ADVERTISEMENT
  • कोभिड-१९
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • ब्यानर
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • सुदुरपश्चिम प्रदेश
विज्ञापनका लागि सम्पर्क
Online Khojkhabar
No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार
Online Khojkhabar
No Result
View All Result
गृह पृष्ठ प्रदेश नं.५

वडाअध्यक्ष माथि धम्कीको आरोप

जावेद अन्सारी by जावेद अन्सारी
५:५० मध्यान्ह, असार १२, २०७७
368
सेयर
368
VIEWS
ShareTweetSendShare

बाँके असार १२ गते ।
नेपालगन्जका एकजना वडाअध्यक्ष माथि धम्कीको आरोप लागेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा रहेको निजी जग्गामा बाटो बनाउन खोज्दा विवादमा वडाअध्यक्ष माथि धम्कीको आरोप लागेको हो । २०४२ सालदेखि बसोबास गर्दै आएका वडा नं १२ का शान्ति शर्माको नाममा रहेको जग्गामा व्यक्तिगत नाममा बाटो निर्माण गर्न खोज्दा विवाद सिर्जना भएको हो ।

२०६० सालमा नगरपालिकाबाट नाप नक्सा गरि घर निर्माण गरेपनि वडा नं। १२ का वडा अध्यक्ष बुद्धिसागर सुवेदीले व्यक्तिगत स्वार्थका लागि बाटो निर्माण गर्न खोजिएको भन्दै बारम्बार विवाद हुँदै आएको छ । सार्वजनिक बाटो निर्माण गर्ने भन्दै वडा अध्यक्ष बुद्धिसागर सुवेदीले बारम्बार सडक निर्माण, चर्पी निर्माण, बाउण्ड्री लगायतमा बाधा पु¥याउँदै आएको शान्तिले शुक्रवार पत्रकार सम्मेलन गरि जानकारी गराउनुभयो ।

पावरको भरमा बारम्बार दुख दिदै आएको समेत शान्तिले गुनासो गर्नुभयो । मेरो नाममा रहेको जग्गामा आफुखुसी रुख काट्न लगाउनु, चर्पीको ट्याङकी भड्काउनु, निजी जग्गा हुँदै मनोमानी तरिकाले पक्की सडक निर्माण गर्नु कदापी सहन नसकिने उहाँले धारणा राख्नुभयो । व्यक्तिगत स्वार्थका लागि वडा अध्यक्ष सुवेदीले बारम्बार दुख दिने गरेको शान्तिले भन्नुभयो । एक जनाको लागि मेरो व्यक्तिगत जग्गा कसरी सडक प्रायोजनको लागि दिने उहाँले भन्नुभयो ।

सार्वजनिक जग्गा भैदिएको भए खुसी खुसी जग्गा दिन तयार हुन्थे उहाँले भन्नुभयो । वडा अध्यक्ष सुवेदीले जसरी पनि बाटो बनाएर देखाउने भन्दै धम्काउने गरेको र गाली गलौज पनि बारम्बार गर्ने गरेको पिडित शान्तिले बताउनुभयो । बर्षौ पुरानो लगाएका ३ वटा सिसौको रुख, २ वटा बयरको रुख र १ वटा बेलौतीको रुख काटी जवरजस्ती लगेको हुनाले अदालतमा निषेधाज्ञा मुद्दा दर्ता समेत दर्ता गरेको उहाँले बताउनुभयो ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

वडा नं। १२ मा मेरो राज चल्छ, मैले चाहे भने जे पनि हुन्छ भन्दै वडा अध्यक्ष सुवेदीले धम्काउने गरेको उहाँले बताउनुभयो । अदालतले पनि शान्ति शर्माको अनुमति विना बाटो निर्माण नगर्न आदेश दिएपनि आदेशको पालना नगरि शान्तिको जग्गा हकभोग स्वामित्वको जग्गा एकतर्फि रुपमा च्यापी ठुलो नोक्सानी पु¥याइ अन्याय गरेको शान्तिले पत्रकार सम्मेलन गरि भन्नुभयो ।

वडा अध्यक्ष सुवेदीले बारम्बार शारिरिक र मानसिक यातना दिदै आएको हुनाले कतिन्जेल सहेर बस्नु भन्दै पत्रकार सम्मेलन गरेको उहाँले भन्नुभयो । शान्तिको घर दक्षिण तर्फ रहेको र बामदेव गौतम भन्नेको घर खाली जग्गा प्रति जग्गा प्लटिङ गरि बढि मुल्य असुल उपर गरि बाँडीचुडी खाने आर्थिक प्रलोभनमा अन्यायी बामदेव गौतमलाई प्रत्यक्ष फाइदा र शान्तिलाई पुर्णरुपमा नोक्सानी गर्ने उद्देश्यका साथ वडा अध्यक्ष सुवेदीले लागि परेको शान्तिले बताउनुभयो ।

अदालतमा मुद्दा हालेको ३ बर्ष पुग्यो तर पनि अदालतको अवज्ञा गर्दै बारम्बार धम्काउने र सताउने गरेको शान्तिले भन्नुभयो । मेरो घरको खाली जग्गा अगाडी ३ मिटरको बाटो कायमै छ उहाँले भन्नुभयो । वडा अध्यक्ष बुद्धिसागर सुवेदीले वडा नं। १२ मा रहेको शान्ति शर्माको घर अगाडी बाटोको विषयमा गुनासो गर्ने ठाउँ नै सकिएको बताउनुभयो ।

