ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ खेल

राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै

News Desk by News Desk
११:२७ मध्यान्ह, बैशाख १५, २०८३
राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता नेपालगन्जमा हुँदै
625
सेयर
625
VIEWS
ShareTweetSendShare

बाँके वैशाख १६ गते ।
बाँकेको सुनर इभेन्ट प्रा.लिको आयोजनामा नेपालगन्जमा राष्ट्रिय स्तरको रात्रिकालीन क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता वैशाख २५ गतेदेखि सुरु हुने आयोजकले नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

राति साढे ७ बजेदेखि मध्यराति १२ बजेसम्म सञ्चालन हुने प्रतियोगितामा कम्तीमा ४० टिम सहभागी हुने अपेक्षा गरिएको छ । प्रतियोगितामा सहभागी हुन इच्छुक टिमले वैशाख १६ देखि २३ गतेसम्म नाम दर्ता गराउन सक्नेछन् । प्रत्येक टिमका लागि ११ हजार रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको आयोजकले जनाएको छ ।

सुनर इभेन्ट प्रा.लिका अध्यक्ष नरपतिनाथ योगीका अनुसार प्रतियोगितामा प्रथम हुने टिमलाई १ लाख रुपैयाँ र द्वितीय हुने टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ । ‘म्यान अफ द सिरिज’ लाई एनएस बजारको तर्फबाट मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ भने ‘म्यान अफ द म्याच’ लाई कृष्टल विद्यालयले ११ हजार रुपैयाँ नगद प्रदान गर्ने घोषणा गरेको छ ।नेपालगन्ज बसपार्क नजिक, विद्युत प्राधिकरणको परिसर छेउमा रहेको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताका लागि करिब ८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा देशभरका टिमहरू सहभागी हुन पाउनेछन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष योगीले नेत्रहीन संघमा अध्ययनरत विद्यार्थीहरूको सहयोगार्थ प्रतियोगिता आयोजना गरिएको जानकारी दिए । उनका अनुसार खेलबाट बचत हुने रकम विद्यार्थीहरूको शैक्षिक सुधारमा खर्च गरिनेछ ।

सम्बन्धित समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

नेत्रहीन संघका सल्लाहकार खेम रानाले श्रवण तथा दृष्टिविहीन बालबालिकाको शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै सामाजिक उद्देश्यसहितको यस्तो कार्यक्रमको प्रशंसा गरे । उनले संविधान, शिक्षा नीति तथा अपाङ्गता सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिहरूले समेत समावेशी शिक्षालाई प्राथमिकता दिएको उल्लेख गर्दै राज्यले यसतर्फ थप ध्यान दिनुपर्ने बताए ।

राष्ट्रिय खेलकुद परिषद्का वरिष्ठ प्रशिक्षक दिपेन्द्र प्रताप सिंहले टेनिस क्रिकेटभन्दा लेदर बल क्रिकेट बढी उपलब्धिमूलक हुने बताए पनि नेपालगन्जमा हुन लागेको यस रात्रिकालीन प्रतियोगिताले सामाजिक सन्देश प्रवाह गर्ने भएकाले सफल हुने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा सुनर इभेन्टका सञ्चालक प्रेम सिंह, कृष्टल विद्यालयका संस्थापक संजय जप्रेल, मुस्ताक अन्सारीलगायतले पनि आ–आफ्ना धारणा व्यक्त गरेका थिए ।

ADVERTISEMENT
Share250Tweet156SendShare
Previous Post

डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प

Next Post

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता
मुख्य समाचार

हिन्दु–मुस्लिम समुदायको संयुक्त श्रद्धाञ्जली सभा, सामाजिक सद्भाव कायम गर्ने प्रतिबद्धता

६:५० बिहान, साउन २१, २०८३
पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ
अपराध

पत्रकारको परिचयपत्र बोकेका यादवसहित तीन जना ब्राउनसुगरसहित पक्राउ

४:२२ बिहान, साउन २१, २०८३
लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ
अपराध

लहानमा पेस्तोल र म्याग्जिनसहित तीन जना पक्राउ

४:२५ बिहान, साउन २०, २०८३
दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा
मुख्य समाचार

दुई वर्षदेखि थन्किएको भेरीको सिटी स्क्यान मेसिन सञ्चालनमा

४:१३ बिहान, साउन १९, २०८३
समाचार प्रभाव : अरबी खाँ हत्या आरोपित अफजल करिव दुई वर्षपछि पक्राउ
अपराध

५२६ ग्राम ब्राउन सुगरसहित ५ लाखभन्दा बढी नगद बरामद, नेपालगन्जमा दुई जना पक्राउ

१०:३० बिहान, साउन १८, २०८३
नेपालगन्ज नाकाबाट ७५ करोडभन्दा बढीको जडीबुटी निकासी
आर्थिक

नेपालगन्ज नाकाबाट ३७ लाख किलो जडीबुटी निर्यात

१:५२ बिहान, साउन १८, २०८३
रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक
अन्तर्राष्ट्रिय

रुपैडिहा बसपार्कमा नेपाली यात्रुलाई झम्टिन्छन् ई–रिक्सा चालक

१:३३ बिहान, साउन १८, २०८३
अपराध

३८ ग्राम ब्राउन सुगरसहित बाँकेमा दम्पती पक्राउ

७:४१ बिहान, साउन १७, २०८३
Next Post
तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

तीन अर्ब बढी लागतको टर्मिनल भवन सञ्चालनमा, सटल बस सेवासमेत सुरु

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

कुकुरले मारे महेन्द्र पार्कमा रहेको चिडियाखानाका चार चित्तल हेरचाहामा हेलचक्र्याई गर्ने कर्मचारी र ठेकेदारलाई कारवाहीको माग

लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु

लुम्बिनीमा अतिक्रमित सरकारी जमिन फिर्ता अभियान सुरु

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?