ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि बाँके प्रशासनको तयारी तीव्र

सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन, जोखिमयुक्त क्षेत्रको पहिचान र स्थानीय तहलाई स्रोतसाधन व्यवस्थापन गर्न आग्रह

News Desk by News Desk
२:२६ बिहान, अशोज ७, २०८३
बाँकेका सरकारी कार्यालय बिहान ९ बजेदेखि सञ्चालन, अनुगमन जारी
406
सेयर
406
VIEWS
ShareTweetSendShare

बाँके, असोज ७ गते ।
सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्को जोखिमलाई ध्यानमा राख्दै बाँके प्रशासनले विपद् न्यूनीकरण, प्रतिकार्य तथा उद्धारको पूर्वतयारीलाई तीव्र पारेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना औँल्याएपछि जिल्ला प्रशासन कार्यालय बाँके र सुरक्षा निकायले विपद् व्यवस्थापनको तयारी अघि बढाएका हुन्।

जिल्लामा सम्भावित जोखिम न्यूनीकरणका लागि सरकारी कार्यालयका प्रमुख तथा सरोकारवाला निकायसँग समन्वय गरी पूर्वतयारी थालिएको बाँकेका प्रमुख जिल्ला अधिकारी दीलकुमार तामाङले बताए।

उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कमान्ड पोस्टलाई तयारी अवस्थामा रहन निर्देशन दिइएको छ। सम्भावित विपद्का घटनामा तत्काल प्रतिकार्य र उद्धार गर्न जनशक्ति तथा आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखिएको उनले बताए।

सम्बन्धित समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

‘सम्भावित जोखिमयुक्त क्षेत्र, विशेषगरी विगतमा बाढी र डुबान हुने स्थानको पहिचान गरी जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरेका छौं,’ उनले भने, ‘जोखिमयुक्त क्षेत्रका बासिन्दालाई पूर्वसूचनामार्फत सचेत गराउने काम पनि भइरहेको छ।’

जिल्ला प्रशासन कार्यालयले विपद्सँग सम्बन्धित सरकारी कार्यालय तथा संस्थाका विपद् फोकल पर्सनसँग छलफल गरी सम्भावित जोखिम र प्रतिकार्य योजनाबारे आवश्यक समन्वय गरिरहेको तामाङले बताए।

जिल्ला विपद् व्यवस्थापन समितिले पनि मनसुनजन्य विपद्बाट हुन सक्ने क्षति न्यूनीकरणका लागि जिल्लाका सबै स्थानीय तह र सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार मौसम पूर्वानुमानलाई आधार बनाएर जिल्लाका आठवटै स्थानीय तहलाई पूर्वतयारी र आवश्यक स्रोतसाधन व्यवस्थापन गर्न सूचित गरिएको छ। जोखिमयुक्त बस्ती तथा क्षेत्रमा आवश्यक सतर्कता अपनाउन र विपद् आइपरे तत्काल प्रतिकार्य गर्न स्थानीय तहलाई आग्रह गरिएको उनले बताए।

यसैबीच, जिल्लास्थित सुरक्षा निकायले विपद् व्यवस्थापनका लागि आवश्यक जनशक्ति तयारी अवस्थामा राखिएको जनाएका छन्। बाढी, डुबानलगायतका सम्भावित घटनामा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक उपकरण, स्रोतसाधन र जनशक्ति परिचालनका लागि तयारी गरिएको सुरक्षा निकायले बताएका छन्।

उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउन सुरक्षा निकायले सम्बन्धित निकाय तथा स्थानीय तहसँग आग्रह गरेका छन्।

Share162Tweet102SendShare
Previous Post

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

Next Post

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

भारी वर्षाको पूर्वानुमानपछि असोज ९ देखि ११ गतेसम्म नेपालगन्जका विद्यालय बन्द

४:४७ बिहान, अशोज ८, २०८३
सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’
मुख्य समाचार

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

१०:५३ बिहान, अशोज ७, २०८३
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ
अपराध

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

५:२५ बिहान, अशोज ७, २०८३
बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु
मुख्य समाचार

बाँकेमा एक वर्षमै ८२४ विपद्का घटना, सडक दुर्घटनामा मात्रै ६९ जनाको मृत्यु

१:५७ बिहान, अशोज ७, २०८३
लुम्बिनी प्रदेश सभामा बलात्कारीलाई फाँसी दिन माग
मुख्य समाचार

अम्बिका काफ्लेलाई पदमुक्त गर्ने निर्णयमा सर्वोच्चको रोक

६:३८ बिहान, अशोज ६, २०८३
बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन
मुख्य समाचार

बाँकेमा रगत अभाव बढेपछि ६३ पिन्ट रगत संकलन

३:१९ बिहान, अशोज ६, २०८३
राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?
मुख्य समाचार

राजस्व लिने उपमहानगर, संरक्षणमा बेवास्ता : कान्तितालको योजना कहाँ ?

३:०९ बिहान, अशोज ६, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन

७:३२ बिहान, अशोज ५, २०८३
Next Post
कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

कोहलपुरको होटलमा अनलाइन जुवाको जालो, ४६ भारतीयसहित ४८ जना पक्राउ

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

सर्वोच्चको आदेशपछि काफ्लेको प्रतिक्रिया : ‘कीर्ते कागजका आधारमा पदमुक्त गर्ने निर्णय गलत थियो’

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?