ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

सिक्टाको सिँचाइ विस्तारले गति लिँदै, गुरुवागाउँ शाखा नहरका लागि जग्गा अधिग्रहण सुरु

News Desk by News Desk
१:४४ बिहान, अशोज १३, २०८३
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा बजेट अभाव
371
सेयर
371
VIEWS
ShareTweetSendShare

बाँके, असोज १३ गते ।
सिक्टा सिँचाइ आयोजनाले मूल नहरबाट किसानका खेतसम्म पानी पु¥याउन शाखा तथा उपशाखा नहर विस्तारको काम अघि बढाएको छ।

आयोजनाले खजुरा र बैजनाथ गाउँपालिकाका थप क्षेत्रमा सिँचाइ सुविधा विस्तार गर्न गुरुवागाउँ शाखा तथा उपशाखा नहर निर्माणको तयारी तीव्र पारेको हो।

आयोजना निर्देशक राजु आचार्यका अनुसार पश्चिम मूल नहरअन्तर्गत गुरुवागाउँ शाखा तथा उपशाखा नहर निर्माणका लागि आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अघि बढाइएको छ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ अनुसार असोज ८ गते सूचना जारी गर्दै आयोजनाका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया सुरु गरेको हो।

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

जग्गा अधिग्रहणअन्तर्गत खजुरा गाउँपालिका–१, २, ५ र ८ तथा बैजनाथ गाउँपालिका–५ र ६ मा पर्ने जग्गा समेटिएको छ।

आयोजनाका अनुसार सम्बन्धित जग्गाधनी वा कानुनी वारिसले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय वा सिक्टा सिँचाइ आयोजनाको कार्यालयमा निवेदन दिई मुआब्जा दाबी गर्न सक्नेछन्।

अधिग्रहण गरिने जग्गामा घर, गोठ, पर्खाल तथा रुख–बिरुवा भए त्यसको विवरणसमेत निवेदनमा खुलाउनुपर्नेछ। त्यस्ता संरचना तथा रुख–बिरुवा बढीमा एक महिनाभित्र हटाई जग्गा खाली गर्नुपर्ने सूचनामा उल्लेख छ।

ADVERTISEMENT

४२ हजार ७६६ हेक्टरमा सिँचाइको लक्ष्य

सिक्टा सिँचाइ आयोजनाले राप्ती नदीका दुवै भेगमा रहेका खेतीयोग्य जमिनमा भरपर्दो सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ।

आयोजनाका अनुसार पश्चिम मूल नहरबाट राप्ती नदीको पश्चिम भेगका ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरबाट पूर्वी भेगका करिब नौ हजार हेक्टर गरी कुल ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य छ।

हालसम्म करिब २५ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको निर्देशक आचार्यले बताए।

शाखा तथा उपशाखा नहर विस्तार भएपछि मूल नहरबाट पुगेको पानी खेतसम्म पु¥याउने संरचना विकास हुने भएकाले आयोजनाको प्रभाव क्षेत्र पनि विस्तार हुने अपेक्षा गरिएको छ।

यसबाट वर्षामा मात्र निर्भर रहनुपर्ने किसानलाई बाह्रै महिना खेती गर्ने वातावरण बनाउन सहयोग पुग्ने आयोजनाको भनाइ छ।

बजेट बढ्यो

सिक्टा सिँचाइ आयोजनाले चालु आर्थिक वर्ष २०८३/८४ का लागि दुई अर्ब ५५ करोड रुपैयाँ बजेट पाएको छ।

गत आर्थिक वर्ष २०८२/८३ मा एक अर्ब ५७ करोड रुपैयाँ विनियोजन भएकोमा चालु आर्थिक वर्षमा करिब एक अर्ब रुपैयाँ बजेट वृद्धि भएको हो।

आयोजनाअन्तर्गत अहिले डुडुवा शाखा नहर निर्माणको काम भइरहेको छ। सिधनिया, प्रसेनीपुर र अकलघरवा शाखा नहर निर्माणका लागि ठेक्का सम्झौता भई काम अघि बढाइएको निर्देशक आचार्यले बताए।

