ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत

News Desk by News Desk
३:३३ बिहान, बैशाख १३, २०८३
बाँकेमा तरकारीमा विषादी अवशेष घट्दो, किसान सचेत
395
सेयर
395
VIEWS
ShareTweetSendShare

बाँके वैशाख १३ गते ।
बाँकेमा व्यावसायिक रूपमा तरकारी उत्पादन गर्दै आएका किसानहरू विषादी प्रयोगबारे क्रमशः सचेत बन्दै गएका छन्। नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि ल्याइने हरियो तरकारीमा विगतमा देखिँदै आएको विषादी अवशेष यस वर्ष हालसम्म फेला नपरेको सम्बन्धित निकायले जनाएको छ।

कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नियमित नमूना परीक्षणका क्रममा विषादीको मात्रा भेटिएका तरकारी जफत गरी किसानलाई सचेत गराउने गरिएको छ। यसले किसानहरूलाई विषादी प्रयोगमा सावधानी अपनाउन प्रेरित गरेको उनले बताइन्।

भारतबाट आयात हुने तरकारी भन्सार बिन्दुमै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा परीक्षण गरिन्छ भने रानी तलाउ तरकारी बजारमा पुनः नमूना परीक्षण गर्ने व्यवस्था छ। सार्वजनिक बिदा बाहेक प्रायः दैनिक रूपमा परीक्षण हुने गरेको अध्यक्ष थापा क्षेत्रीले जानकारी दिइन्।

बेमौसमी तरकारी उत्पादनका क्रममा किसानले कीरा नियन्त्रणका लागि विषादीको प्रयोग बढाउने गरेको पाइन्छ। पुस–माघमा उत्पादन हुने मौसमी सागसब्जीमा विषादीको मात्रा न्यून देखिए पनि बेमौसमी तरकारीमा अवशेषको सम्भावनालाई ध्यानमा राख्दै परीक्षणमा विशेष चासो दिइँदै आएको उनले बताइन्। हाल बजारमा जिल्लाकै किसानद्वारा उत्पादित तरकारीको आपूर्ति बढेको छ। भारतबाट आयात गर्दा लागत बढ्ने भएकाले स्थानीय उत्पादनले बजार पाएको जनाइएको छ।

सम्बन्धित समाचार

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

केन्द्रीय कृषि प्रयोगशालाको नेपालगञ्जस्थित प्रतिनिधि नायब प्राविधिक सहायक गौरव चौधरीका अनुसार विषादी प्रयोग गरेको तरकारी तुरुन्तै टिपेर बजारमा ल्याउँदा अवशेषको मात्रा बढी देखिने गर्छ। परीक्षणका क्रममा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भएका वस्तुलाई ‘ग्रीन लेबल’ दिइन्छ, जुन उपभोगका लागि उपयुक्त मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म भए ‘येलो लेबल’ दिइन्छ र केही दिन क्वारेन्टिनमा राखेर पुनः परीक्षण गरिन्छ। ४५ प्रतिशतभन्दा माथि भए ‘रेड लेबल’ दिइँदै उपभोग अयोग्य ठहर गरिन्छ।

प्रयोगशालाको तथ्याङ्कअनुसार विगतमा बाँकेको हिरमिनिया र बाबुगाउँ क्षेत्र तथा भारतबाट आयात गरिएका तरकारीमा उच्च मात्रामा विषादी अवशेष भेटिने गरेकोमा हाल सुधार आएको देखिएको छ। तरकारी तथा फलफूलमा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ समूहका विषादीहरूको परीक्षण गरिन्छ। नेपालगञ्जमा २०७९ मङ्सिरदेखि यस्ता वस्तुको विषादी नमूना परीक्षण सुरु गरिएको हो।

ADVERTISEMENT
Share158Tweet99SendShare
Previous Post

लागुऔषध कारोबारी पक्राउ गर्न ३ राउण्ड गोली प्रहार

Next Post

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा चैते धान रोपाइँ
कृषि

बाँकेमा ६० प्रतिशत धान रोपाइँ, गत वर्षको तुलनामा १२ प्रतिशतले घट्यो

२:३० बिहान, साउन २, २०८३
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु
कृषि

पर्याप्त वर्षा नहुँदा बाँकेमा ३५ प्रतिशत मात्र धान रोपाइँ

७:५० बिहान, असार २४, २०८३
देशभर ७८.८४ प्रतिशत भूभागमा धान रोपाइँ
कृषि

लुम्बिनीमै सबैभन्दा कम धान रोपाइँ बाँकेमा, मात्र ०.५ प्रतिशत सम्पन्न

२:३८ बिहान, असार १५, २०८३
चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार
कृषि

चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै, जानकीमा उत्पादन र आम्दानी दुवैमा सुधार

८:५२ बिहान, जेष्ठ २८, २०८३
७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित
आर्थिक

७० प्रतिशत अनुदानमा डिजिटल तराजु पाएपछि बैजनाथका किसान उत्साहित

८:०९ बिहान, जेष्ठ २८, २०८३
कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि
कृषि

कृत्रिम जलाशयले कर्जाहीका किसानको आम्दानीमा वृद्धि

१०:५० मध्यान्ह, बैशाख ३, २०८३
बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै
कृषि

बाँकेमा गहुँबाली भित्र्याउने चटारो : मेहनत, आशा र मौसमको चिन्ता सँगै

३:५१ बिहान, चैत्र २५, २०८२
बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन
कृषि

बाँकेमा किसान मौर्यद्वारा ८०० क्विन्टल आलु बिउ उत्पादन

६:३६ बिहान, चैत्र २१, २०८२
Next Post
नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

नहरमा फँस्दै वन्यजन्तु : उद्धार पनि, चोरी सिकारी पनि बढ्दो

पश्चिम नेपालको स्वास्थ्य हब बन्दै नेपालगन्ज

बाँकेमा तापक्रम उकालो, बजार सुनसान बन्दै

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

नेपालगन्जमा कानुन व्यवसायीमाथि हातपात

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?