखिएको छ ।

सम्बन्धित समाचार

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

यसले बिरामीको रोग पहिचान र उपचार प्रक्रिया ढिलो हुने जोखिम बढाउँछ । विशेषगरी दीर्घरोगी, ज्येष्ठ नागरिक तथा टाढाबाट आएका बिरामीहरुका लागि यो व्यवस्था झन् कष्टकर बन्न सक्ने देखिएको छ । उनीहरुलाई बसोबास, खाना र अन्य खर्च थपिनुका साथै मानसिक तनाव पनि बढ्ने सम्भावना रहन्छ ।

यस्तै अस्पतालको मेरुदण्ड मानिने नर्सिङ स्टाफहरुको ड्युटी तालिका मिलाउनु पनि चुनौतीपूर्ण देखिएको छ । पहिलेको एक दिनको बिदा प्रणालीमा सिफ्ट व्यवस्थापन सहज थियो भने अब दुई दिनको बिदा हुँदा निरन्तर सेवा दिन पर्याप्त जनशक्ति मिलाउनु कठिन देखिएको छ । आकस्मिक सेवा, वार्ड व्यवस्थापन, सघन उपचार कक्ष (ICU) लगायत क्षेत्रमा २४ घण्टा सेवा आवश्यक पर्छ ।

तर दुई दिनको बिदाले कामको चाप केही दिनमा थुप्रिने र कर्मचारी थकान बढ्ने जोखिम छ । यसले सेवा गुणस्तरमा समेत असर पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ। अझ सबैभन्दा गम्भीर असर शल्यक्रिया (ओटि सेवा) मा देखिने सम्भावना छ । आइतबार ओटि सेवा बन्द हुँदा नियमित सर्जरीका लागि पालो पर्खिरहेका बिरामीहरुको प्रतीक्षा समय अझै लम्बिने देखिएको छ ।

ADVERTISEMENT

यसले उपचारमा ढिलाइ मात्र होइन, कतिपय अवस्थामा बिरामीको अवस्था जटिल बन्ने जोखिम पनि बढाउँछ । क्याथ ल्याब र इन्डोस्कोपी जस्ता अत्यावश्यक सेवाहरु पनि आइतबार बन्द हुँदा बिरामीले समयमै सेवा नपाउने अवस्था आउने देखिन्छ । यी सेवाहरू प्रायः समयमै नगरे रोग गम्भीर बन्ने सम्भावना रहने भएकाले यसको असर अझ संवेदनशील हुन सक्छ ।

जस्तै नेपालगन्जस्थित भेरी अस्पतालमा हालसम्म आइतबार सर्जरी र ग्यास्ट्रो सम्बन्धी शल्यक्रिया सेवा सञ्चालन हुँदै आएको थियो । यसले धेरै बिरामीलाई छिटो उपचार पाउन सहयोग पु¥याएको थियो । तर, नयाँ बिदा प्रणाली लागू भएपछि यस्ता सेवाहरू आइतबार बन्द गर्नुपर्ने अवस्था आएमा बिरामीको चाप अन्य दिनमा बढ्ने निश्चित देखिन्छ।

यसले अस्पतालको कार्यभार असन्तुलित बनाउने मात्र होइन, सेवाको प्रभावकारितामा पनि असर पार्न सक्छ। अस्पतालहरुलाई अन्य सरकारी कार्यालयजस्तै बिदा प्रणालीमा राख्नु उपयुक्त नहुन सक्छ। बरु ‘रोटेशनल ड्युटी’ वा ‘शिफ्ट–आधारित सेवा’लाई अझ प्रभावकारी बनाउँदै नियमित सेवा सुनिश्चित गर्नुपर्ने आवश्यकता छ।

केहीले अस्पतालका अत्यावश्यक सेवा जस्तै ओटि, क्याथ ल्याब, इन्डोस्कोपी लाई बिदाको दिन पनि सञ्चालन गर्ने छुट्टै व्यवस्था गर्न सुझाव दिएका छन्। साथै, जनशक्ति थप, व्यवस्थापन सुधार र सेवा प्रवाहको डिजिटल प्रणाली सुदृढीकरणमार्फत समस्या कम गर्न सकिने देखिन्छ।

सरकारको दुई दिने बिदा निर्णय प्रशासनिक र शैक्षिक क्षेत्रमा सकारात्मक देखिए पनि स्वास्थ्य सेवा क्षेत्रमा भने यसको प्रभाव गम्भीर रुपमा देखिने जोखिम बढाएको छ। बिरामीको उपचारमा ढिलाइ, सेवा पहुँचमा अवरोध र स्वास्थ्यकर्मीमाथि थप दबाब जस्ता चुनौतीहरु तत्काल समाधान नगरे दीर्घकालीन समस्या बन्न सक्ने अवस्था आउन सक्छ । त्यसैले, स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा नीति लागू गर्दा विशेष व्यवस्थापन गर्न जरुरी छ।

Share156Tweet98SendShare
Previous Post

किरण नालामा थप पुल निर्माण सुरु

Next Post

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप
खेल

नेपालगञ्जमा सुरु भयो प्रथम मेयर राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप

४:२८ बिहान, अशोज २, २०८३
मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध
अपराध

मार्करभित्रको ब्राउन सुगरले खोल्यो ठूलो कडी, बसदेखि घरको दराजसम्म पुग्दा भेटियो ५१ ग्राम लागूऔषध

१०:२१ बिहान, भदौ ३१, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

४० ग्राम ब्राउन सुगरसहित नेपालगन्जबाट एक जना पक्राउ

६:५७ बिहान, भदौ ३१, २०८३
बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो
मुख्य समाचार

बाढी प्रभावितका लागि जसपाले प्रधानमन्त्री राहत कोषमा २१ लाख दियो

७:५५ बिहान, भदौ ३०, २०८३
सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र
मुख्य समाचार

सिक्टा पाँच वर्षभित्र सक्ने लक्ष्य, ३० नयाँ बोलपत्र

२:५७ बिहान, भदौ ३०, २०८३
लागूऔषधसम्बन्धी मुद्दामा राम जी सोनी भारतीय प्रहरीको नियन्त्रणमा
अन्तर्राष्ट्रिय

लागूऔषध मुद्दामा पक्राउ परेका पत्रकार सोनी २० हजारको बन्धपत्रमा रिहा

५:५२ बिहान, भदौ २९, २०८३
दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीको अभियान : छड्के जाँचमा ६ जनालाई कारवाही
दुर्घटना

बाँकेमा बढ्दै सवारी दुर्घटना : तीव्र गति र चालकको लापरवाही मुख्य कारण

१:५० बिहान, भदौ २८, २०८३
खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?
मुख्य समाचार

खगेन्द्र सुनारको प्रश्न : ‘जुत्ता–मोजा खाने’ आईजीपीमाथि छानबिन किन हुँदैन?

६:५९ बिहान, भदौ २६, २०८३
Next Post
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

ओली र लेखकमाथि २६ चैतभित्र अनुसन्धान सक्न सर्वोच्चको आदेश

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

बाँकेमा अवैध नदीजन्य उत्खनन बढ्दो, समन्वय समितिको अनुगमन

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?