गुरुवागाउँ तथा अकलघरवा शाखा र उपशाखा तथा पूर्वी मूल नहरका बाँकी कामका लागि पनि पूर्वतयारी भइरहेको उनले जानकारी दिए।

५१ प्रतिशत भौतिक प्रगति

आयोजना निर्देशक आचार्यका अनुसार सिक्टा सिँचाइ आयोजनाको हालसम्म ५१ प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनाको पूर्वाधार निर्माणमा हालसम्म २४ अर्ब रुपैयाँ खर्च भइसकेको उनले बताए।

आर्थिक वर्ष २०६२/६३ मा सुरु भएको आयोजनाअन्तर्गत राप्तीसोनारी गाउँपालिका–१, अगैयास्थित राप्ती नदीमा ३१७ मिटर लामो ब्यारेज निर्माण गरिएको छ।

ब्यारेजमार्फत राप्ती नदीको पानी उपयोग गरी ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य छ।

शाखा तथा उपशाखा नहर विस्तारसँगै मूल नहर नजिक भएर पनि सिँचाइको प्रत्यक्ष लाभ लिन नसकेका क्षेत्रका किसानसमेत लाभान्वित हुने अपेक्षा गरिएको छ। आयोजनाले लक्ष्यअनुसार सिँचाइ क्षेत्र विस्तार गर्न नहर निर्माणसँगै जग्गा व्यवस्थापन, निर्माणको गुणस्तर, समयमै काम सम्पन्न गर्ने क्षमता र पानीको प्रभावकारी वितरणलाई प्राथमिकता दिनुपर्ने देखिन्छ।

Share148Tweet93SendShare
Previous Post

सचिव पौडेलद्वारा नेपालगन्ज रंगशालाको निरीक्षण, दसौं राष्ट्रिय खेलकुदका ६ खेल गराउने तयारी

Next Post

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी
मुख्य समाचार

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

२:०४ बिहान, अशोज १३, २०८३
अपराध

‘हनी ट्र्याप’मा पारेर आपराधिक लाभ लिएको आरोपमा महिला पक्राउ

५:३४ बिहान, अशोज १२, २०८३
नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने
मुख्य समाचार

नेपालगन्ज पर्यटन परिषद्को अध्यक्षमा केशव न्यौपाने

१:२७ बिहान, अशोज १२, २०८३
नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने
खेल

नेपालगन्ज रंगशालामा फ्लडलाइट जडान गरिने

८:३१ बिहान, अशोज १०, २०८३
वर्षाका कारण केही नदीमा सतर्कता तह पार, बाढी र पहिरोको जोखिम बढ्दो
मुख्य समाचार

राप्तीको बाढीले बाँकेका तटीय बस्ती जोखिममा

१०:५२ मध्यान्ह, अशोज ९, २०८३
वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र
मुख्य समाचार

वर्षा बढेसँगै बाँकेमा सशस्त्र प्रहरीको निगरानी तीव्र

११:२१ बिहान, अशोज ९, २०८३
राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
मुख्य समाचार

राप्ती नदीमा पानीको बहाव बढ्न सक्ने, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

८:०८ बिहान, अशोज ९, २०८३
हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव
मुख्य समाचार

हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम बनाउन प्रधानमन्त्री शाहको प्रस्ताव

१२:२७ बिहान, अशोज ९, २०८३
Next Post
करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

करोडौँ खर्चेर बनाइएको सिटी हल सुनसान, भवन कुर्नमै कर्मचारी

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
30°
Sunny
6:10 am6:07 pm +0545
Feels like: 35°C
Wind: 11km/h W
Humidity: 68%
Pressure: 1010.16mbar
UV index: 9
WedThuFri
32°C / 23°C
32°C / 24°C
32°C / 24°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?