ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ मुख्य समाचार

बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा

News Desk by News Desk
८:१६ बिहान, मंसिर २, २०८३
बाँकेबाट राष्ट्रिय जनमत पार्टीको देशव्यापी संगठन विस्तार गर्ने घोषणा
389
सेयर
389
VIEWS
ShareTweetSendShare

बाँके, मंसिर १ गते ।
राष्ट्रिय जनमत पार्टीले आगामी स्थानीय तह निर्वाचनमा बाँकेका आठवटै पालिकामा उम्मेदवारी दिने घोषणा गरेको छ।

पार्टीको पहिलो स्थापना दिवसका अवसरमा मंगलवार नेपालगन्जमा आयोजित कार्यक्रममा पार्टीका संरक्षक इरफान अहमद शेषले यस्तो घोषणा गरेका हुन्। उनले बाँकेबाट सुरु भएको पार्टीलाई देशव्यापी बनाउने अभियानमा आफूहरू लागेको बताए।पार्टीका केन्द्रीय अध्यक्ष रियाज अहमद शेषको अध्यक्षतामा भएको कार्यक्रममा संरक्षक इरफान अहमद शेष प्रमुख अतिथि थिए। कार्यक्रममा केन्द्रीय महासचिव राज सिंह सरदार, उपाध्यक्ष राजेन्द्र गुप्ता, केन्द्रीय सदस्यहरू अब्दुल गफुर खान, जोया शेष, किताबुन निशा, रामनिवास साहु र राजेश वर्मालगायत सहभागी थिए। स्थापना दिवसका अवसरमा केक काटेर खुसीयाली मनाइएको थियो।कार्यक्रममा बोल्दै संरक्षक शेषले बाँकेका नागरिकको अधिकारका लागि राष्ट्रिय जनमत पार्टी स्थापना गरिएको बताए। विगतमा विभिन्न राजनीतिक दल भए पनि बाँकेका नागरिकको समस्या र अधिकारका सवालमा आवाज उठाउने दलको अभाव देखेर नयाँ पार्टी गठन गरेको उनको भनाइ थियो।‘हामीले यो पार्टी बाँकेका लागि मात्रै स्थापना गरेका होइनौँ। यसलाई राष्ट्रिय स्तरको पार्टी बनाएर देखाउने संकल्प गरेका छौँ। त्यसैले पार्टीको नाम राष्ट्रिय जनमत पार्टी राखेका हौँ,’ उनले भने।

उनले राज्यबाट पछाडि पारिएका, उत्पीडनमा परेका र अन्य राजनीतिक दलबाट उपेक्षित नागरिकको पक्षमा पार्टीले काम गर्ने बताए। पहुँच नभएका नागरिक, किसान, मजदुर, रिक्सा चालक र गरिब वर्गको हकअधिकारका लागि पार्टीले संघर्ष गर्ने उनको भनाइ थियो।‘किसानमाथि समस्या पर्दा, मजदुरले अधिकार नपाउँदा र गरिब नागरिक अन्यायमा पर्दा ठूला राजनीतिक दलहरू अगाडि आएनन्। त्यसैले उनीहरूको अधिकारका लागि लड्न हामीले पार्टी स्थापना गरेका हौँ,’ उनले भने।

शेषले एमाले, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले समेत विपन्न नागरिक तथा किसानका समस्या समाधानमा अपेक्षित भूमिका खेल्न नसकेको आरोप लगाए। नागरिकको अधिकारका लागि आफू नेतृत्वको पार्टीले निरन्तर आवाज उठाउँदै आएको उनको दाबी थियो।उनले भ्रष्टाचार र अन्यायविरुद्ध उभिने बताए। भ्रष्टाचार गर्ने व्यक्ति जुनसुकै पक्षको भए पनि पार्टीले विरोध गर्ने उल्लेख गर्दै उनले पार्टीको चुनाव चिह्न बुलडोजर राख्नुको उद्देश्यसमेत अन्याय र भ्रष्टाचारविरुद्धको अभियान भएको बताए।

सम्बन्धित समाचार

जब्दीघाटमा ६७ करोड लागतमा नयाँ पुल बन्ने, ४२ महिनामा निर्माण सक्ने सम्झौता

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास

उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी

‘जहाँ अन्याय हुन्छ, त्यहाँ हामी बुलडोजर लिएर पुग्छौँ। भ्रष्टाचार गर्ने जोसुकै भए पनि त्यसको विपक्षमा उभिन्छौँ,’ उनले भने।स्थापना दिवसकै अवसरमा पार्टीले बाँकेका २३ वटै वडामा वडा इन्चार्जसमेत घोषणा गरेको छ। संगठन विस्तारलाई तीव्रता दिने उद्देश्यले वडा इन्चार्ज तोकिएको शेषले बताए।

उनले आगामी स्थानीय तह निर्वाचनमा बाँकेका आठवटै पालिकामा पार्टीले उम्मेदवार उठाउने जानकारी दिए। बाँकेबाट सुरु भएको पार्टीलाई देशभर विस्तार गर्ने अभियानमा नेता तथा कार्यकर्ता परिचालन गरिने उनले बताए।

ADVERTISEMENT
Share156Tweet97SendShare
Previous Post

जब्दीघाटमा ६७ करोड लागतमा नयाँ पुल बन्ने, ४२ महिनामा निर्माण सक्ने सम्झौता

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

जब्दीघाटमा पुल निर्माणका लागि बजेट सुनिश्चित
मुख्य समाचार

जब्दीघाटमा ६७ करोड लागतमा नयाँ पुल बन्ने, ४२ महिनामा निर्माण सक्ने सम्झौता

१२:१४ बिहान, मंसिर २, २०८३
उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास
मुख्य समाचार

उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै सम्पन्न भयो छठ पर्व, बागेश्वरी तलाउमा देखियो उल्लास

१०:४१ मध्यान्ह, कार्तिक ३०, २०८३
उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी
मुख्य समाचार

उपमहानगरले बेवास्ता गरेको कान्ति ताल सफाइमा जुट्यो श्रम संस्कृति पार्टी

९:०६ मध्यान्ह, कार्तिक २९, २०८३
सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान
कृषि

सहकारीले खरिद सुरु गर्‍यो दश हजार क्विन्टल धान

११:४३ मध्यान्ह, कार्तिक २८, २०८३
१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन
मुख्य समाचार

१० करोड खर्चिएको कान्ति ताल बेहाल, संरक्षणमा उपमहानगर उदासीन

१:१२ बिहान, कार्तिक २७, २०८३
एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल
दुर्घटना

एकै रातमा खरानी बन्यो अमर ओलीको १४ वर्षको मेहनत, तीन करोडभन्दा बढीको क्षति, व्यवसाय पुनः उठाउन सहयोगको अपिल

८:१८ बिहान, कार्तिक २६, २०८३
आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत
मुख्य समाचार

आज भाइटीका मनाइँदै, ११ः०७ बजे उत्तम साइत

११:१९ मध्यान्ह, कार्तिक २५, २०८३
पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण
मुख्य समाचार

पश्चिम राप्तीमा ४८ किलोमिटर तटबन्ध निर्माण, १ हजार ४४० हेक्टर जमिन संरक्षण

१:५८ बिहान, कार्तिक २५, २०८३

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
22°
Clear
6:41 am5:25 pm +0545
Feels like: 22°C
Wind: 5km/h WSW
Humidity: 72%
Pressure: 1014.22mbar
UV index: 0
WedThuFri
27°C / 14°C
28°C / 14°C
28°C / 14°C
Nepalgunj, NP climate ▸
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?