बाँके फागुन १६ गते । नेपालगन्ज जेसिसले आज रक्तदान कार्यक्रम गरेको छ । रक्तसंचार केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा २८ जनाले रगत दिएको कार्यक्रम संयोजक कान्ति शर्माले जानकारी दिनुभयो । यस क्षेत्रमा रगतको अभाव हुन नदिन बर्षमा एकपटक रक्तदान कार्यक्रम गर्दै आएको नेपालगन्ज जेसिजले यो बर्षदेखि बर्षमा ४ पटक रक्तदान गर्ने कार्यक्रम रहेको अध्यक्ष प्रज्वल श्रेष्ठले बताउनुभयो।

जेसीज को मूल मन्त्र “मानवता को सेवा नै जिबनको सर्बोतम कार्य” हो लाई आत्मसाथ गर्दे, जेसीज को चार क्षेत्र मध्य समाजीक क्षेत्रमा आधारित रही रक्तदान कार्यक्रम सम्पन्न भयको हो। नेपालगंज जेसीज वर्ष 2020 का अध्यक्ष जेसी प्रज्वल कुमार श्रेष्ठ ज्यु ले रक्तदान गरि कार्यक्रमको सुभारम्भ गर्नु भयेको थियो। कार्यक्रममा नेपालगन्ज जेसिज, जुनियर जेसिज, पुर्ब अध्यक्ष ज्यु लगायत सन्चार्कर्मि, बिध्यार्थी, व्यापारी, रक्तसंचार केन्द्रका प्राविधिक लाई सहयोग गर्नु भयेकोमा पनि धन्यवाद ब्यक्त गर्नु भयो।










Discussion about this post