ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ राजनीति

मुस्लिम समुदायको धार्मिक सम्मेलनमा गृह मन्त्रालयको अबरोध

News Desk by News Desk
५:३६ मध्यान्ह, फाल्गुन १, २०७६
380
सेयर
380
VIEWS
ShareTweetSendShare

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

राजविराज फाल्गुन १ गते । सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा हुने भनिएको मुसलमान समुदायको धार्मिक सम्मेलन गर्नलाई गृह मन्त्रालयले रोक लगाएको छ । फागुन ३, ४ र ५ गते हुने भनिएको उक्त कार्यक्रममा मन्त्रालयले रोक लगाएको हो ।
कार्यक्रम गर्न यसअघि गृह मन्त्रालयले अनुमति दिँदा अघि सारेका सर्तहरुको आयोजकले पालना नगरेको कारण कार्यक्रममा रोक लगाइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए ।
शान्ति सुरक्षा र अन्तर्राष्ट्रिय केही विषयमा आयोजकले सर्तहरु पालना गरेनन्,’ गृह प्रवक्ता शर्माले भने, ‘त्यसकारण कार्यक्रम आयोजनामा रोक लगाइएको हो।’
उक्त कार्यक्रममा कम्तिमा दुईलाखभन्दा बढी मुसलमान समुदायका व्यक्तिहरुको उपस्थिती हुने अनुमान गरिएको छ। नेपाल र भारतका मात्र मुसलमान समुदायको उपस्थिति कार्यक्रममा रहने बताइएपनि अन्य मुलुकबाट पनि सहभागी हुनसक्ने सुरक्षा स्रोतको दाबी छ।
गृह मन्त्रालयले रोक लगाउने निर्णय गरेसँगै सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालसहित सुरक्षा निकायका प्रमुखहरु कार्यक्रम आयोजनास्थलमै पुगेर आयोजकलाई कार्यक्रम स्थगन गर्न आग्रह गरेका छन् ।


गृहको निर्देशनपछि हामीले आयोजकलाई कार्यक्रम नगर्न आग्रह गरेका छौं,’ बिहीबार साँझ कार्यक्रमस्थलमै रहेका सप्तरी प्रहरीका प्रवक्ता डीएसपी तिलक भारतीले भने।
गृहको रोकपछि सीमा नाकामा उक्त कार्यक्रमका सहभागीहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ। सप्तरीको कुनौली लगायतका विभिन्न नाका र सुनसरीको भान्टाबारी नाकामा सुरक्षाकर्मीहरुले सम्मेलनमा आउन लागेका सहभागीहरुलाई नेपाल प्रवेश गर्न दिएका छैनन्। विभिन्न नाकामा गरी सयौंको संख्यामा मुसलमानहरु रोकिएका छन्।
फागुन ३ गतेदेखि कार्यक्रम हुने भनिएपनि बिहीबारसम्म मात्र २५ हजारभन्दा बढी सहभागी सम्मेलनस्थलमा आइसकेका छन्। सम्मेलनमा आयोजक समितिका संयोजक मोहम्मद गफुरले बिहीबार दिउँसो प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा अधिकारीहरुको टोली आएर कार्यक्रम नगर्न भनेको बताए।
सबै तयारी भइसकेको छ, कार्यक्रम सुरु हुने दिनमा आइपुग्दा अचानक कार्यक्रममा रोक लगाउनुले हामी आश्चर्यमा परेका छौं,’ संयोजक गफुरले भने। उनले नेपाल र भारतबाहेक अन्य मुलुकका मुसलमान समुदायलाई कार्यक्रममा आमन्त्रण नगरिएको भएपनि आफ्नै तरिकाले अन्य मुलुकका सहभागी आएको भए फर्काउन तयार रहेको बताए।
नेपाल र भारतबाहेक अन्य मुलुकका कोही सहभागी आफैं भिसा लिएर आएका छन् भने हामी फर्काउन तयार छौं,’ संयोजक गफुरले भने, ‘तर अब कार्यक्रममा रोक लगाउनु उचित होइन ।’
उनले आयोजक समितिले बिहीबार साँझ छलफल गरेर मात्रै बाँकी निर्णय लिने जानकारी दिए।
यसैबीच सम्मेलनस्थलमा अहिले ठूलो संख्यामा जनपथ तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ। साभार कान्तिपुर

ADVERTISEMENT
Share152Tweet95SendShare
Previous Post

२५ औं जनयुद्ध दिवस भव्य साथ मनाईयो

Next Post

मुस्लिम समुदायको सम्मेलनमा गृहले लगाएको रोक मुस्लिम आयोगको पहलमा हट्यो

News Desk

News Desk

सबैको सबैभन्दा राम्रो, अनलाईन खोजखबर डटकम

सम्बन्धित समाचार

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर
शिक्षा/स्वास्थ्य

बाँकेमा एचआईभी पुष्टि भएका २९ प्रतिशत उपचारको पहुँचबाहिर

७:१२ बिहान, कार्तिक ९, २०८३
अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड
मुख्य समाचार

अग्रगामी मोर्चा बाँकेको पहिलो बैठक सम्पन्न, एकता र सहकार्यमा जोड

१०:०९ बिहान, अशोज २७, २०८३
बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन
शिक्षा/स्वास्थ्य

बाल संरक्षणका कार्यक्रमबारे राजापुरका दुई विद्यालयमा अनुगमन

७:२७ बिहान, अशोज २५, २०८३
फागुनमा स्थानीय तहको चुनाव गर्ने तयारी, अन्तरजिल्ला मतदानको पनि अध्ययन
मुख्य समाचार

एमालेका चार जनप्रतिनिधिको पद रिक्त

२:२२ बिहान, अशोज २३, २०८३
नेपालमा सेरोटाइप-२ स्वरुपको डेङ्गु अत्यधिक
मुख्य समाचार

बाँकेमा ९० जनामा डेंगु संक्रमण पुष्टि, नेपालगन्जमा लार्भा नष्ट अभियान चलाइने

२:०३ बिहान, अशोज २३, २०८३
कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार
राजनीति

कांग्रेस महाधिवेशन : बाँकेबाट नौ जना केन्द्रीय सदस्यका उम्मेदवार

६:३१ बिहान, अशोज २२, २०८३
एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने
राजनीति

एमाले छाडिन् रचना श्रेष्ठले, राप्रपाबाट राजनीतिक यात्रा अघि बढाउने

२:२१ बिहान, अशोज २२, २०८३
खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण
आर्थिक

खजुरा बाल संरक्षण गृहका बालबालिकालाई शैक्षिक, खाद्यान्न र खेलकुद सामग्री वितरण

७:१६ बिहान, अशोज १८, २०८३
Next Post

मुस्लिम समुदायको सम्मेलनमा गृहले लगाएको रोक मुस्लिम आयोगको पहलमा हट्यो

डिभिजन वन कार्यालयका निमित्त कार्यालय प्रमुख दुई लाख घुस सहित पक्राउ

आफैंलाई गोली हान्दा एक प्रहरी गम्भीर घाइते

Discussion about this post

मौसम रिपोर्ट

Nepalgunj, NP
29°
Sunny
6:25 am5:39 pm +0545
Feels like: 31°C
Wind: 6km/h WSW
Humidity: 54%
Pressure: 1014.9mbar
UV index: 7
TueWedThu
32°C / 18°C
31°C / 21°C
28°C / 20°C
powered by Weather Atlas
Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?