ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ कृषि

वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट

News Desk by News Desk
१:०४ बिहान, अशोज १९, २०८३
वर्षा र हावाहुरीले २५ लाखभन्दा बढीको तरकारी नष्ट
370
सेयर
370
VIEWS
ShareTweetSendShare

बाँके, असोज १९ गते ।
लगातारको वर्षा र हावाहुरीका कारण नेपालगन्ज उपमहानगरपालिका–१९ जानकी टोलमा बिक्रीका लागि तयार भएको २५ लाख रुपैयाँभन्दा बढी मूल्यको तरकारी नष्ट भएको छ ।

नेपालगन्जको मुख्य तरकारी पकेट क्षेत्र मानिने जानकी टोलमा ६० परिवारले करिब ३७० कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्दै आएका छन् । तीमध्ये करिब २०० कठ्ठामा लगाइएको तरकारी वर्षा र हावाहुरीका कारण नष्ट भएको अगुवा किसान गोपी यादवले बताए ।

यादवका अनुसार बिक्रीका लागि तयार अवस्थामा रहेको चिचिण्डा, घिरौंला, काँक्रा र लौकासहितका तरकारीमा वर्षा र हावाहुरीले ठूलो क्षति पु¥याएको छ । ‘गाउँका ६० परिवारले ३७० कठ्ठामा तरकारी खेती गरेका थिए,’ उनले भने, ‘त्यसमध्ये करिब २०० कठ्ठाको २५ लाख रुपैयाँभन्दा बढी मूल्यको तरकारी नष्ट भएको छ ।’

उनका अनुसार वर्षाअघि जानकी टोलबाट दैनिक करिब १० क्विन्टल अग्र्यानिक तरकारी नेपालगन्जलगायतका बजारमा पठाउने गरिएको थियो । अहिले उत्पादनमा क्षति भएपछि दैनिक दुईदेखि तीन क्विन्टल मात्रै बजार पठाउन सकिएको उनले बताए ।

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

बिक्रीका लागि खेतमै तयार अवस्थामा रहेको तरकारी नष्ट भएपछि अधिकांश किसान निराश भएका छन् । किसानका अनुसार एकैपटक ठूलो परिमाणमा तरकारी नष्ट हुँदा लगानीसमेत उठाउन समस्या भएको छ ।

जानकी टोलका अर्का किसान भर्री कुर्मीले खेतमा रहेको आधाभन्दा बढी तरकारी नष्ट भएपछि आम्दानी पनि आधामै सीमित हुने अवस्था आएको बताए । ‘तरकारी बेच्ने बेलामै वर्षाले ठूलो क्षति ग¥यो,’ उनले भने, ‘आम्दानी घट्ने भएपछि परिवारको खर्च र खेतीमा गरिएको लगानी कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता बढेको छ ।’

उनका अनुसार वर्षाले तरकारीसँगै आगामी सिजनका लागि ३० कठ्ठामा रोपिएका खुर्सानीका बिरुवा र १० कठ्ठामा लगाइएको टमाटरमा समेत क्षति पु¥याएको छ ।

ADVERTISEMENT

बेमौसमी वर्षा र हावाहुरीका कारण तरकारी खेतीमा ठूलो क्षति पुगेपछि किसानले क्षतिपूर्ति र कृषि बिमाको माग गरेका छन् । युवा किसान सुरज यादवले नष्ट भएको तरकारीको क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरे ।

‘किसानले लगानी गरेर तयार पारेको तरकारी प्राकृतिक विपत्तिका कारण नष्ट भएको छ,’ उनले भने, ‘सरकारले क्षतिको मूल्यांकन गरेर किसानलाई राहत तथा क्षतिपूर्ति दिनुपर्छ । साथै तरकारी खेतीमा बिमा हुने व्यवस्था गर्नुपर्छ ।’

किसान प्रल्हाद धोबी, सुन्दर लोनिया र किसान धोबीले पनि वर्षा र हावाहुरीबाट भएको क्षतिको उचित मूल्यांकन गरी स्थानीय, प्रदेश र संघीय सरकारले किसानलाई सहयोग गर्नुपर्ने माग गरे ।

यसैबीच, कृषि ज्ञान केन्द्र बाँकेले जिल्लाका विभिन्न स्थानमा तरकारीसँगै धान र तोरी खेतीमा समेत क्षति भएको प्रारम्भिक जानकारी आएको जनाएको छ । केन्द्रले क्षतिको विवरण संकलन भइरहेको जनाएको छ ।

कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी सुजिता शर्माले अविरल वर्षा र हावाहुरीका कारण कृषिमा ठूलो क्षति भएको प्रारम्भिक जानकारी आए पनि क्षतिको पूर्ण विवरण प्राप्त हुन बाँकी रहेको बताइन् ।

‘जिल्लाका विभिन्न ठाउँबाट तरकारी, धान र तोरी खेतीमा क्षति भएको जानकारी आएको छ,’ उनले भनिन्, ‘क्षतिको विवरण संकलन भइरहेको छ । पूर्ण विवरण आएपछि मात्र क्षतिको यकिन अवस्था थाहा हुन्छ ।’

Share148Tweet93SendShare
Previous Post

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

Next Post

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै
मुख्य समाचार

कोहलपुरमै रेबिजविरुद्धको खोप सेवा सुरु हुँदै

७:२१ बिहान, अशोज १६, २०८३
डाक्टरमाथि आक्रमण प्रयासको विरोधमा भेरी अस्पतालका सेवा ठप्प
मुख्य समाचार

भेरी अस्पतालमा आन्दोलन र द्वन्द्वका घाइतेले निःशुल्क उपचार पाउने

५:२१ बिहान, अशोज १६, २०८३
बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा
दुर्घटना

बाँकेमा ६२ वटा अतिरिक्त सिट र मुढा हटाइयो, ३५ सवारी कारबाहीमा

८:५८ बिहान, अशोज १५, २०८३
गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत
मुख्य समाचार

गरिबीको दरमा ठूलो अन्तर, बाँकेको नरैनापुरमा ५०.३३ प्रतिशत

८:२२ बिहान, अशोज १५, २०८३
नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त
मुख्य समाचार

नेपालगन्ज उपमहानगर समितिमा किरण कुमार श्रेष्ठ नियुक्त

१२:५८ बिहान, अशोज १५, २०८३
खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो
अपराध

खुकुरी प्रहारको घटनामा एक महिनासम्म आरोपी पक्राउ नपरेको पीडितको गुनासो

८:१२ बिहान, अशोज १४, २०८३
दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द
दुर्घटना

दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुलको पिल्लर भाँचिएपछि आवागमन बन्द

३:२१ बिहान, अशोज १४, २०८३
Next Post
दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

दसैँ–तिहारका लागि नेपालगन्जमा सहुलियत दरमा चामल

एसपी जिसीको कडा निर्देशनपछि गाउँमा पनि पक्राउ पर्न थाले जुवाडे

चाडपर्वमा बाँके प्रहरीको सुरक्षा कडा, एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Partly Cloudy
6:13 am6:00 pm +0545
Feels like: 34°C
Wind: 10km/h SSE
Humidity: 71%
Pressure: 1010.16mbar
UV index: 8
TueWedThu
30°C / 23°C
29°C / 22°C
30°C / 22°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?