ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ समाचार

दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ

News Desk by News Desk
१०:३६ मध्यान्ह, अशोज ९, २०८३
दशैं नजिकिएसँगै मूर्ति बनाउन मूर्तिकारलाई भ्याइनभ्याई
372
सेयर
372
VIEWS
ShareTweetSendShare

बाँके, असोज १० गते ।
नेपालीको महान् चाड दशैं नजिकिएसँगै नेपालगन्जका मूर्तिकारलाई माटोका मूर्ति बनाउन भ्याइनभ्याइ भएको छ। सडक किनारका अस्थायी टहरादेखि घरका आँगनसम्म यतिबेला दुर्गालगायत देवीदेवताका मूर्ति बनाउन र सजाउन मूर्तिकार व्यस्त छन्।

तराई क्षेत्रमा घटस्थापनादेखि टोलटोलमा नवदुर्गा भवानीका मूर्ति स्थापना गरी पूजाअर्चना गर्ने परम्परा रहेकाले दशैंअघि काम सक्न मूर्तिकारलाई चटारो परेको हो। पराल, बाँस, माटो, भुस र दाउरा प्रयोग गरेर बनाइएका मूर्तिमा अहिले साजसज्जा र रङरोगनको काम भइरहेको छ।

नेपालगन्ज–८ का अकिंत मिश्रले एक महिनाअघिदेखि नै दुर्गा भवानीका मूर्ति बनाउन थालेको बताए। दुर्गा, लक्ष्मी, गणेश र कार्तिकेयसँगै बाघ, मुसा, राँगा र सर्पका आकृति तयार भइसकेको उनले बताए। ग्राहकले एक महिनाअघिदेखि नै अर्डर गर्ने भएकाले समयमै काम सक्न चटारो हुने उनको भनाइ छ।

मूर्तिमा प्रयोग हुने सजावटका सामग्री र आवश्यक औजार सीमावर्ती भारतीय बजार रुपैडिहाबाट ल्याउने गरिएको मिश्रले बताए।

सम्बन्धित समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

नेपालगन्ज–६ का सन्दीपकुमार वंसकार पनि पुख्र्यौली पेसालाई निरन्तरता दिँदै मूर्ति निर्माणमा व्यस्त छन्। उनले सडक किनारको अस्थायी टहरामा सयौँ मूर्ति तयार पारिरहेका छन्। उनका अनुसार एउटा मूर्ति २० हजारदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री हुने गरेको छ भने प्रतिमूर्तिबाट करिब ४ देखि ५ हजार रुपैयाँसम्म नाफा हुने गरेको छ।

वंसकारले आफू मात्रै नभई थप छ जनालाई रोजगारीसमेत दिएका छन्। कामदारलाई १० हजारदेखि २० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गरिएको उनले बताए।

मूर्तिकारहरूले संगठित संस्था र निश्चित दररेटको अभावमा व्यवसाय सञ्चालनमा समस्या हुने बताएका छन्। आकार, सजावट र ग्राहकअनुसार एउटै प्रकृतिका मूर्तिको मूल्यसमेत फरक हुने गरेको वंसकारले बताए। नियमित ग्राहकलाई छुट दिँदा कतिपय अवस्थामा लागतअनुसारको मूल्यसमेत नपाइने उनको भनाइ छ।

ADVERTISEMENT

बाँकेको नेपालगन्ज, कोहलपुर, जानकी, खजुरा, डुडुवा र नरैनापुर क्षेत्रमा दशैंको भोलिपल्ट दुर्गा झाँकी निकाल्ने परम्परा छ। विभिन्न टोलमा समुदाय मिलेर रकम सङ्कलन गरी वा व्यक्तिगत खर्चमा नवदुर्गा भवानीका मूर्ति स्थापना गर्ने गरिन्छ।

स्थानीय अगुवा सन्तोषकुमार कनोडियाका अनुसार मूर्ति स्थापना भएसँगै टोलका बगियामा रामलीला सुरु हुने र दशैंको रौनक थपिने गरेको छ। मूर्ति स्थापना र रामलीला यहाँको दशैंसँग जोडिएको पुरानो सांस्कृतिक परम्परा भएको उनले बताए।

नवरात्रभर पूजाअर्चना गरिएका मूर्ति दशैंको भोलिपल्ट बाजागाजासहित राप्ती नदीमा लगेर विसर्जन गर्ने गरिन्छ। यससँगै नेपालगन्ज र आसपासका क्षेत्रमा दशैंको धार्मिक तथा सांस्कृतिक गतिविधि थप बढ्ने गरेको छ।

Share149Tweet93SendShare
Previous Post

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

Next Post

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा
समाचार

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

११:०० मध्यान्ह, अशोज ९, २०८३
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

१२:४२ बिहान, अशोज ९, २०८३
भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक
समाचार

भारी वर्षाको सम्भावना : दाङका पाँच सडकमा राति सवारी चलाउन रोक

७:०८ बिहान, अशोज ८, २०८३
भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा
समाचार

भारी वर्षाको जोखिमपछि बाँकेमा विपद् पूर्वतयारी थप कडा

४:१३ बिहान, अशोज ८, २०८३
नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने
समाचार

नेपालगन्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने

५:४७ बिहान, अशोज ५, २०८३
एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो
समाचार

एसपी कुँवरले कमान्ड गरेको नेपाल प्रहरी विशेष सुरक्षा गण नेपालगन्ज देशभरमै उत्कृष्ट बन्यो

३:५९ बिहान, अशोज ५, २०८३
विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने
समाचार

विश्व पर्यटन दिवसमा जमुनाहा नाकामा पर्यटकलाई स्वागत गरिने

८:३३ बिहान, अशोज २, २०८३
कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ
समाचार

कामको प्रलोभनमा भारत लैजाँदै गरेका दुई किशोरीको उद्धार, दुई जना पक्राउ

९:३८ बिहान, अशोज १, २०८३
Next Post
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

यी भू–भागमा हुनेछ आज चट्याङसहित वर्षा

देशभर वर्षाको सम्भावना, लुम्बिनी र सुदूरपश्चिममा अति भारी वर्षाको चेतावनी

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?