काठमाडौें, मंसिर १२ गते ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न आज पत्रकार सम्मेलन गर्ने भएको छ ।
मंसिर ८ गतेदेखि सुरु भएर शुक्रबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो ।
पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार पत्रकार सम्मेलन आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुनेछ । उनले बैठकका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गरिएको बताए ।
पत्रकार सम्मेलनमा समाचार संकलन तथा सम्प्रेषणका लागि सञ्चारकर्मीलाई आमन्त्रण गरिएको पार्टी कार्यालयले जनाएको छ ।
सभापति गगनकुमार थापाको सभापतित्वमा मंसिर ८ गतेदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार सम्पन्न भएको थियो ।












Discussion about this post