ADVERTISEMENT

शान्तिले अहिलेसम्म ७ वटा मुद्दा हालीसकेको जानकारी गराउँदै वडा अध्यक्ष सुवेदीले भन्नुभयो शान्तिको लालपुर्जामा भएको जग्गा पुरा रहेको बताउनुभयो । नगरपालिकाको मापदण्ड अनुसार बाटो निर्माण गर्न लाग्दा पनि शान्तिले अवरोध गरिरहेको उहाँले बताउनुभयो । शान्तिको जग्गा नमिचिएको वडा अध्यक्ष सुवेदीले दावी गर्नुभयो ।

बाटोको हकमा आपत्ति नलिए हुन्छ बाटो निर्माणमा शान्तिले नै बाधा गर्दै आएको वडा अध्यक्ष सुवेदीले जानकारी गराउनुभयो । वडा अध्यक्ष सुवेदीका अनुसार अदालतले निर्देशन गरेको कुरालाई सम्मानका साथ पालना गरेको जानकारी गराउनुभयो । सार्वजनिक बाटोमा भएको सिसौको रुख पनि शान्ति आफैले लगेको सुवेदीले भन्नुभयो ।

यही विषयलाई लिएर बारम्बार प्रहरी कहाँ छलफल चल्दै आएको वडा अध्यक्ष सुवेदीले भन्नुभयो ।

Share147Tweet92SendShare
Previous Post

कोरोना संक्रमितको उपचार सफल भएकोमा उत्साही

Next Post

दाङमा तीन दिन पहिले मृत्यु भएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि, मृतक संख्या २७ पुगे

जावेद अन्सारी

जावेद अन्सारी

पत्रकार अन्सारी अपराध, सुशासन र सामाजिक सवालमा कलम चलाउँछन ।

सम्बन्धित समाचार

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित
आर्थिक

जानकी गाउँपालिकाद्वारा ६९ करोड ५६ लाख रुपैयाँको बजेट सर्वसम्मत पारित

७:१९ बिहान, असार ११, २०८३
नेपालगन्जमा सडक अतिक्रमण हटाउन १५ दिने समयसीमा
मुख्य समाचार

गर्मीको कहरः नेपालगन्जका विद्यालय फेरि तीन दिनका लागि बन्द

७:५५ बिहान, असार ९, २०८३
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
मुख्य समाचार

बारम्बार विद्युत् अवरुद्ध हुँदा नेपालगन्जवासी हैरान

४:३३ बिहान, असार ८, २०८३
नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण
खेल

नेपालगन्ज रंगशालालगायत खेलकुद संरचनाको मन्त्री यादवद्वारा निरीक्षण

२:३७ बिहान, असार ८, २०८३
लुम्बिनी प्रदेशसभामा भोलि बजेट प्रस्तुत गरिने
आर्थिक

लुम्बिनी प्रदेश सभाको बैठक आज, बजेटमाथि सैद्धान्तिक छलफल हुने

२:०९ बिहान, असार ८, २०८३
राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि
खेल

राम–श्यामको उत्कृष्ट साझेदारीमा नेपालगन्ज–१२ लाई टी–१० वडा कपको उपाधि

१:५६ बिहान, असार ८, २०८३
नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट
आर्थिक

नरैनापुरले सर्वसम्मत रूपमा पारित गर्‍यो ४९ करोडभन्दा बढीको बजेट

३:५७ बिहान, असार ७, २०८३
एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो
मुख्य समाचार

एक महिनाको तालिमपछि महिलामा स्वरोजगारप्रतिको उत्साह बढ्यो

१२:१६ मध्यान्ह, असार ६, २०८३
Next Post

दाङमा तीन दिन पहिले मृत्यु भएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि, मृतक संख्या २७ पुगे

नक्कली जग्गाको किर्ते कागजात बनाएर सवा करोड ऋण

शैक्षिक अन्यौलतामा सम्वाद वैकल्पिक सिकाई विधिको बातावरण बनाउन जोड

Discussion about this post

Currently Playing

स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

खोजखबर मिडिया हाउस प्रा.लि. द्धारा सञ्चालित
अनलाईन खोजखबर डट कम
ठेगाना : नेपालगंज उ.म.न.पा.- ६, बाँके
सम्पर्क : ९८५८०४५०८३
[email protected]
सुचना तथा प्रसारण विभाग दर्ता नम्बर : १५१७/ ०७६-७७

  • अन्तर्राष्ट्रिय
  • अपराध
  • आर्थिक
  • कर्णाली प्रदेश
  • कला/साहित्य
  • कृषि
  • कोभिड-१९
  • खेल
  • गण्डक प्रदेश
  • दुर्घटना
  • प्रदेश नं.१
  • प्रदेश नं.२
  • प्रदेश नं.३
  • प्रदेश नं.५
  • प्रदेश समाचार
  • ब्यानर
  • मुख्य समाचार
  • राजनीति
  • विचार/अन्तर्वार्ता
  • शिक्षा/स्वास्थ्य
  • श्रम/रोजगार
  • समाचार
  • सुदुरपश्चिम प्रदेश

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd

Designed & Developed by Amjad Ansari.

No Result
View All Result
  • मुख्य समाचार
  • अन्तर्राष्ट्रिय
  • प्रदेश समाचार
    • प्रदेश नं.१
    • प्रदेश नं.२
    • प्रदेश नं.३
    • प्रदेश नं.५
    • सुदुरपश्चिम प्रदेश
    • कर्णाली प्रदेश
    • गण्डक प्रदेश
  • राजनीति
  • खेल
  • अपराध
  • अन्य समाचार
    • विचार/अन्तर्वार्ता
    • कला/साहित्य
    • शिक्षा/स्वास्थ्य
    • कृषि
    • दुर्घटना
    • आर्थिक
    • श्रम/रोजगार

© 2022 Copyright © 2022 khoj khabar Media House Pvt Ltd - Designed & Developed by Amjad Ansari.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?