लुम्बिनी, भदौ ५ गते ।
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ को पहिलो चौमासिकका लागि अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ।
बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको अस्थायी संगठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा स्वास्थ्य मन्त्री रामजीप्रसाद घिमिरेले बताए।
बैठकले नयाँ तलबमानअनुसार प्रोत्साहन भत्ताको रकम कायम गर्ने निर्णयसमेत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले पेस गरेको प्रस्तावका आधारमा प्रोत्साहन भत्ताको रकम कायम गरिएको घिमिरेले बताए।













Discussion about this post