ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ विचार/अन्तर्वार्ता

सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’

News Desk by News Desk
१:२७ बिहान, साउन १६, २०८३
सुनसरी घटनापछि मेराज अहमद हिमालयको अपिल : ‘हामी सबैभन्दा पहिले नेपाली हौँ’
396
सेयर
396
VIEWS
ShareTweetSendShare

बाँके, साउन १६ गते ।
सुनसरी घटनापछि उत्पन्न परिस्थितिप्रति दुःख व्यक्त गर्दै समाजसेवी तथा नेपालगन्जका व्यवसायी मेराज अहमद हिमालयले राष्ट्रिय एकता, सामाजिक सद्भाव र संयमता कायम राख्न अपिल गरेका छन्।

हिमालयले घटनामा ज्यान गुमाएका नेपालीप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। साथै, घटनाका क्रममा आगजनी, तोडफोड तथा हिंसाबाट घर, व्यवसाय र सम्पत्तिमा क्षति बेहोरेका नागरिकलाई तत्काल राहत, उचित क्षतिपूर्ति र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

उनले घटनामा संलग्न दोषीको पहिचान जात, धर्म, समुदाय, वर्ग, लिंग वा राजनीतिक पहुँचका आधारमा नभई निष्पक्ष अनुसन्धानबाट हुनुपर्ने बताएका छन्। दोषी जोसुकै भए पनि कानुनबमोजिम कारबाही गर्नुपर्ने उनको माग छ।

हिमालयले हिंसा भड्काउने, सामाजिक विभाजन बढाउने र शान्ति तथा सद्भावमा आघात पु¥याउने गतिविधिप्रति सचेत रहन नागरिकलाई आग्रह गरेका छन्। उनका अनुसार अफवाह, उक्साहट र कुनै समूहको स्वार्थको साधन बन्ने प्रवृत्तिले समाजमा अविश्वास र द्वन्द्व बढाउन सक्छ।

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

आत्महत्या र रोकथामका उपायहरु

‘हामी सबैभन्दा पहिले नेपाली हौँ,’ उनले भनेका छन्, ‘त्यसपछि मात्र हाम्रो धर्म, जात, भाषा, संस्कृति वा समुदायको पहिचान आउँछ। हाम्रो साझा पहिचान र मातृभूमि नेपाल हो।’

उनले नेपाली समाज लामो समयदेखि आपसी मेलमिलाप र सहअस्तित्वमा अघि बढ्दै आएको उल्लेख गर्दै समुदायबीच फाटो ल्याउने कुनै पनि प्रयास देशको हितमा नहुने बताएका छन्।

धर्मका नाममा हुने हिंसाप्रति पनि उनले आपत्ति जनाएका छन्। धर्मले घृणा, हिंसा र निर्दोषको रगत बगाउन नसिकाउने उल्लेख गर्दै उनले धर्मको नाममा हिंसा फैलाउने गतिविधिले अन्ततः निर्दोष नागरिकलाई नै पीडा दिने बताएका छन्।

ADVERTISEMENT

‘ज्यान गुमाउने पनि हाम्रै दाजुभाइ, घाइते हुने पनि हाम्रै आफन्त र जल्ने सम्पत्ति पनि हाम्रै नेपालीहरूको हुन्छ,’ उनको अपिलमा भनिएको छ।

हिमालयले कुनै पनि किसिमको ‘प्रोक्सी’ गतिविधि वा बाह्य स्वार्थको प्रभावमा परी नेपाली–नेपालीबीच विभाजन र द्वन्द्व सिर्जना नगर्न आग्रह गरेका छन्। उनले अफवाह र घृणात्मक अभिव्यक्तिको पछि नलागी सत्य–तथ्य बुझ्न, कानुनको सम्मान गर्न र राष्ट्रिय एकताको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन्।

उनले शान्त, सुरक्षित र समृद्ध नेपाल निर्माणका लागि संयमता, आपसी सम्मान, राष्ट्रिय एकता, सद्भाव र कानुनप्रतिको विश्वासलाई बलियो बनाउनुपर्ने बताएका छन्।

‘आफ्नै घरमा आगो लगाएर कसैले पनि उज्यालो पाउँदैन,’ हिमालयले भनेका छन्, ‘त्यसले केवल आफ्नै भविष्यलाई खरानी बनाउँछ।’

अपिलको अन्त्यमा उनले राष्ट्रिय एकता, शान्ति, सद्भाव र भाइचारा कायम राख्न सबै नेपालीलाई आह्वान गरेका छन्।

Share158Tweet99SendShare
Previous Post

स्थायी तटबन्धले राप्ती किनारका बस्तीमा घट्यो बाढीको त्रास

Next Post

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?
विचार/अन्तर्वार्ता

मौद्रिक नीति र अर्थतन्त्रको निष्क्रिय रक्तसञ्चार : के नेपालले रणनीतिक सुधार गर्न सक्ला ?

७:५४ बिहान, असार ४, २०८२
आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?
विचार/अन्तर्वार्ता

आथ्र्रोस्कोपी सर्जरी भनेको के हो ? यो कसरी गरिन्छ ?

२:०१ बिहान, अशोज २, २०८१
आत्महत्या र रोकथामका उपायहरु
विचार/अन्तर्वार्ता

आत्महत्या र रोकथामका उपायहरु

८:१० बिहान, भदौ २५, २०८१
धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना
मुख्य समाचार

धमाधम कार्यान्वयनमा आउँदै पूर्व मन्त्री राईका योजना

२:१९ मध्यान्ह, माघ २७, २०८०
मैले देख्न नसकेको विभेद
विचार/अन्तर्वार्ता

मैले देख्न नसकेको विभेद

९:१८ बिहान, पुस १३, २०८०
दुषित पुर्वाग्रही निर्णय !
मुख्य समाचार

दुषित पुर्वाग्रही निर्णय !

९:४० मध्यान्ह, मंसिर २८, २०७९
बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई
मुख्य समाचार

बाँके २ मा लगातार दुई पटक जित्ने इतिहास मैले रच्दैछु : इश्तियाक राई

१०:५० बिहान, मंसिर १, २०७९
नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने
विचार/अन्तर्वार्ता

नेपालमा लगानी गर्न चिली इच्छुक, नेपाल चेम्बर अफ कमर्सले सहकार्य गर्ने

१०:१० मध्यान्ह, जेष्ठ २४, २०७९
Next Post
नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

नेपालगञ्जमा सद्भाव र्‍याली : ‘सद्भाव कायम भए मात्र समृद्धिको परिकल्पना गर्न सकिन्छ’

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?